फिचर

सरकारले एकहजार घर निर्माण गर्ने

काठमाडौं,२४ फागुन। सरकारले विपन्न समुदायका करिब पाँच हजार घरमा फुसको छानो हटाएर जस्ताको छानो लगाउने तथा एक हजार नयाँ घर निर्माण गर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग मार्फत सञ्चालन हुने यो कार्यक्रमका लागि सरकारले करिब ७५ करोड रुपैयाँ खर्च गर्ने भएको हो । यसअन्तर्गत जनता आवास कार्यक्रम मार्फत एक हजार घर … Continue reading सरकारले एकहजार घर निर्माण गर्ने

थप पढ्नुहोस् »

दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा बदर मतको संख्या १ हजार नाघेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म २४ हजार ४ सय ५३ मत गणना भएको छ । त्यसमध्ये १ हजार ११ मत बदर भएका छन् भने २३ हजार ४ सय ४२ मत सदर भएको सूचना … Continue reading दाङमा २४ हजार मत गन्दा १ हजार बढी मत बदर

थप पढ्नुहोस् »

दाङ–३ मा रास्वपाका सुवेदीको अग्रता

दाङ,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । प्रारम्भिक ३ हजार ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार कमल सुवेदी फराकिलो अग्रतालाई कायम राखेका छन् । यस समाचार तयार पार्दासम्म सुवेदीले १ हजार ५४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली … Continue reading दाङ–३ मा रास्वपाका सुवेदीको अग्रता

थप पढ्नुहोस् »

तुलसी बोर्डिङ मतदान केन्द्रमा मतदान सुरु

दाङ ,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको तुलसीपुर–५ स्थित तुलसी बोर्डिङ विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ । निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू मतदान केन्द्र परिसरमा लामबद्ध भएर लाइनमा बसेका थिए । मतदान सुरु भएसँगै प्रतिनिधि र समानुपातिक दुवैतर्फ … Continue reading तुलसी बोर्डिङ मतदान केन्द्रमा मतदान सुरु

थप पढ्नुहोस् »

निर्वाचन सुरक्षाका दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन

दाङ,२० फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार मतदान सामग्री ढुवानीदेखि मतगणना सम्पन्न नभएसम्म सोही संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ । एउटा … Continue reading निर्वाचन सुरक्षाका दाङमा ५ हजार ५ सय ११ सुरक्षाकर्मी परिचालन

थप पढ्नुहोस् »

मतदाता शिक्षा कार्यक्रम सम्पन्न

दाङ,१८ फागुन । निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मतदानको महत्व र मतदान प्रक्रियाबारे आम जनतालाई जानकारी गराउने तथा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिएको हो। आयोगका अनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । फागुन ३ … Continue reading मतदाता शिक्षा कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्। गल्फ न्युज ले यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, … Continue reading इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

थप पढ्नुहोस् »

निर्वाचन सामग्री देशभर पुग्योः निर्वाचन आयोग

काठमाडौँ,१७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री देशभर पुगिसकेको निर्वाचन आयोगले जानकारी गराएको छ । आइतबार एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् । आइतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले उच्च पहाडी तथा हिमाली जिल्लासहित सबै स्थानमा निर्वाचन सामग्री … Continue reading निर्वाचन सामग्री देशभर पुग्योः निर्वाचन आयोग

थप पढ्नुहोस् »

कोरला नाका तीन दिन बन्द

मुस्ताङ, १७ फागुन। कोरला नाका तीन दिनका लागि बन्द गरिने भएको छ। लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रको २४ नम्बर नाका तीन दिनका लागि बन्द गरिने भएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द रहने जनाइएको छ। उक्त अवधिमा … Continue reading कोरला नाका तीन दिन बन्द

थप पढ्नुहोस् »

प्रदेश र स्थानीय तहको अनुदान कटौती नगर्न वित्त आयोगको ध्यानाकर्षण

काठमाडौं,१६ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको बैठकले यस्तो निर्णय गरेको हो। चालु आर्थिक वर्षको प्रथम छ महिनामा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि केन्द्रले वित्तीय समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेको थियो। गत माघ २७ गते महालेखा … Continue reading प्रदेश र स्थानीय तहको अनुदान कटौती नगर्न वित्त आयोगको ध्यानाकर्षण

थप पढ्नुहोस् »