समाचार

लुम्बिनी प्रदेश लोक सेवा आयोगमा नयाँ अध्यक्ष

बुटवल। लुम्बिनी प्रदेश लोक सेवा आयोगले नयाँ नेतृत्व प्राप्त गरेको छ। आयोगले आज नवनियुक्त अध्यक्ष र सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो।नवनियुक्त अध्यक्षमा पाल्पा निवासी हरिप्रसाद बस्यालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष बस्यालले उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीले समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । यसैगरी, … Continue reading लुम्बिनी प्रदेश लोक सेवा आयोगमा नयाँ अध्यक्ष

थप पढ्नुहोस् »

जेनजी आन्दोलनको क्षति विवरण सार्वजनिक, ८४ अर्बभन्दा बढीको भौतिक नोक्सानी

पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड आवश्यक काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी प्रतिवेदनले देखाएको छ। आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख … Continue reading जेनजी आन्दोलनको क्षति विवरण सार्वजनिक, ८४ अर्बभन्दा बढीको भौतिक नोक्सानी

थप पढ्नुहोस् »

अब आमाको नामबाट नागरिकता पाइने

काठमाडौं,२४ पुस। सरकारले नेपाल नागरिकता नियमावली, २०६३ को चौथो संशोधन स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ। मन्त्रिपरिषद्बाट पौष ११ गते स्वीकृत गरिएको संशोधित नियमावली पौष २१ गते नेपाल राजपत्रमा प्रकाशन भएसँगै लागू भएको हो। सो व्यवस्था कार्यान्वयनका लागि गृह मन्त्रालयले देशभरका ७७ … Continue reading अब आमाको नामबाट नागरिकता पाइने

थप पढ्नुहोस् »

लमहीमा कार दुर्घटना

दाङ,२४पुस ।दाङको लमहीमा कार दुर्घटना भएको छ। सुर्खेतबाट बुटवलतर्फ जाँदै गरेको प्रदेश ३–६१४३ नम्बरको कार लमहीमा दुर्घटना भएको हो। कार अनियन्त्रित भई लमही बजारदेखि केही पूर्वतर्फ खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका–४ निवासी ३८ वर्षीय सुरज थापा र सोही स्थानका ४३ वर्षीय कार चालक गगनबहादुर थापा घाइते भएका छन्। … Continue reading लमहीमा कार दुर्घटना

थप पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं,२४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा … Continue reading राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

थप पढ्नुहोस् »

दंगीशरणमा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता

दाङ । दंगीशरण गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ। भानु माध्यमिक विद्यालय, पर्सडुवाको व्यवस्थापनमा तथा गाउँ पालिकाको आयोजनामा प्रतियोगिता भएको हो । दंगीशरण गाउँपालिकाका सामाजिक विकास समितिका सभापति तथा वडा नम्बर ६ का वडा अध्यक्ष रोशन जंग शाहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको प्रमुख … Continue reading दंगीशरणमा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता

थप पढ्नुहोस् »

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं। निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसारको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता पुस ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ।मनोनयनपत्रविरुद्ध … Continue reading निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

थप पढ्नुहोस् »

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिकाको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो लागेको आगोका कारण गोदाम वरपर धुवाँको मुस्लो फैलिँदा स्थानीयवासी तथा नजिकैको विद्यालयमा त्रासको वातावरण सिर्जना भएको छ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको काठ गोदाममा आगलागी भएको हो। आगलागीको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।आगलागी गोदामसँगै टाँसिएको … Continue reading गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

थप पढ्नुहोस् »

दाङमा लागुऔषधसहित दुई युवा पक्राउ

दाङ,२१ पुस। दाङमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका–५ लठहवाका २० वर्षीय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका–१२ सर्राका २३ वर्षीय सन्दिप पाहाडी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूलाई पुस १९ गते राति करिब २:१५ बजे लमही नगरपालिका–५ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको … Continue reading दाङमा लागुऔषधसहित दुई युवा पक्राउ

थप पढ्नुहोस् »

बैंकभित्रै ऋणीद्वारा आत्मदाह प्रयास

काठमाडौ,२१ पुस सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयभित्रै एक ऋणीले आत्मदाह प्रयास गरेका छन्। इटहरी–९ निवासी लालबहादुर पौडेलले बैंकभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। प्रहरीका अनुसार पौडेल बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए। उनले शरीरमा पेट्रोल छर्किन खोजेपछि बैंकका कर्मचारी र दुर्गा प्रसाईँ नेतृत्वको ‘नागरिक बचाउ अभियान’का सदस्यहरूले तत्काल हस्तक्षेप … Continue reading बैंकभित्रै ऋणीद्वारा आत्मदाह प्रयास

थप पढ्नुहोस् »