समाचार

बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, १० जना घाइते

काठमाडौ,८ भदौ । स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्लाको गल्याङ नगरपालिका-८ करादीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्। सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका-९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना … Continue reading बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, १० जना घाइते

थप पढ्नुहोस् »

मौरीका घारमा खपटे किरा

दाङ,८ भदौ । दाङमा व्यावसायिक रूपमा पालिएका मौरीका घारमा ‘सानो खपटे किरा’ ९स्मल हाइभ बिटल० देखिएको भन्दै मौरीपालक किसानले चिन्ता व्यक्त गरेका छन्। किसानका अनुसार घारमा खपटे किरा देखिन थालेपछि मौरी कमजोर हुँदै जाने र क्रमशः नष्ट हुने समस्या देखिएको छ। यद्यपि दाङमा देखिएको किरा ‘स्मल हाइभ बिटल’ नै हो भन्ने कुरा भने अहिलेसम्म आधिकारिक … Continue reading मौरीका घारमा खपटे किरा

थप पढ्नुहोस् »

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिँदै: मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजनसहितको सिफारिस गरिएको हो। सिफारिसअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री थपिने भएका छन्। नयाँ नियुक्त हुनेमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना … Continue reading लुम्बिनीमा तीन नयाँ मन्त्री थपिँदै: मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

थप पढ्नुहोस् »

महिला हिंसाका अपराधीलाई कडा सजाय हुने कानुन ल्याइनुपर्छ:सांसद कुँवर

काठमाडौ,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसा तथा बलात्कारका दोषीलाई कडा सजाय हुने कानुन बनाउन सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बलात्कार तथा जघन्य महिला हिंसाका घटनामा संलग्न प्रमाणित अपराधीलाई कडा कानुनी कारबाही हुनुपर्ने बताइन्। सांसद कुँवरले समाजमा छोरीलाई मात्र मर्यादा र लाजबारे सिकाउने नभई छोरालाई … Continue reading महिला हिंसाका अपराधीलाई कडा सजाय हुने कानुन ल्याइनुपर्छ:सांसद कुँवर

थप पढ्नुहोस् »

गरिमा चौधरी प्रकरणः थप एकजना पक्राउ

बारा,८ भदौ। प्रहरीले ३ वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-१ का प्रदीप खड्का रहेका छन्। गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका-१ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी थिइन्। प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष … Continue reading गरिमा चौधरी प्रकरणः थप एकजना पक्राउ

थप पढ्नुहोस् »

दुर्घटना न्यूनीकरणका लागि सडक डिभाइडर

दाङ,८ भदौ। सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि तुलसीपुरमा डिभाइडर राखिएको छ । पछिल्लो समय सवारी दुर्घटनाको ‘रेड जोन’ बनेको मदन आश्रित चोकदेखि गुम्राह चोकसम्मको सडकखण्डमा दुर्घटना न्यूनीकरणका लागि डिभाइडर राखिएको हो । एक साताभित्रै दुई जनाको ज्यान गएको तथा दैनिकजसो दुर्घटना हुने गरेको उक्त सडकखण्डमा दुर्घटना न्यूनीकरण र सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान … Continue reading दुर्घटना न्यूनीकरणका लागि सडक डिभाइडर

थप पढ्नुहोस् »

विभिन्न स्थानबाट ६ जना मृत्त फेला

दाङ,७ भदौ। देशका विभिन्न जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयको बुलेटीन अनुसार आइतबार रूपन्देही, सुनसरी, सिरहा, रुकुम पूर्व र सिन्धुलीमा गरी ६ जना मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ स्थित दानो नदीको छेउमा नाम, थर र वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका शनिबार … Continue reading विभिन्न स्थानबाट ६ जना मृत्त फेला

थप पढ्नुहोस् »

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

दाङ,७ भदौ । देशभर धान रोपाइँ लगभग सकिएको छ। गतवर्षको तुलनामा यसवर्ष धान रोपाइँको २ प्रतिशतले वृद्धि भएको छ । कृषि विभागका अनुसार हालसम्म धानखेती हुने कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। विभागको तथ्याङ्कअनुसार देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। गत वर्ष यही अवधिसम्म ९६ दशमलव ०८ प्रतिशत … Continue reading देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

थप पढ्नुहोस् »

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला

सप्तरी,७ भदौ।सप्तरीमा तीन वर्षीया बालिका घर पछाडिको झाडीमा मृत फेला परेकी छन्। शम्भुनाथ नगरपालिका-३ ट्राफिक चोकका मोहम्मद इरफानकी छोरी खुशी खातुन घरदेखि करिब ६० मिटर पछाडि झाडीमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै थिइन्। त्यसपछि बालिका नदेखिएपछि परिवारले खोजी गर्ने क्रममा झाडीमा … Continue reading सप्तरीमा ३ वर्षीया बालिका मृत फेला

थप पढ्नुहोस् »