समाचार

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराएका थिए। भेटमा आईपीयू महासभामा नेपालको सहभागिता र प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

थप पढ्नुहोस् »

बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका-६ चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न भैरव महिला सामुदायिक वन पुगेका चौधरीमाथि बाघले आक्रमण गरेको थियो। इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक … Continue reading बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

थप पढ्नुहोस् »

दाङ-३ का समस्या हल गर्न सांसद सुवेदीको माग

दाङ। दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले निर्वाचन क्षेत्रमा आफूले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा बोल्दै उनले फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही-घोराही-तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ र कमजोर मोबाइल नेटवर्कको समस्या समाधान गर्न माग गरे। उनले शान्तिनगर, दङ्गीशरण र बबईका नागरिकले अझै पनि … Continue reading दाङ-३ का समस्या हल गर्न सांसद सुवेदीको माग

थप पढ्नुहोस् »

सुन तोलामा १५ सयले बढ्यो

दाङ।शुक्रवार नेपाली बजारमा सुनको भाउ बढेको छ। सुन तोलामा एकहजार पाँचसय रुपैयाँले बढेको हो। भाउ बढेसंगै शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य २५ रुपैंयाँले बढेको छ । चाँदी शुक्रबार चार … Continue reading सुन तोलामा १५ सयले बढ्यो

थप पढ्नुहोस् »

कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु:११ जना घाइते

दाङ। कपिलवस्तुमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परेर बस चालकको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको हो भने ११ जना यात्रु घाइते भएका छन्। शुक्रबार बिहान ६ः१० बजे पूर्वपश्चिम राजमार्गमा ट्रकले टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बससँग ठोक्किएको प्रहरीले जनाएको … Continue reading कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु:११ जना घाइते

थप पढ्नुहोस् »

बेनीमा पहिरोले १२ घरमा क्षतिः थप १०० घर जोखिममा

म्याग्दी । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार पछाडिको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्‍याएको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका-८, न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पुगेको हो। छ वटा घरभित्र पहिरोसँगै लेदो पसेपछि बस्न नमिल्ने भएका छन् भने अन्य छ घरमा आंशिक क्षति पुगेको … Continue reading बेनीमा पहिरोले १२ घरमा क्षतिः थप १०० घर जोखिममा

थप पढ्नुहोस् »

हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला

काठमाडौ।मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले सामाजिक सञ्जालमार्फत पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्ने क्रममा थप चार जनाको शव फेला पारेको जानकारी दिएको हो। यसअघि सात जनाको शव फेला परिसकेको थियो। हिमपहिरोमा १६ जना बेपत्ता भएकामा हालसम्म … Continue reading हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला

थप पढ्नुहोस् »

अब निजि क्षेत्रले राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न पाउने

काठमाडौ । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले प्रसारण लाइन प्रयोगको बाटो खुला गरिएको हो। विद्युत् नियमन आयोगले बिहीबार राष्ट्रिय प्रसारण लाइन प्रयोग गरेबापत निजी क्षेत्रले तिर्नुपर्ने प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारण गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि मध्यकालीन … Continue reading अब निजि क्षेत्रले राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न पाउने

थप पढ्नुहोस् »

एक किलो सुनसहित महिला पक्राउ

रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका-१९ की ४६ वर्षीया इला पटेल पक्राउ परेकी हुन्। सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट सुनका गरगहना बरामद गरिएको थियो। … Continue reading एक किलो सुनसहित महिला पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्। जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले सरकारले विकासका क्षेत्रमा आवश्यक पहल गरिरहेको बताए। उनले अब जनताले विकासको प्रतिफल खोजिरहेको भन्दै सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने बताए। मुख्यमन्त्री आचार्यले प्रदेशको विकासका … Continue reading लुम्बिनीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »