समाचार

दाङमा सिलिन्डर बम विस्फोट

दाङ,५ फागुन। दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सीमाक्षेत्र पातुखोलामा विस्फोट भएको प्रहरीले जनाएको छ। तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मको पश्चिमतर्फ पातुखोलामा सिलिन्डर विस्फोट गराइएको दाङ प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सिलिन्डरका टुक्रा फेला परेका छन्। प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र थप अनुसन्धान भइरहेको इलाका … Continue reading दाङमा सिलिन्डर बम विस्फोट

थप पढ्नुहोस् »

इजरायलद्वारा २० प्यालेस्टिनी नागरिक पक्राउ

काठमाडौं,४ फागुन । इजरायली कब्जा बल (IOF) ले सोमबार वेस्ट ब्याङ्क का विभिन्न क्षेत्रबाट दुई महिलासहित २० जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको छ। वफा समाचार एजेन्सी का अनुसार तुलकार्म गभर्नरेटबाट आठ जना र अल–खलिल गभर्नरेटबाट सात जना पक्राउ परेका छन्। जेरुसेलमको उत्तरबाट एक युवक, कल्किल्या सहरबाट एक जना र अल–अघवार अल–शामालियाबाट अर्का एक जनालाई पनि … Continue reading इजरायलद्वारा २० प्यालेस्टिनी नागरिक पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीमा “सुरक्षित मातृत्व अभियान “

दाङ,४ फागुन । लुम्बिनी प्रदेश सरकारले सुरक्षित मातृत्व अभियान सुरु गरेको छ। गर्भवती जाँच ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगे पनि सुत्केरीपछिको जाँच (पिएनसी) ६६ प्रतिशतमा सीमित रहेपछि प्रदेश सरकारले सेवाको निरन्तरतामै कमजोरी देखिएको निष्कर्ष निकालेको थियो। जसका कारण लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश ले ‘सुरक्षित मातृत्व अभियान’ सुरु गरेको … Continue reading लुम्बिनीमा “सुरक्षित मातृत्व अभियान “

थप पढ्नुहोस् »

भोलि (मंगलबार) नेकपा बहुमतको नेपाल बन्दको आह्वान

काठमाडौँ,४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन ५ गते(भोलि) देशव्यापी नेपाल बन्दको आह्वान गरेको छ। फागुन २१ गते हुन गइरहेको भनिएको निर्वाचन खारेज गर्न, वैदेशिक हस्तक्षेपको विरोध गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष गर्ने उद्देश्यले बन्द आयोजना गरिएको पार्टीले जनाएको छ। पार्टीका महासचिव कञ्चनद्वारा जारी विज्ञप्तिमा वर्तमान संसदीय व्यवस्थालाई एकाधिकारवादी, अलोकतान्त्रिक र जनविरोधी … Continue reading भोलि (मंगलबार) नेकपा बहुमतको नेपाल बन्दको आह्वान

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणले ‘एआई साथी’ एप ल्याउँदै

काठमाडौं,४ फागुन । नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘एनइए एआई साथी’ प्रणाली (एप) ल्याउने तयारी गरेको छ। संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार उक्त एप प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई)लाई जटिल प्रविधिका रूपमा नभई संस्थागत ‘सहयोगी साथी’का रूपमा आत्मसात गर्ने अवधारणासहित यो प्रणाली विकास … Continue reading विद्युत प्राधिकरणले ‘एआई साथी’ एप ल्याउँदै

थप पढ्नुहोस् »

राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं,४ फागुन । नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो। राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको जनाएको छ। आवेदन दिन चाहने संस्थाहरूले १० … Continue reading राष्ट्र बैंकले ९ अर्ब ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

थप पढ्नुहोस् »

६३ मध्ये २८ दलले मात्रै बुझाए घोषणापत्र

काठमाडौँ,४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि ६३ राजनीतिक दल दर्ता भए पनि सोमबारसम्म निर्वाचन आयोग नेपालमा २८ दलले मात्रै घोषणापत्र बुझाएका छन्। आयोगले फागुन ३ गतेभित्र घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो। हालसम्म २८ वटा दलले सार्वजनिक रूपमा घोषणापत्र वा प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन्। घोषणापत्र सार्वजनिक गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, … Continue reading ६३ मध्ये २८ दलले मात्रै बुझाए घोषणापत्र

थप पढ्नुहोस् »

खाटमै घाँटी काटिएको अवस्थामा महिलाको शव फेला: श्रीमान फरार

काठमाडौं,४फागुन । रौतहटमा एक महिलाको बीभत्स हत्या भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा निवासी महन्थ यादवकी २८ वर्षीया श्रीमती आरती देवी यादव मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार आरती आफ्नै सुत्ने कोठामा घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा भेटिएकी थिइन्। आइतबार अबेरसम्म घर नखुलेपछि स्थानीयको आग्रहमा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको टोली पुगेको थियो। … Continue reading खाटमै घाँटी काटिएको अवस्थामा महिलाको शव फेला: श्रीमान फरार

थप पढ्नुहोस् »

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो

काठमाडौँ,४ फागुन । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ पुगेको थियो। यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी … Continue reading सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घट्यो

थप पढ्नुहोस् »

पाँच वर्षभित्र चार खर्बको आईटी निर्यात सम्भव छ : सभापति थापा

काठमाडौँ,४ फागुन । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पाँच वर्षभित्र चार खर्ब रुपैयाँ बराबरको आईटी तथा डिजिटल प्रविधि निर्यात गर्न सकिने सम्भावना रहेको बताए। उनका अनुसार नेपालमै दुई … Continue reading पाँच वर्षभित्र चार खर्बको आईटी निर्यात सम्भव छ : सभापति थापा

थप पढ्नुहोस् »