खेल

पहिलो कप्तानमै साम्बाको ह्याट्रिक गोल

काठमाडौं,१५ असार ।एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् । उनले कप्तानको रुपमा डेब्यु खेलमै ह्याट्रिक गरेकी हुन् । साम्बाले यसअघि ४४औं र ५५औं मिनेटमा गोल गरेकी थिइन् । उनको ह्याट्रिकसँगै नेपालको अग्रता ६ गोलमा पुगेको छ । नेपालका लागि साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले … Continue reading पहिलो कप्तानमै साम्बाको ह्याट्रिक गोल

थप पढ्नुहोस् »

नेपालको सुखद जित : नेदरल्यान्ड्सलाई १६ रनले पराजित

काठमाडौँ, २८ जेठ । आइसीसी लिग २ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा तेस्रो जित दर्ता गरेको छ। यससँगै नेपालले चार खेलमध्ये तीनमा जित निकाल्दै स्कटल्यान्ड सिरिजलाई सुखद रूपमा टुंग्याएको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनाएको थियो। तर, निर्धारित … Continue reading नेपालको सुखद जित : नेदरल्यान्ड्सलाई १६ रनले पराजित

थप पढ्नुहोस् »

आज अन्तर्राष्ट्रिय खेल दिवस

काठमाडौँ, २८ जेठ ।आज अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिएको छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा … Continue reading आज अन्तर्राष्ट्रिय खेल दिवस

थप पढ्नुहोस् »

एकदिवसीय अन्तर्राष्ट्रियमा नन्दनको डेब्यु

काठमाडौं,२६ जेठ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमार्फत नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्। खेलअघि सोमपाल कामी घाइते हुँदा नन्दनले टिममा अवसर पाएका हुन्। उनले हङकङसँगको चारदेशीय सिरिजमा नेपालको लागि टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

थप पढ्नुहोस् »

हङकङसंग भिड्दै नेपाल

काठमाडौँ,२२ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ। नेपालले विहीबार साँझ ५ बजेर ४५ मिनेटमा मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ । विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ। हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ … Continue reading हङकङसंग भिड्दै नेपाल

थप पढ्नुहोस् »

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

काठमाडौँ,१३ जेठ । बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । साथै, थप १ रजत र ४ कास्यपदक पनि जित्दै नेपाल समग्रमा उपविजेता बनेको छ । प्रतियोगितामा बन्दी सहायता नियोग ९पाम०का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कास्य जितेका थिए । प्रतियोगितामा पामबाट ५ … Continue reading जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

थप पढ्नुहोस् »

खुला पुरुष फुटबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत,७ दाङ। दाङको तुलसीपुर प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता जेठ २० गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्। स्थानीय तहमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार … Continue reading खुला पुरुष फुटबल प्रतियोगिता हुने

थप पढ्नुहोस् »

कडेलको स्मृति T-20 क्रीकेट प्रतियोगिता हुने

दाङ । दाङको भमकेमा यहि वैशाख १८ गते देखि संचालन हुने  प्रथम स्व•हेमलाल कडेल स्मृति T-20 क्रीकेट प्रतियोगिता २०८२ को तयारी तिव्र पारिएको छ ।हेमलाल स्मृति प्रतिष्ठान तुलसिपुर १ भमकेको आयोजना तथा नया बर्ष २०८२ सालको उपलक्ष्यमा मदन भण्डारी रंगशाला तुलसिपुर १ भमकेमा संचालन हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदान मर्मत,आर्थिक तथा प्राविधिक पक्ष,टिम दर्ता,लगाएत अन्य … Continue reading कडेलको स्मृति T-20 क्रीकेट प्रतियोगिता हुने

थप पढ्नुहोस् »

आईसीसी यू- १९ विश्वकप एसिया छनोट:  नेपालको लगातार तेस्रो जित

दाङ । आईसीसी यू- १९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको सानदार जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको झिनो लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान … Continue reading आईसीसी यू- १९ विश्वकप एसिया छनोट:  नेपालको लगातार तेस्रो जित

थप पढ्नुहोस् »

दिपेन्द्रसिंह ऐरीको अर्को विश्व कीर्तिमान

दाङ,२८ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्।  उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका … Continue reading दिपेन्द्रसिंह ऐरीको अर्को विश्व कीर्तिमान

थप पढ्नुहोस् »