समाचार

संघीयस्तरमा ११सय बढी ऐन,कानुन निर्माण

काठमाडौँ,२७ माघ । सङ्घीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले ३ सय ५५ वटा ऐन, ३ सय २५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १ सय ३४ वटा निर्देशिका र २ सय ५० … Continue reading संघीयस्तरमा ११सय बढी ऐन,कानुन निर्माण

थप पढ्नुहोस् »

बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

काठमाडौँ,२७ माघ । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सोमबार जारी निर्देशनअनुसार बोर्ड र सेवा प्रदायक संस्थाबीच तोकिएको दररेटमध्ये जुन न्यून हुन्छ, सोही दररेट मात्र दाबी गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । बोर्डका अनुसार पुस २४ गतेको निर्णयअनुसार स्वास्थ्य बीमा … Continue reading बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

थप पढ्नुहोस् »

देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच

काठमाडौँ,२७ माघ । देशभर ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको हो । सर्वेक्षणअनुसार अधिकांश घरपरिवार राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएका छन् भने केही दुर्गम क्षेत्रका घरपरिवारले लघु जलविद्युत, सोलार लगायतका वैकल्पिक … Continue reading देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच

थप पढ्नुहोस् »

प्रेस युनियन प्रदेश समितिको भालुवाङमा रणनीतिक बैठक

दाङ, २६ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संविधानको रक्षा र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाली कांग्रेसले जित्नु अनिवार्य रहेको बताएका छन् ।लोकतन्त्रको सुदृढीकरणका लागि सदैव अग्रसर रहेको कांग्रेसले नै विकास, सुशासन र नागरिकको अधिकार प्रत्याभूत गर्ने विश्वास व्यक्त गरे ।लम्सालले आगामी निर्वाचनमा आचारसंहिताको पूर्ण पालन गरेर काम गर्नकाे लागि … Continue reading प्रेस युनियन प्रदेश समितिको भालुवाङमा रणनीतिक बैठक

थप पढ्नुहोस् »

कमजोरी स्वीकार गर्दै कांग्रेस अघि बढ्नेछ : सभापति थापा

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी लुकाउने नभई स्वीकार गरेर सुधारसहित अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् । कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थापाले कांग्रेस अब नयाँ सोच र कार्यदिशासहित अघि बढ्ने बताए । विशेष महाधिवेशनपछि पहिलोपटक विराटनगर आएका थापालाई स्वागत गर्न कांग्रेस नेता डा. … Continue reading कमजोरी स्वीकार गर्दै कांग्रेस अघि बढ्नेछ : सभापति थापा

थप पढ्नुहोस् »

तुलसीपुरमा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकामा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० विरुद्धको खोप लगाइने भएको छ । सोमबार तुलसीपुरमा आयोजित पालिकास्तरीय विद्यालय केन्द्रित एचपीभी खोप अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य प्रवर्द्धन शाखाले उक्त जानकारी दिएको हो । जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत विमल केसीका अनुसार यस वर्ष उपमहानगरपालिकाभित्र कक्षा ६ मा … Continue reading तुलसीपुरमा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

थप पढ्नुहोस् »

उपमहानगरपालिकाद्वारा प्रहरीलाई ब्रेथलाइजर मेसिन

दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने चालकको चेकजाँचलाई प्रभावकारी बनाउन प्रहरीलाई ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ । उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो । उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र बजारको शान्ति–सुरक्षालाई थप मजबुत बनाउन प्रहरीलाई … Continue reading उपमहानगरपालिकाद्वारा प्रहरीलाई ब्रेथलाइजर मेसिन

थप पढ्नुहोस् »

रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते

रोल्पा ,२६ माघ । रोल्पामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। रोल्पा नगरपालिका–३ गोठमारेमा आइतबार राति करिब ९ बजेतिर अटो दुर्घटना भएको हो। लिवाङबाट गोठमारेतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १७५७ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ। रोल्पा नगरपालिका–३ गोठमारे निवासी ३८ वर्षीय दुर्गा बहादुर केसीले चलाएको अटो … Continue reading रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते

थप पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन: ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

काठमाडौँ ,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। छपाइ सम्पन्न भएका जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, … Continue reading प्रतिनिधिसभा निर्वाचन: ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

थप पढ्नुहोस् »

अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमणबाट तीन सशस्त्र घाइते

काठमाडौं,२६ माघ । एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा हान्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० मा रहेको गोदाममा छापा हान्ने क्रममा उनीहरूमाथि आक्रमण भएको हो। आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले … Continue reading अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमणबाट तीन सशस्त्र घाइते

थप पढ्नुहोस् »