समाचार

भमके खोला पुलको शिलान्यास

दाङ,२९ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत खैरीपुर–अस्वार जोड्ने भमके खोलामा करिब सवा एक करोड रुपैयाँको लागतमा पुल निर्माण हुने भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच पुलको शिलान्यास समेत गरिएको छ। वडा नम्बर २ का वडा अध्यक्ष भीम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख अतिथितामा उक्त पुलको शिलान्यास भएको … Continue reading भमके खोला पुलको शिलान्यास

थप पढ्नुहोस् »

अनलाइन फारम भनिए पनि क्याम्पस नै धाउनु पर्ने विद्यार्थीको बाध्यता

दाङ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (TU) ले लागू गरेको अनलाइन Registration तथा Exam Form प्रणालीका कारण राप्ती बबई क्याम्पसमा विद्यार्थीहरूको उल्लेख्य भीड देखिएको छ। फारम अनलाइनमार्फत भर्ने भनिए पनि हाललाई फारम क्याम्पसले नै भर्नुपर्ने भएकाले  विद्यार्थीहरू क्याम्पस धाउन बाध्य भएका छन्। TU को नयाँ व्यवस्थाअनुसार Registration र Exam Form क्याम्पसले नै प्रणालीमा इन्ट्री गर्नुपर्ने … Continue reading अनलाइन फारम भनिए पनि क्याम्पस नै धाउनु पर्ने विद्यार्थीको बाध्यता

थप पढ्नुहोस् »

भोलि घोराहीमा माघी बिदा

घोराही,२९ पुस । घोराही उपमहानगरपालिकाले माघी पर्वको अवसरमा भोलि पुस ३० गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सामान्य प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यको हस्ताक्षर रहेको सूचनाअनुसार नगर कार्यपालिकाको १८५ औँ बैठकले उक्त निर्णय गरेको हो । माघी पर्वको अवसरमा घोराही उपमहानगरपालिकाअन्तर्गतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा रहने जनाइएको छ … Continue reading भोलि घोराहीमा माघी बिदा

थप पढ्नुहोस् »

पोल सार्दा करेन्ट लागेर दाङमा दुई जना गम्भीर घाइते

दाङ,२९ पुस । दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लाग्दा दुई जना गम्भीर घाइते भएका छन् । निर्माणाधीन घोराही–तुलसीपुर सडक खण्डमा मंगलबार बिहान विद्युतीय पोल स्थानान्तरण गर्ने क्रममा दुर्घटना भएको हो । घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित घोराही–तुलसीपुर फोरलेन सडक खण्डमा काम गरिरहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी २० वर्षीय राज साहु र २७ वर्षीय असिम खानलाई करेन्ट … Continue reading पोल सार्दा करेन्ट लागेर दाङमा दुई जना गम्भीर घाइते

थप पढ्नुहोस् »

नदीजन्य पदार्थ दोहन गर्ने १० सवारी साधन नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ दोहन गर्ने १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अवैध रूपमा ढुंगा तथा बालुवा दोहन गरिरहेका ९ वटा ट्याक्टर र १ वटा जेसीबी पुस २० गतेदेखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा … Continue reading नदीजन्य पदार्थ दोहन गर्ने १० सवारी साधन नियन्त्रणमा

थप पढ्नुहोस् »

पैयाँखोरे–राम्री सडक दैनिक ६ घण्टा बन्द

दाङ,२९ पुस । राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाँखोरे–राम्री सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार पैयाँखोरे हुँदै हर्नेटीदेखि राम्रीसम्मको सडक खण्ड आगामी … Continue reading पैयाँखोरे–राम्री सडक दैनिक ६ घण्टा बन्द

थप पढ्नुहोस् »

देउवा–कोइराला भेट : महाधिवेशनको स्वामित्व लिन कोइरालाको आग्रह

पार्टी नफुटाउने सुनिश्चिततामा देउवाको जोड काठमाडौं,२८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिएर प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । सभापति देउवासँग भएको भेटमा डा. कोइरालाले पार्टीको एकता कायम राख्दै महाधिवेशनलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन सभापतिको सक्रिय भूमिकाको आवश्यकता रहेको बताएका थिए । जवाफमा … Continue reading देउवा–कोइराला भेट : महाधिवेशनको स्वामित्व लिन कोइरालाको आग्रह

थप पढ्नुहोस् »

उत्कृष्ट महिला खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौँ, २८ पुस । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । महिला … Continue reading उत्कृष्ट महिला खेलाडीलाई नगद पुरस्कार घोषणा

थप पढ्नुहोस् »

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिक … Continue reading २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

थप पढ्नुहोस् »

महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतमार्फत कार्यविधि अनुमोदन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ । पारित कार्यविधिअनुसार अब बन्द सत्रसहित महाधिवेशनका अन्य कार्यक्रम अघि बढाइने सचिवालयले जनाएको छ । पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित अधिकार प्रयोग गरी ‘कांग्रेस विशेष … Continue reading महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

थप पढ्नुहोस् »