समाचार

सुन तोलामा ३ हजारले घट्यो

काठमाडौं,१ फागुन । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ शुक्रबार भने उल्लेख्य रूपमा घटेर प्रति तोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ रहेको थियो। … Continue reading सुन तोलामा ३ हजारले घट्यो

थप पढ्नुहोस् »

कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो: राजपुर सबैभन्दा कमजोर

दाङ,१ फागुन । दाङका १० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो भएको छ। यस वर्ष राप्तीले ७७.४६ अंक प्राप्त गर्दै जिल्ला प्रथम स्थान हासिल गरेको हो। गत वर्ष पनि राप्तीले ६७.३ अंकसहित पहिलो स्थान कायम गरेको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले विभिन्न १७ सूचकका आधारमा गरेको मूल्यांकनअनुसार शान्तिनगर गाउँपालिकाले ६९.८४ अंकसहित … Continue reading कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो: राजपुर सबैभन्दा कमजोर

थप पढ्नुहोस् »

टिकटकमा ‘इलेक्सन सेन्टर’ सुरु

दाङ,१ फागुन । सामाजिक सञ्जाल प्लेटफर्म TikTok ले आजदेखि नेपालमा ‘इलेक्सन सेन्टर’ सञ्चालनमा ल्याएको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रमार्फत आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। सन् २०२० यता विश्वभर २०० भन्दा बढी निर्वाचनमा सञ्चालन गरिएका निर्वाचन निष्पक्षता तथा नैतिकता सम्बन्धी … Continue reading टिकटकमा ‘इलेक्सन सेन्टर’ सुरु

थप पढ्नुहोस् »

स्कुल भ्यान दुर्घटना: २४ विद्यार्थी घाइते,तीनको अवस्था गम्भीर

बागलुङ ,२९ माघ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना बालबालिका घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको हो। ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गबाट रात्माटा जाँदै गर्दा बागलुङ नगरपालिका–३ मा रहेको नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार … Continue reading स्कुल भ्यान दुर्घटना: २४ विद्यार्थी घाइते,तीनको अवस्था गम्भीर

थप पढ्नुहोस् »

अफ्रिकन स्वाइन फिभरको जोखिम : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ,२९ माघ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हालसम्म उक्त रोगविरुद्ध कुनै खोप उपलब्ध नभएकाले सुँगुर/बङ्गुर पालन फार्ममा कडा जैविक सुरक्षा (बायो–सिक्युरिटी) अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। अस्वाभाविक रूपमा सुँगुर वा बङ्गुर मरेमा तत्काल संघ, प्रदेश वा स्थानीय तहका पशु सेवा केन्द्र … Continue reading अफ्रिकन स्वाइन फिभरको जोखिम : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

हिमालको २२औँ स्थापना दिवस सम्पन्न

दाङ,२९ माघ । हिमाल एकेडेमीको २२औँ स्थापना दिवस दुईदिने कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनयकुमार मिश्रको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने विशिष्ट अतिथि रहेका कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तीप्रसाद न्यौपाने र शिक्षक–अभिभावक संघका अध्यक्ष श्रमलाल चौधरीलगायतले … Continue reading हिमालको २२औँ स्थापना दिवस सम्पन्न

थप पढ्नुहोस् »

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ,२९ माघ । राष्ट्रिय सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। गत सोमबार माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको … Continue reading राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

थप पढ्नुहोस् »

दाङमा टिप्परको ठक्करबाट अटो चालकको मृत्यु

दाङ,२९ माघ । दाङको देउखुरीस्थित कालाकाटेमा टिप्परको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको हो। बिहीबार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्परले कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटोलाई ठक्कर दिएको थियो। इलाका … Continue reading दाङमा टिप्परको ठक्करबाट अटो चालकको मृत्यु

थप पढ्नुहोस् »

मतपत्र जिल्लामा पठाउने तयारी

काठमाडौँ, २९ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाअन्तर्गत १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ५३ लाखभन्दा बढी मतपत्र छापिइसकेको छ। हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रत्यक्षतर्फको निर्वाचनका लागि … Continue reading मतपत्र जिल्लामा पठाउने तयारी

थप पढ्नुहोस् »

विदेश भागेका १० फरार प्रतिवादी इन्टरपोलको सहयोगमा नेपाल ल्याइए

काठमाडौँ,२९ माघ । स्वदेशमा अपराध गरेर विदेशमा लुकेका १० जना फरार प्रतिवादीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल फर्काएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी भएको जानकारी दिए। तीमध्ये रेड नोटिस जारी भएका ८ … Continue reading विदेश भागेका १० फरार प्रतिवादी इन्टरपोलको सहयोगमा नेपाल ल्याइए

थप पढ्नुहोस् »