समाचार

मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको मृत्यु

दाङ। तुलसीपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा रा ३ प ७५६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी ५८ वर्षिय तेज बहादुर चौधरीको मृत्यु भएको हो। गम्भिर घाइते भएका चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका … Continue reading मोटरसाइकल आपसमा ठोक्किदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

तरकारी किन्ने क्रममा सुनको सिक्री लुटियो

दाङ। दाङको तुलसीपुरमा एकाबिहानै महिलाको सुनको सिक्री लुटिएको छ। तुलसीपुर उपमहानगरपालिका-६ गुम्ह्राचोक निवासी ३० वर्षीया सृजना केसीको घाँटीबाट अपरिचित व्यक्तिले सुनको सिक्री थुतेर फरार भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार बिहान पौने ६ बजे तरकारी किन्न बाहिनी चोक नजिक पुगेका बेला केसीको घाँटीबाट सिक्री थुतेर लुटेरा फरार भएका … Continue reading तरकारी किन्ने क्रममा सुनको सिक्री लुटियो

थप पढ्नुहोस् »

युरोपबाट काङ्ग्रेस केन्द्रीय सदस्यमा अंकितको उम्मेदवारी

दाङ १७, असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदका लागि अंकित वलीले उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि कांग्रेसको राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय वलीले प्रवासमा रहेका नेपालीको अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र नेपालको समृद्धिलाई आफ्नो राजनीतिक एजेन्डा अघि सारेका छन्।नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सभापतिबाट राजनीतिक यात्रा सुरु गरेका वलीले … Continue reading युरोपबाट काङ्ग्रेस केन्द्रीय सदस्यमा अंकितको उम्मेदवारी

थप पढ्नुहोस् »

कांग्रेस फुट्दैन:उपसभापति विश्वप्रकाश

काठमाडौ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सामान्य विवाद देखिए पनि कांग्रेस नफुट्ने बताएका छन्। उनले कार्यकर्तालाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्। शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राजनीतिक जीवनमा सामान्य विवाद आउनु स्वाभाविक भएको बताए। असन्तुष्टि भए पनि अन्ततः सबै एकै ठाउँमा मिल्ने र असोज १८ गतेदेखि सुरु हुने महाधिवेशनले सबैलाई समेटेर अघि … Continue reading कांग्रेस फुट्दैन:उपसभापति विश्वप्रकाश

थप पढ्नुहोस् »

मधेस शक्ति एकजुट भएर अधिकारको संघर्षमा उत्रनुपर्छ : यादव

काठमाडौ।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस केन्द्रित राजनीतिक शक्तिहरू एकजुट भएर अधिकार प्राप्तिको संघर्षमा उत्रनुपर्ने बताएका छन्। जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले वर्तमान संविधान, संघीय प्रणाली र राज्यको समावेशी चरित्रप्रति असन्तुष्टि जनाए। उनले संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै संविधान सभाले नभई सीमित व्यक्तिले संविधान लेखेर जनतामाथि थोपरेको दाबी गरे। … Continue reading मधेस शक्ति एकजुट भएर अधिकारको संघर्षमा उत्रनुपर्छ : यादव

थप पढ्नुहोस् »

बिरगंजबाट दाङ जाँदै गरेको ट्रक दुर्घटना

दाङ। बिरगन्जबाट दाङ जाँदै गरेको ट्रक दाउन्नेको ओरालोमा दुर्घटना भएको छ। दुर्घटनामा ट्रक चालक तुलसीपुर-९ निवासी भूमिराज गिरी घाइते भएका छन्। प्रहरीका अनुसार ना ६ ख ५५५६ नम्बरको ट्रक गएराति दाउन्नेको ओरालोमा सडकमा नै पल्टिएको हो। ट्रकमा चालक गिरी र सहचालक गरी दुई जना सवार थिए। दुर्घटनामा चालक गिरीलाई बढी चोट लागेको छ भने सहचालकको … Continue reading बिरगंजबाट दाङ जाँदै गरेको ट्रक दुर्घटना

थप पढ्नुहोस् »

दाउन्ने दुर्घटना अपडेट: ६ जनाको मृत्यु,१० घाइते

दाङ। नवलपरासीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १० जना घाइते छन् । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ एस मोडमा ब्रेक फेल हुदा बस दुर्घटना भएको हो। नेपालगञ्जबाट काठमाडौं जादै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व-पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार … Continue reading दाउन्ने दुर्घटना अपडेट: ६ जनाको मृत्यु,१० घाइते

थप पढ्नुहोस् »

दाउन्नेमा बस पल्टिँदा ४ जनाको मृत्यु

दाङ। नवलपरासीमा ब्रेक फेल भएर बस पल्टिँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं जाँदै गरेको बस शनिबार बिहान करिब पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिएको हो। दुर्घटनामा एक महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ११ जनालाई उद्धार … Continue reading दाउन्नेमा बस पल्टिँदा ४ जनाको मृत्यु

थप पढ्नुहोस् »

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

सल्यान । सल्यानमा स्क्रब टाइफसबाट थप एक जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका-२, दहखोलाकी ५१ वर्षीया नन्दा घर्तीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो। योसँगै जिल्लामा स्क्रब टाइफसका कारण मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीका अनुसार घर्तीको श्रीनगरमा गरिएको परीक्षणबाट स्क्रब टाइफस संक्रमण … Continue reading सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

थप पढ्नुहोस् »

विशेषज्ञ चिकित्सक नहुँदा सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला। जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव भएपछि एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्लाको सर्केगाड गाउँपालिका -३, उनापानीकी २६ वर्षीया पुस्पा डिसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो । सुत्केरी व्यथाले थला परेपछि असोज १४ गते साँझ जिल्ला अस्पताल, हुम्ला पुर्‍याइएकी डिसीको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि असोज १५ गते … Continue reading विशेषज्ञ चिकित्सक नहुँदा सुत्केरीको हेलिकप्टरबाट उद्धार

थप पढ्नुहोस् »