after_navbar

त्रिभुवन विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्ती बरामद


८ मिनेट अगाडि


काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको ७२० प्याकेट चुरोट र ६९ पोका सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।

विमानस्थलको प्रस्थानतर्फ यात्रुको ब्यागेज एक्सरेमार्फत जाँच गर्ने क्रममा शङ्का लागेपछि गरिएको अनुसन्धानका क्रममा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ बरामद भएको हो।

बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="