समाचार

विभिन्न मुद्दामा फरार १७ प्रतिवादी पक्राउ

दाङ,२३ माघ। जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइहरूले मिति २०८२ माघ १० गतेदेखि १७ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरेका थिए। सोही अभियानका क्रममा विभिन्न मुद्दामा फरार रहेका १७ … Continue reading विभिन्न मुद्दामा फरार १७ प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »

आज सुन–चाँदीको मूल्य घट्यो: कति पुग्यो?

काठमाडौं,२३ माघ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ तोकिएको छ। बिहीबार सुन २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज एक तोला चाँदीको मूल्य … Continue reading आज सुन–चाँदीको मूल्य घट्यो: कति पुग्यो?

थप पढ्नुहोस् »

जन्ती बोकेको बस दुर्घटना: १३ जनाको मृत्यु

बैतडी,२३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका … Continue reading जन्ती बोकेको बस दुर्घटना: १३ जनाको मृत्यु

थप पढ्नुहोस् »

जलपन्छी गणनामा गिरावटः प्रजाति र सङ्ख्या दुवै घटे

दाङ,२२ माघ । देशभर यस वर्ष सम्पन्न एसियन वाटरबर्ड सेन्सस–२०२६ को नतिजाले नेपालमा जलपन्छीको प्रजाति र कुल सङ्ख्या दुवैमा कमी आएको देखाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङ्घको संयुक्त प्रयासमा गरिएको गणनाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेख गरिएका छन्। गत वर्ष सन् २०२५ मा गरिएको गणनामा ९४ … Continue reading जलपन्छी गणनामा गिरावटः प्रजाति र सङ्ख्या दुवै घटे

थप पढ्नुहोस् »

लुम्बिनीमा सहकारी नियमावली संशोधनसहित स्वीकृत

दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई अनुमोदन गर्ने निर्णय गरेको हो। त्यसैगरी बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यसबारे जानकारी दिँदै … Continue reading लुम्बिनीमा सहकारी नियमावली संशोधनसहित स्वीकृत

थप पढ्नुहोस् »

दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । स्वास्थ कार्यालयले नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियान सञ्चालनका विषयमा बिहिवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम … Continue reading दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

थप पढ्नुहोस् »

स्वास्थ्य बीमामा १४ अर्बको संकट

काठमाडौं,२२ माघ। तत्काल १४ अर्ब रुपैयाँ बजेटको व्यवस्था नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने जोखिममा पुगेको छ। स्वास्थ्यमन्त्री डा. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग उक्त रकमको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। रकम निकासा नभए बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्री शर्माको भनाइ थियो। तर अर्थ मन्त्रालयले भने … Continue reading स्वास्थ्य बीमामा १४ अर्बको संकट

थप पढ्नुहोस् »

दाङमा छहजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ जिल्लामा ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय … Continue reading दाङमा छहजार बढी सुरक्षाकर्मी परिचालन गरिने

थप पढ्नुहोस् »

चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न

दाङ,२२ माघ । तुलसीपुर उपमहानगरपालिकामा महिलाहरूका लागि चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजनामा सञ्चारिका समूह दाङ र रोज डिजिटल फोटो प्रालिको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिमको बुधबार एक कार्यक्रमबीच समापन गरिएको थियो। तालिममा १९ वटै वडाबाट प्रतिनिधित्व हुने गरी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। साथै पत्रकारिता क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूलाई समेत तालिममा … Continue reading चारदिने फोटो पत्रकारिता तालिम सम्पन्न

थप पढ्नुहोस् »