फिचर

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौ ,८ मंसिर । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकार गठन भएयता मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै राजीनामा माग गरिएको हो । जेनजी मुभमेन्ट नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको आरोप … Continue reading जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

थप पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीसँग सर्वोच्चको लिखित जवाफ माग

काठमाडौ ७ मंसिर।सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी मुद्दामा ‘किन कारबाही नगर्ने ?’ भनी लिखित जवाफ पेश गर्न आदेश गरेको छ। राजदूत फिर्तासम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा अवहेलनाको निवेदन दर्ता गरेका थिए। सिलवालले प्रधानमन्त्रीविरुद्ध कानूनी कारबाही गर्न माग गर्दै निवेदन पेस गरेका थिए। सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि … Continue reading प्रधानमन्त्री कार्कीसँग सर्वोच्चको लिखित जवाफ माग

थप पढ्नुहोस् »

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन

काठमाडौ,७ मंसिर ।राजधानीको राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामार्फत नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार समूह एकीकृत भई ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ गठन गरिएको छ। नयाँ पार्टीले वाम–लोकतान्त्रिक तथा अन्य परिवर्तनकारी शक्तिहरूलाई एउटै छातामुनि लैजाने लक्ष्य राखेको बताइएको छ। घोषणा सभामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री … Continue reading ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन

थप पढ्नुहोस् »

मनिष यादव नेतृत्वको जसपा युवा सङ्घको केन्द्रीय तदर्थ समिति गठन

काठमाडौ,६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो। संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने महासचिवको जिम्मेवारी … Continue reading मनिष यादव नेतृत्वको जसपा युवा सङ्घको केन्द्रीय तदर्थ समिति गठन

थप पढ्नुहोस् »

बारा प्रशासन र जेनजीबिच सहमति: आन्दोलन फिर्ता

काठमाडौ,५ मंसिर । बाराको सिमरामा नेकपा (एमाले) कार्यकर्ता र जेनजी युवाबीच चर्किएको विवाद स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच भएको वार्तापछि समाधान भएको छ। शुक्रबार सम्पन्न वार्तामा दुवै पक्षले तीन बुँदे सहमति जनाउँदै विवाद अन्त्य गर्न सहमति गरेका हुन्। वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहलाई सुरक्षा सुनिश्चित गर्ने, घटनामा घाइते भएकाको उपचार व्यवस्थापन … Continue reading बारा प्रशासन र जेनजीबिच सहमति: आन्दोलन फिर्ता

थप पढ्नुहोस् »

लुम्बिनीको पहिलो चौमासिक खर्च ११.५३ प्रतिशत

दाङ,५ मंसिर । लुम्बिनी प्रदेश सरकारले कात्तिक मसान्तसम्म कुल बजेटको ११.५३ प्रतिशत मात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालु वर्ष २०८२/८३ का लागि ल्याइेको ३८ अर्ब ९१ करोडको बजेटमध्ये चार अर्ब ४८ करोड ८० लाख ८३ हजार रुपैयाँ खर्च भएको हो। चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजारमध्ये … Continue reading लुम्बिनीको पहिलो चौमासिक खर्च ११.५३ प्रतिशत

थप पढ्नुहोस् »

७ वर्षपछि गृह मन्त्रालयको मातहतमा अनुसन्धान बिभाग

काठमाडौ,५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्ने अध्यादेश जारी गरेसँगै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) साढे सात वर्षपछि पुनः गृह मन्त्रालय मातहत आएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न गरेको सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत भएपछि गुप्तचर निकाय औपचारिक रूपमा गृह मन्त्रालयअन्तर्गत सरुवा भएको हो। यसअघि सरकारले राअविसहित राजस्व अनुसन्धान … Continue reading ७ वर्षपछि गृह मन्त्रालयको मातहतमा अनुसन्धान बिभाग

थप पढ्नुहोस् »

आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौ,५ मंसिर । नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माको नेतृत्वमा गरिएको अध्ययनले निर्वाचनको दिनसहित अघि र पछि गरी तीन दिन बिदा दिए अधिकांश नागरिकलाई आफ्नै निर्वाचन क्षेत्र र मतदान केन्द्रसम्म पुगेर सहज रूपमा मतदान गर्न सकिने निष्कर्ष निकालेको … Continue reading आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस

थप पढ्नुहोस् »

मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

दाङ,५ मंसिर । दाङको घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा आज (शुक्रबार) प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। घोराही बैंकर्स क्लब दाङले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोग तथा कलेजसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका थिए। कार्यक्रम घोराही … Continue reading मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

पाल्पा बस दुर्घटना अपडेट: (विवरणसहित)

दाङ,५ मंसिर । पाल्पा रानीमहल घुम्नका लागि दाङबाट विद्यार्थी लिएर गएको बस शुक्रबार बिहान दुर्घटनामा परी ११ जना सामान्य रूपमा घाइते भएका छन्। दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी बोकेर आएको ना ५ ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिक अचानक अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय … Continue reading पाल्पा बस दुर्घटना अपडेट: (विवरणसहित)

थप पढ्नुहोस् »