समाचार

सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

काठमाडौ,२१ पुस। सुमो गाडी दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ। मकवानपुर स्थित कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी हिजो बेलुकी दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा ज्यान गएको … Continue reading सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

थप पढ्नुहोस् »

ओलीको स्थानहद फुकुवा

काठमाडौं,२१ पुस। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा गरिएको छ। जाँचबुझ आयोगका पदाधिकारीहरूको बैठकले ओलीमाथि लगाइएको स्थानहद हटाउने निर्णय गरेको हो। आयोगका एक अधिकारीका अनुसार आइतबार ओलीले दिएको लिखित ‘स्टेटमेन्ट’ पछि स्थानहद फुकुवा गर्ने निर्णय गरिएको हो। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।यससँगै ओलीमाथि लगाइएको स्थानहद … Continue reading ओलीको स्थानहद फुकुवा

थप पढ्नुहोस् »

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

दाङ,२१ पुस । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ केराघारी निवासी २१ वर्षीय सुमन आले मगर रहेका छन्। तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित शिशिर गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । … Continue reading श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

थप पढ्नुहोस् »

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त

काठमाडौं,२० पुस। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको हो। विज्ञप्तिमा उल्लेख … Continue reading मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणले बुटवल-लमही ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने

दाङ,२० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। पूर्वी नेपालबाट उत्पादित विद्युत् पश्चिम नेपालमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो। कुल १६१ किलोमिटर लामो उक्त प्रसारण लाइन लुम्बिनी प्रदेशका नवलपरासी, … Continue reading विद्युत प्राधिकरणले बुटवल-लमही ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने

थप पढ्नुहोस् »

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ,२०पुस।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे आफ्नै निवास चुनदेवीमा बैठक बस्ने गरी देउवाले बोलाएका हुन्। देउवाका स्वकीय सचिव भानु देउवाले निवासमा बैठक बोलाएको जानकारी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले दिइन्। आगामी २८ देखि ३१ वैशाखसम्म १५औँ महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकको निर्णयपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। यसअघि २६ … Continue reading देउवाले बोलाए पदाधिकारी बैठक

थप पढ्नुहोस् »

अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

काठमाडौँ,२०पुस। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने उद्देश्यले सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ। एक वरिष्ठ भेनेजुएलाली अधिकारीका अनुसार शनिबार सबेरै भएको अमेरिकी आक्रमणमा सैन्य कर्मचारी र सर्वसाधारण नागरिकसहित कम्तीमा ४० जनाको ज्यान गएको हो। यसैबीच, शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त … Continue reading अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

थप पढ्नुहोस् »

प्रहरीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

काठमाडौँ ,२० पुस। हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन् । प्रहरीले हेटौँडा उपमहानगरपालिका–५, गर्दैई निवासी ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडामा गत बिहीबार ट्राफिक प्रहरीले मादक पदार्थ सेवन ९मापसे० जाँच गरिरहेका बेला बा ६ च ८४०९ नम्बरको कार चालक आचार्यले जाँचबाट बच्न अचानक गाडीको सिसा … Continue reading प्रहरीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

थप पढ्नुहोस् »

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: दुईको मृत्यु, ९ घाइते

दाङ,२० पुस । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा गएराति करिब १० बजे विद्यार्थी बोकेको बोलेरो जीप दुर्घटनामा परेको हो। सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकमा … Continue reading रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: दुईको मृत्यु, ९ घाइते

थप पढ्नुहोस् »

युवाले देखेको उद्यमशील भविष्यः नवप्रवद्र्धन आइडिया प्रतियोगितामा ‘प्रलबी किवी’ प्रथम

दाङ, १९ पुस। ‘विद्यार्थीका रूपमा हामी केही गर्न सक्छौँ भन्ने विश्वास यस्ता प्लेटफर्मले जगाइदिन्छन्। जित–हारभन्दा पनि आफ्नो आइडिया बाहिर ल्याउन पाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,’ – नवप्रवद्र्धन व्यवसायिक आइडिया प्रतियोगिताकी सहभागी प्रासना बस्नेत । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा ग्रीन फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा सहभागी बस्नेतले … Continue reading युवाले देखेको उद्यमशील भविष्यः नवप्रवद्र्धन आइडिया प्रतियोगितामा ‘प्रलबी किवी’ प्रथम

थप पढ्नुहोस् »