समाचार

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौ । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी कसुरको मुद्दामा मंगलबार प्रसाईंसँग दुई लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो।

थप पढ्नुहोस् »

बाढीको असरले आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले चालू आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र प्रमुख बाधक बन्ने … Continue reading बाढीको असरले आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

थप पढ्नुहोस् »

दाङमा पटकासहित ६७ वर्षीया महिला पक्राउ

दाङ। दाङको देउखुरीबाट प्रहरीले पटाकासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका-३ करङ्गाखोलाकी ६७ वर्षीया खिमा पुन रहेकी छन्। घरमा अवैध रूपमा पटाका राखेको गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको टोलीले उनको घरमा खोजतलासी गरेको थियो। खोजतलासीका क्रममा प्रहरीले ४ लाख १९ हजार ५ … Continue reading दाङमा पटकासहित ६७ वर्षीया महिला पक्राउ

थप पढ्नुहोस् »

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले पदीय हैसियतको दुरुपयोग गरी गोप्य सूचना चुहाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उनको भनाइ छ। उनले राज्यले सुम्पिएको … Continue reading गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

थप पढ्नुहोस् »

स्वास्थ्य समीक्षापछि देउखुरी घोषणापत्र जारी

दाङ। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा सुधार, आयुर्वेद औषधि उत्पादनदेखि विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विस्तारसम्मका १३ प्रतिबद्धतासहित देउखुरी घोषणापत्र जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि घोषणापत्र जारी गरिएको हो। समीक्षा उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै सेवा … Continue reading स्वास्थ्य समीक्षापछि देउखुरी घोषणापत्र जारी

थप पढ्नुहोस् »

बिजौरी-कोठरी सडक कालोपत्रे हुँदै

दाङको बिजौरीदेखि कोठरीसम्मको १५ दशमलव ५८ किलोमिटर सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। हाल ड्रेन निर्माण र सबबेस राख्ने काम भइरहेको छ। लुम्बिनी प्रदेश सरकारअन्तर्गत ग्रामीण सम्पर्क सुधार परियोजनाबाट ४४ करोड ८७ लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गर्न लागिएको हो। बिजौरी-बसदबारा-जमुनी-लक्ष्मीपुर-दक्षिण कुररिया-कञ्जवार हुँदै कोठरीसम्म सडक निर्माण हुनेछ। निर्माण कम्पनी एमसी-एएनएस बिजी जेभीका प्रतिनिधि सिलन … Continue reading बिजौरी-कोठरी सडक कालोपत्रे हुँदै

थप पढ्नुहोस् »

कांग्रेस महाधिवेशन : आजदेखि नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया

काठमाडौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएपछि कांग्रेस आज बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो। बन्दसत्रअघि खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक बसेको छ। बैठकले बन्दसत्रमा पेस हुने प्रतिवेदन तथा एजेन्डा अनुमोदन गरेपछि बन्दसत्र सुरु हुने प्रवक्ता देवराज चालिसेले बताएका छन्। बन्दसत्रमा … Continue reading कांग्रेस महाधिवेशन : आजदेखि नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया

थप पढ्नुहोस् »

जसपा लुम्बिनीको समायोजनप्रति पाण्डेयको असहमति

दाङ। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोषकुमार पाण्डेयले कार्यसमिति समायोजनप्रति असहमति जनाएका छन्।जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशले असोज १८ गते आयोजना गर्न लागेको प्रदेश कार्यसमिति समायोजन कार्यक्रमप्रति पाण्डेले असहमति जनाएका हुन्। पाण्डेयले विज्ञप्ति जारी गर्दै तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेशबाट समायोजनसम्बन्धी कुनै औपचारिक निर्णय नभएको बताएका छन्। जसपा नेपाल … Continue reading जसपा लुम्बिनीको समायोजनप्रति पाण्डेयको असहमति

थप पढ्नुहोस् »

जसपाका चार नेताले दिए सामूहिक राजीनामा

काठमाडौ। जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्। राजीनामा दिएका नेताहरूले अब ‘हुंकार मधेश’ अभियानमा … Continue reading जसपाका चार नेताले दिए सामूहिक राजीनामा

थप पढ्नुहोस् »

उपमहानगरको दमकल खरिद प्रकृया रद्द

दाङ । तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि अघि बढाएको प्रक्रिया रद्द भएको छ। बोलपत्रमार्फत खरिद प्रक्रिया अघि बढाइए पनि सहभागी कुनै पनि बोलपत्रदाता आवश्यक मापदण्डअनुसार योग्य नदेखिएपछि उपमहानगरपालिकाले प्रक्रिया रद्द गरेको हो। उपमहानगरपालिकाको खरिद इकाई प्रमुख हिमालय शर्माले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ गतेको निर्णयबाट दमकल खरिदसम्बन्धी कारबाही रद्द गरिएको हो। कार्यालयका अनुसार … Continue reading उपमहानगरको दमकल खरिद प्रकृया रद्द

थप पढ्नुहोस् »