शिक्षा

कक्षा १२ को परीक्षा सुरू , मोबाइल लैजान रोक

दाङ । राष्ट्रिय परीक्षा बोर्डले  देशभरका परीक्षा केन्द्रबाट एकैसाथ  कक्षा १२ को परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को  परीक्षामा निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर … Continue reading कक्षा १२ को परीक्षा सुरू , मोबाइल लैजान रोक

थप पढ्नुहोस् »

सर्वोच्चले भन्यो : नतिजा ढिलाइ नगर्नू,१२को परीक्षा नसार्नू,३ दिन भित्र शिक्षकलाई विद्यालय फर्काउनु 

काठमाडौं ।  सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए।  ‘आन्दोलनरत शिक्षकहरूका … Continue reading सर्वोच्चले भन्यो : नतिजा ढिलाइ नगर्नू,१२को परीक्षा नसार्नू,३ दिन भित्र शिक्षकलाई विद्यालय फर्काउनु 

थप पढ्नुहोस् »

सेन्टर माविले सुरु गर्यो विद्यार्थी भर्ना

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ।  बुधबार देखि विद्यालयमा भर्ना सुरु गरिएको हो ।भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम रोकेर शिक्षक महासंघको आयोजनामा काठमाडौ केन्द्रित भएर  शिक्षकहरू आन्दोलनमा रहेका छन । शिक्षकहरु आन्दोलनमै रहेको समयमा विद्यार्थीहरूको अधिकार र भविष्यलाई वञ्चित नगर्ने भन्दै  अभिभावक र … Continue reading सेन्टर माविले सुरु गर्यो विद्यार्थी भर्ना

थप पढ्नुहोस् »

शिक्षामन्त्री बने रघुजी पन्त

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन्। स्वास्थ्यको कारण देखाउँदै विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त … Continue reading शिक्षामन्त्री बने रघुजी पन्त

थप पढ्नुहोस् »

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा सारेको हो। बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी निर्णय गरिने बताए।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा … Continue reading कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि

थप पढ्नुहोस् »

शैक्षिक सुधारमा सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

दाङ, ३० चैत्र । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशकाे आयाेजनामा भएकाे अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले शैक्षिक सुधारका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताएका हुन् । शैक्षिक प्रणालीमा ल्याउनुपर्ने सुधारका लागि छलफल … Continue reading शैक्षिक सुधारमा सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

थप पढ्नुहोस् »

ज्ञानज्योती र आइएसटी कलेजको सिकाइ सहकार्य

दाङ, २९ चैत। दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योती कलेज र काठमाडौंको इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) बीच द्विपक्षीय सम्झौता भएको छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट सीपमूलक सेवा दिने उद्देश्यले कलेजले यो सम्झौता गरेको हो। यस सम्झौताले विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि सहजता प्रदान गर्नेछ । शुक्रबार एक कार्यक्रमबीच ज्ञानज्योती र आइएसटी कलेजबीच … Continue reading ज्ञानज्योती र आइएसटी कलेजको सिकाइ सहकार्य

थप पढ्नुहोस् »

तुलसीपुरमा बोर्डिङ स्कुलका ३९६ विद्यार्थी ८ कक्षामा अनुत्तीर्ण

दाङ २४ चैत्र । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका संस्थागत (बोडिङ स्कुल )  विद्यालयहरूमा अध्ययनरत झन्डै ४ सय  विद्यार्थीहरू कक्षा आठमा अनुत्तीर्ण (फेल )भएका छ्न ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको कक्षा आठको नतिजामा संस्थागत विद्यालयको नतिजा यस्तो आएको हो। नाम चलेका संस्थागत विद्यालयहरूमा समेत यसपटक विद्यार्थीहरू फेल भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी … Continue reading तुलसीपुरमा बोर्डिङ स्कुलका ३९६ विद्यार्थी ८ कक्षामा अनुत्तीर्ण

थप पढ्नुहोस् »

तुलसीपुरमा कक्षा ८को नतिजा ३३ प्रतिशत उतीर्ण :  ३ विद्यालय शुन्य, ४ विद्यालयमा १ जना उतीर्ण

दाङ, २३ चैत।  तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ । कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो । नतिजा निराशाजनक देखिए पछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रुपमा बढेको छ । तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ । दाङको तुलसीपुरमा  आधारभूत तह कक्षा ८ को नगरस्तरीय … Continue reading तुलसीपुरमा कक्षा ८को नतिजा ३३ प्रतिशत उतीर्ण :  ३ विद्यालय शुन्य, ४ विद्यालयमा १ जना उतीर्ण

थप पढ्नुहोस् »

स्ववियु निर्वाचन : नेविसंघ पहिलो, अखिल दोस्रो

दाङ ७ चैत ।  त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। नजिताअनुसार प्रमुख दल निकट संगठनको अवस्था करिब–करिब उस्तै देखिएको छ। कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ।  अहिलेसम्म आएको तथ्यांक अनुसार  कांग्रेस निकट नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको  छ। एमाले … Continue reading स्ववियु निर्वाचन : नेविसंघ पहिलो, अखिल दोस्रो

थप पढ्नुहोस् »