समाचार

घोराहीमा कांग्रेस उम्मेदवार घिमिरेद्वारा घरदैलो

दाङ, २० माघ । दाङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले घोराहीमा घरदैलो तथा भेटघाट गरेका छन् । मंगलबार बिहान घोराही–१५ गौतमनगरदेखि गुजुरी बजारसम्मका विभिन्न टोलमा पुगेर उम्मेदवार घिमिरेले स्थानीय बासिन्दा तथा व्यवसायीसँग भेटघाट र संवाद गरेका हुन् । घरदैलो तथा भेटघाटका क्रममा उम्मेदवार घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा … Continue reading घोराहीमा कांग्रेस उम्मेदवार घिमिरेद्वारा घरदैलो

थप पढ्नुहोस् »

रुसको प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं,२० माघ।रुसको प्रशिक्षण विमान दुर्घटना भएको छ। ओरेनबर्ग क्षेत्रको ओर्स्क सहरनजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनाको समयमा … Continue reading रुसको प्रशिक्षण विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

थप पढ्नुहोस् »

उदयपुर सिमेन्टका महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौ,२० माघ। उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम … Continue reading उदयपुर सिमेन्टका महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

थप पढ्नुहोस् »

राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

काठमाडौं,१९ माघ । राष्ट्रिय सभा बैठकले सोमबार विभिन्न तीन अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले ती अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा … Continue reading राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

थप पढ्नुहोस् »

निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन आग्रह हो । “स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू … Continue reading निपाह भाइरसबाट आतंकित नहुन मन्त्रालयको आग्रह

थप पढ्नुहोस् »

घुस रकमसहित भन्सारका तीन कर्मचारी पक्राउ

काठमाडौं ,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।अख्तियारका अनुसार आइतबार (माघ १८) उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित नियन्त्रणमा लिइएको हो। सोमबार जारी विज्ञप्तिअनुसार पक्राउ पर्नेमा वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी … Continue reading घुस रकमसहित भन्सारका तीन कर्मचारी पक्राउ

थप पढ्नुहोस् »

आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा

दाङ,१९ माघ । निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म चुनावसम्बन्धी १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसम्बन्धी रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये ९०६ वटा मतदाता नामावली, १३५ वटा निर्वाचन आचारसंहिता, ६१ वटा मतदाता शिक्षा र ५७५ वटा अन्य … Continue reading आयोगको कल सेन्टरमा १ हजारबढी जिज्ञासा

थप पढ्नुहोस् »

रवि लामिछानेको दोहोरो राहदानी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पेशी

काठमाडौं,१९ माघ । रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेपछि … Continue reading रवि लामिछानेको दोहोरो राहदानी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पेशी

थप पढ्नुहोस् »

प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

प्यूठान ,१९ माघ । प्यूठानमा एक युवकले आफ्नै भाइसँग मिलेर योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय अनिल घर्तीले १९ वर्षीया श्रीमती शर्मिला घर्तीलाई भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार अनिलले १७ वर्षीय भाइको सहयोगमा हत्या योजना … Continue reading प्युठानमा भाइसंग मिलेर श्रीमतीको हत्या

थप पढ्नुहोस् »

प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको आयोगले जनाएको छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै … Continue reading प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ

थप पढ्नुहोस् »