खेल

मलेसियामाथि नेपालको जित

काठमाडौ,२१ असोज । मलेसियामा जारी टि–२० सिरिज अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा कप्तान इन्दु बर्माको अविजित ४८ रनको पारीसहित नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। अब बुधबार हुने अन्तिम खेलले सिरिजको विजेता तय गर्नेछ। मलेसियाले टस जितेर ब्याटिङ गर्दै २० … Continue reading मलेसियामाथि नेपालको जित

थप पढ्नुहोस् »

क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचियो

काठमाडौ,१४ असोज । अस्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचिएको छ। नेट्स ट्रेनिङका क्रममा ब्याट्सम्यान मिचेल ओवेनले प्रहार गरेको बल उनको हातमा लाग्दा यो चोट लागेको हो। ३६ वर्षीय म्याक्सवेल अघिल्लो वर्षहरूमा पनि चोटपटकका कारण मैदानबाहिर बस्नुपरेको थियो। सन् २०२२ मा उनको खुट्टा भाँचिएको थियो भने २०२३ मा गोल्फ कार्टबाट खस्दा उनी बेहोस भएका थिए। पछिल्लो … Continue reading क्रिकेटर ग्लेन म्याक्सवेलको हात भाँचियो

थप पढ्नुहोस् »

नेपालले आज वेस्ट इन्डिजसँग फाइनल खेल्दै

काठमाडौं,१४ असोज। नेपालले आज वेस्ट इन्डिजसँग टी–२० शृङ्खलाको फाइनल खेल्दैछ। संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी युनिटी कप टी–२० शृङ्खलामा नेपाल एक खेल अगावै २–० ले विजयी भइसकेको छ। अन्तिम खेल युएईस्थित शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ। सोमबार राति भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै … Continue reading नेपालले आज वेस्ट इन्डिजसँग फाइनल खेल्दै

थप पढ्नुहोस् »

भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीको प्रारम्भिक घोषणा

काठमाडौँ,१० असोज । भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ। शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ खेलाडीको नामावली सार्वजनिक गरेका हुन्। नेपाल र भारतबीच कार्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण खेल हुने तय भएको छ। घोषित प्रारम्भिक टोलीमा गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, … Continue reading भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीको प्रारम्भिक घोषणा

थप पढ्नुहोस् »

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ, ७ असोज ।नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार राति नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत जर्सी सार्वजनिक गरेको हो। नयाँ जर्सीको कुमकाे भागमा चन्द्र र सूर्य अंकित गरिएको छ। माथिकाे भागमा निलाे रङको जर्सी देखे पनि मुनिकाे भागमा हल्का राताे रङ रहेकाे छ। … Continue reading राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

थप पढ्नुहोस् »

अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरी एक स्थान तल

काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदै ऐरीलाई तेस्रो स्थानमा धकेलेका हुन्। पहिलो स्थान भने भारतका हार्दिक पाण्ड्याले जोगाइरहेका छन्। चौथो स्थानमा वेस्टइन्डिजका रोस्टन चेज स्थिर छन् … Continue reading अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरी एक स्थान तल

थप पढ्नुहोस् »

नेपालगन्जमा २२ लाख नगद र ब्राउनसुगरसहित युवक पक्राउ

बाँके,२९ साउन। बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज–१४ का २८ वर्षीय रमेश लोनियालाई मङ्गलबार राति घर खानतलासी गर्ने क्रममा पक्राउ गरिएको हो। उनका घरबाट नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ … Continue reading नेपालगन्जमा २२ लाख नगद र ब्राउनसुगरसहित युवक पक्राउ

थप पढ्नुहोस् »

दाङमा बलात्कार कसुरमा १२ वर्ष कैद

दाङ, २९ साउन । दाङमा बालिका बलात्कारको मुद्दामा एक युवकलाई १२ वर्ष कैद सजाय तोकिएको छ। दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले दंगिशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भनिने दिलीप बिकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय तोकेको हो। अदालतले बिकलाई पाँच लाख रुपैयाँ जरिवाना, पीडितलाई ३० हजार क्षतिपूर्ति र २० हजार … Continue reading दाङमा बलात्कार कसुरमा १२ वर्ष कैद

थप पढ्नुहोस् »

क्यानले जित्यो डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौं,४ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई उक्त अवार्ड प्रदान गरिएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका छन्। क्यानले लगातार दुई वर्षसम्म उक्त अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता … Continue reading क्यानले जित्यो डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

थप पढ्नुहोस् »

दाङका दुईसहित ३ क्रिकेटरलाई लुम्बिनीको सम्मान

दाङ,२६ असार । मलेसियामा सम्पन्न एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका दाङका दुई खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश खेलकुद परिषदले विशेष सम्मान गरेको छ। नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका दाङका खेलाडी शुभम खनाल , सहायक प्रशिक्षक सञ्जु क्षेत्री र कपिलवस्तुका रौनक श्रीवास्तवलाई सम्मान गरेको हो। खनाल र कपिलवस्तुका रौनक … Continue reading दाङका दुईसहित ३ क्रिकेटरलाई लुम्बिनीको सम्मान

थप पढ्नुहोस् »