समाचार

कपिलबस्तुमा बेसको जिल्ला समिति गठन

दाङ । लुम्बिनी, सुदूरपश्चिम तथा कर्णालीमा कार्यक्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय रहेको संस्था ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस सस्था)को कपिलबस्तुमा जिल्ला कार्यसमिति गठन गरिएको छ । कपिलबस्तुको गोरुसिंगेमा भएको अगुवाहरुको भेलाले आशाराम चौधरीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको अध्यक्षमा आशाराम चौधरी, उपाध्यक्षमा माधुरी थारु, सचिवमा राजेन्द्र थारु, कोषाध्यक्षमा गुलविया थारु, सहसचिवमा रामसयाहा थारु … Continue reading कपिलबस्तुमा बेसको जिल्ला समिति गठन

थप पढ्नुहोस् »

सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन हिजो घटेको सुनको भाउ आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ एकैदिन ८ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ७२ हजार रुपैयाँ कायम भएको थियो … Continue reading सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो

थप पढ्नुहोस् »

दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनबारे थप परीक्षण गरिने

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सम्पन्न भए पनि व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने टुंगो लाग्न बाँकी छ। भण्डार व्यावसायिक रूपमा उत्खनन गर्न पर्याप्त छ वा छैन भन्ने यकिन गर्न खानी तथा भूगर्भ विभागले चिनियाँ टोलीलाई थप प्राविधिक परीक्षणका लागि पत्राचार गरेको छ। अन्वेषणका क्रममा प्राकृतिक ग्याससँगै पेट्रोलियम पदार्थसमेत फेला परेको बताइएको छ। … Continue reading दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनबारे थप परीक्षण गरिने

थप पढ्नुहोस् »

एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह

​१५ कात्तिक। प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका छन्। आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको खराब दिन सुरु हुने बताएका हुन्। आफ्नो आधिकारिक पेजमार्फत उनले चेतावनी दिँदै लेखेका छन्। ​“सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु … Continue reading एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह

थप पढ्नुहोस् »

आजदेखि नागढुङ्गा सुरुङमार्गमा प्रवेश शुल्क लाग्ने, कुन सवारीसाधनको शुल्क कति ?

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ। सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार फरक–फरक दरमा सडक उपभोग दस्तुर लागू गरेको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन सुरु गर्न … Continue reading आजदेखि नागढुङ्गा सुरुङमार्गमा प्रवेश शुल्क लाग्ने, कुन सवारीसाधनको शुल्क कति ?

थप पढ्नुहोस् »

मौसममा क्रमिक सुधार, भोलिदेखि धान काट्न र भित्र्याउन सकिने

१५ कात्तिक। केही दिनदेखि वर्षा र हिमपात गराएको चक्रवातको प्रभाव हट्दै गएपछि देशभरको मौसममा क्रमिक सुधार हुन थालेको छ। मौसममा सुधार आएसँगै भोलि सोमबारदेखि धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषि गतिविधि गर्न सकिने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराईका पश्चिम तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। बाँकेको नेपालगन्ज, … Continue reading मौसममा क्रमिक सुधार, भोलिदेखि धान काट्न र भित्र्याउन सकिने

थप पढ्नुहोस् »

अम्बे स्टिलको भट्टीमा विद्युत् सर्ट हुँदा आगलागी: ८ जना घाइते

​१५ कात्तिक, बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा विद्युत् सर्ट सर्किट हुँदा भीषण आगलागी भएको छ। आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने २५–२५ टन क्षमताका तीनवटा भट्टीमा अचानक विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। दुर्घटनामा परेर ८ जना कामदार घाइते भएका छन्। ​आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा … Continue reading अम्बे स्टिलको भट्टीमा विद्युत् सर्ट हुँदा आगलागी: ८ जना घाइते

थप पढ्नुहोस् »

दमकल खरिदमा बजेट अभाव होइन, ठेक्का प्रक्रिया मुख्य बाधक : नगरप्रमुख खड्का

तुलसीपुर, १४, कात्तिक । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले दमकल खरिद प्रक्रिया बजेट अभावका कारण नभई सार्वजनिक खरिद प्रक्रिया रीतपूर्वक पूरा हुन नसक्दा ढिलाइ भएको स्पष्ट पारेका छन्। उपमहानगरपालिकाको सम्पत्तिमाथि आगजनी गरी करिब २५ करोड रुपैयाँ बराबरको ठूलो क्षति पुर्‍याउने पक्षले दमकल नआउनुको वास्तविक कारण बुझ्नपर्ने भन्दै नगरप्रमुख खड्काले आफ्नो फेसबुक पेजमार्फत धारणा सार्वजनिक गरेका … Continue reading दमकल खरिदमा बजेट अभाव होइन, ठेक्का प्रक्रिया मुख्य बाधक : नगरप्रमुख खड्का

थप पढ्नुहोस् »

धनुषामा १० दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला

१४ कात्तिक । धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट १० दिनदेखि बेपत्ता भएका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्।​ नगराइन नगरपालिका–७ देवडिहा गाउँ निवासी अजय कुमार झाका ७ वर्षीय छोरा साकेत गत कात्तिक ४ गते विजया दशमीको दिन घरबाट निस्केका थिए। त्यसयता उनी सम्पर्कविहीन भएका थिए। परिवारजनले खोजीका लागि अपिल गरेपछि प्रहरीले गाउँघर, … Continue reading धनुषामा १० दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला

थप पढ्नुहोस् »

कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

डोल्पा। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। उनीहरू गएराति कारागारबाट भागेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। शनिबार बिहान साढे ५ बजे कैदीबन्दी गणना गर्ने क्रममा संख्या अपुग भएपछि आठ जना फरार भएको खुलेको हो। कारागारमा १७ जना कैदी रहेका थिए। कैदीहरू बसेको कोठाबाट बाहिरसम्म झन्डै … Continue reading कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

थप पढ्नुहोस् »