समाचार

हिमपहिरोमा परेर ८ जनाको मृत्यु,एक बेपत्ता

काठमाडौ,७ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिएरा नेभाडा पर्वत शृंखलामा मंगलबार आएको हिमपहिरोमा १५ जनाको समूह फसेको छ। उक्त समूह ब्ल्याकबर्ड माउन्टेन गाइड्स कम्पनीसँग तीन दिने गाइडेड यात्रामा निस्किएको थियो। दिउँसो करिब ११ः३० बजे आएको हिमपहिरोले उनीहरूलाई चपेटामा पारेको हो। अधिकारीहरूका अनुसार घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता रहेका छन्, … Continue reading हिमपहिरोमा परेर ८ जनाको मृत्यु,एक बेपत्ता

थप पढ्नुहोस् »

अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ जारी

काठमाडौ,७ फागुन । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि निर्माण गरी लागू गरेको जनाएको छ। कार्यविधिअनुसार आयोगले … Continue reading अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ जारी

थप पढ्नुहोस् »

प्रजातन्त्रको रक्षा सुशासन र विधिको शासनबाट मात्र सम्भव छ : मुख्यमन्त्री आचार्य

दाङ,७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा केवल राजनीतिक संरचनाले मात्र नभई पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उनले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। वि.सं. २००७ साल फागुन … Continue reading प्रजातन्त्रको रक्षा सुशासन र विधिको शासनबाट मात्र सम्भव छ : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

सेनाको बस दुर्घटना: २४ घाइते

काठमाडौं,६ फागुन । नेपाली सेनाको बस भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै दुर्घटनामा परेको छ। निर्वाचन सुरक्षाका लागि खटिएको सेनालाई लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस सडकबाट तल खसेको हो। बसमा २४ जना सेना र चालकसहित २६ जना सवार रहेका थिए। दुर्घटनामा परी २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख … Continue reading सेनाको बस दुर्घटना: २४ घाइते

थप पढ्नुहोस् »

“राजनीति सत्ता, भोक र निजी स्वार्थका लागि होइन”: विप्लव

दाङ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले राजनीति जनताको जीवनस्तर सुधारका लागि केन्द्रित हुनुपर्ने बताएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई तुलसीपुर मा सम्बोधन गर्दै उनले दलहरूले राजनीतिलाई स्वार्थपूर्तिको माध्यम बनाएको आरोप लगाए। उनले भने, “हामीले राजनीति सत्ता, भोक वा निजी सुविधाका लागि गरिरहेका … Continue reading “राजनीति सत्ता, भोक र निजी स्वार्थका लागि होइन”: विप्लव

थप पढ्नुहोस् »

रास्वपा मधेस संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

रास्वपामा ‘दागैदाग’को बिगबिगी रहेकाले कांग्रेस रोजेँ-ममता शर्मा काठमाडौं,६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनी पार्टी प्रवेश गरेकी हुन्। उनलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका थिए। शर्माले बुधबार मात्रै रास्वपा परित्याग गरेको घोषणा गरेकी थिइन्। उनी रास्वपाको … Continue reading रास्वपा मधेस संस्थापक सभापति शर्मा नेपाली कांग्रेसमा प्रवेश

थप पढ्नुहोस् »

गगन थापाले अघि सारे ‘टीम नेपाल’ अवधारणा

काठमाडौँ,६ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टीम नेपाल’ अवधारणालाई अघि सारेका छन्। थापाले पार्टीको चुनावी सभामा सम्बोधन गर्दै देशलाई सम्हालेर अघि बढाउन सबै पक्षलाई समेटेर साझा प्रयास आवश्यक भएको बताए। उनका अनुसार ‘टीम नेपाल’मा ७ वटा प्रदेश, ७५३ स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक समावेश हुनुपर्छ। थापाले … Continue reading गगन थापाले अघि सारे ‘टीम नेपाल’ अवधारणा

थप पढ्नुहोस् »

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं,६ फागुन । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौँ महानगरपालिका–३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ तथा … Continue reading वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीनजना पक्राउ

थप पढ्नुहोस् »

हराएका बालक दमार गाउँमा भेटिए: घाँस लिन खेत गएका उनीहरू सल्यान हिँडेका थिए

दाङ ,६ फागुन। तुलसीपुरदेखि हराएका दुई बालक सकुशल फेला परेका छन्। मङ्गलबार दिउँसोदेखि हराएका बालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमार गाउँमा फेला परेका हुन्। तुलसीपुर उपमहानगरपालिका १३ बखरियाबाट हराएका ११ वर्षीय सुजन बस्नेत र ६ वर्षीय तुफान बस्नेत दमार गाउँस्थित स्थानीय शोभा छन्त्यालको घरमा भेटिएका हुन्। बुधबार बिहान बाटोमा हिँडिरहेको अवस्थामा स्थानीय छन्त्यालले सामाजिक … Continue reading हराएका बालक दमार गाउँमा भेटिए: घाँस लिन खेत गएका उनीहरू सल्यान हिँडेका थिए

थप पढ्नुहोस् »

मंगलबार दिउँसोदेखी तुलसीपुरबाट दुई बालक बेपत्ता

दाङ,६ फागुन । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाबाट दुई जना बालक हराएका छन्। मंगलबार दिउँसोदेखि ११ वर्षीय सुजल बस्नेत र ६ वर्षीय तुफान बस्नेत सम्पर्कविहीन भएका हुन्। सुजल चित्रबहादुर बस्नेतका छोरा हुन् भने तुफान टीका बस्नेतका छोरा हुन्। उनीहरू दाजुभाइका छोराहरू हुन्। घरसँगै जोडिएको बारीमा घाँस काट्न भनी निस्किएका बालकहरू घर नफर्किएपछि परिवारले खोजी थाले पनि अहिलेसम्म … Continue reading मंगलबार दिउँसोदेखी तुलसीपुरबाट दुई बालक बेपत्ता

थप पढ्नुहोस् »