समाचार

पाठ्यपुस्तकमा बीमा शिक्षा समेटिने

काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषयका विज्ञहरूको सहभागिता रहेको थियो। विद्यालय तहको अनिवार्य विषय सामाजिक अध्ययनको पाठ्यपुस्तक परिमार्जन तथा … Continue reading पाठ्यपुस्तकमा बीमा शिक्षा समेटिने

थप पढ्नुहोस् »

कंङ्गोको तीन गाउँमा विद्रोही आक्रमण: १४ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक कङ्गोको उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले एकैसाथ तीन गाउँमा आक्रमण गर्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। स्थानीय नेता माकाएर सिभिकुनुलाका अनुसार विद्रोहीहरूले राति करिब सात किलोमिटर क्षेत्रभित्र पर्ने तीन गाउँमा एकैसाथ हमला गरेका हुन्। आक्रमण राति ८ बजेदेखि १० बजेसम्म चलेको बताइएको छ। उनका अनुसार विद्रोहीको आक्रमणमा … Continue reading कंङ्गोको तीन गाउँमा विद्रोही आक्रमण: १४ जनाको मृत्यु

थप पढ्नुहोस् »

जलपन्छीहरुको गणना सुरु

दाङ,१९ पुस । देशभरका तालतलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको वार्षिक गणना सुरु भएको छ।हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिमको शुक्लाफाँटासम्म जलपन्छीको गणना गरिँदै आएको छ। पानी, तालतलैया, सिमसार तथा आसपासका क्षेत्रमा आहारविहार, प्रजनन र अधिकांश समय बिताउने चरालाई जलपन्छी भनिन्छ।यस वर्षको जलपन्छी गणना आजदेखि सुरु भई माघ ४ गतेसम्म … Continue reading जलपन्छीहरुको गणना सुरु

थप पढ्नुहोस् »

माघ स्नानसँगै श्री स्वस्थानी व्रत कथा सुरु

दाङ,१९ पुस । सनातन हिन्दु धर्मअनुसार पवित्र र फलदायी मानिने श्री स्वस्थानी व्रत कथा आजदेखि पौष शुक्ल पूर्णिमाका दिन औपचारिक रूपमा सुरु भएको छ। माघ स्नान र पूर्णिमा व्रतसँगै प्रारम्भ हुने यो व्रत एक महिनासम्म श्रद्धा, नियम र संयमका साथ पालना गरिन्छ। माघ शुक्ल पूर्णिमाकै दिन विधिपूर्वक व्रत तथा कथा समापन गर्ने धार्मिक परम्परा रहेको … Continue reading माघ स्नानसँगै श्री स्वस्थानी व्रत कथा सुरु

थप पढ्नुहोस् »

महाधिवेशन कार्यतालिका स्थगनप्रति कांग्रेस सहमहामन्त्री यादवको आपत्ति

काठमाडौँ ,१८ पुस । नेपाली कांग्रेसका संस्थापन पक्षका केही नेताहरूले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधानविपरीत १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेको भन्दै आपत्ति जनाएका छन्। सहमहामन्त्री महेन्द्र यादवले महामन्त्रीहरूले एकल निर्णयमार्फत कार्यतालिका स्थगन गर्नु गम्भीर विषय भएको बताए। उनका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सार्वजनिक गरिएको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकबाट मात्र स्थगन गर्न … Continue reading महाधिवेशन कार्यतालिका स्थगनप्रति कांग्रेस सहमहामन्त्री यादवको आपत्ति

थप पढ्नुहोस् »

आन्तरिक उडानको भाडा दर घट्यो

काठमाडौँ ,१८ पुस । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने फ्युल सर्चार्ज समायोजन गरेको छ । समायोजनपछि विभिन्न आन्तरिक गन्तव्यमा उडान भाडा घटेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएपछि सोहीअनुसार आजदेखि लागू हुने गरी फ्युल सर्चार्ज घटाइएको प्राधिकरणले जनाएको छ । नयाँ दरअनुसार काठमाडौंबाट … Continue reading आन्तरिक उडानको भाडा दर घट्यो

थप पढ्नुहोस् »

बालअधिकरको विषयमा सरकार प्रतिबद्ध छ:मन्त्री श्रेष्ठ

काठमाडौं,१८ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकारले बालअधिकार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मन्त्री श्रेष्ठसँग भेट गरी बालअधिकार सुदृढीकरणसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको हो। सिजपका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा … Continue reading बालअधिकरको विषयमा सरकार प्रतिबद्ध छ:मन्त्री श्रेष्ठ

थप पढ्नुहोस् »

तस्कर नियन्त्रणको माग गर्दै प्रदेश मन्त्रीलाई ज्ञापन पत्र

बांके,१८पुस । नेपालगन्ज उद्योग वाणिज्य संघले तस्करी नियन्त्रण गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ। बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा सीमावर्ती भारतीय बजार रुपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) … Continue reading तस्कर नियन्त्रणको माग गर्दै प्रदेश मन्त्रीलाई ज्ञापन पत्र

थप पढ्नुहोस् »

पूर्व गृहमन्त्री लेखकको भ्रमण फुकुवा

काठमाडौं,१७ पुस। गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको छ । आयोगको बिहीबार बसेको बैठकले लेखकको विदेश भ्रमणमा रोक लगाउने तथा स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय खारेज गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए ।आयोगले सो निर्णयबारे गृह मन्त्रालयलाई … Continue reading पूर्व गृहमन्त्री लेखकको भ्रमण फुकुवा

थप पढ्नुहोस् »

भरुवा बन्दुकसहित पाँचजना पक्राउ

जाजरकोट,१७ पुस । प्रहरीले भरुवा बन्दुकसहित पाँचजनालाई जाजरकोटबाट पक्राउ गरेको छ। अवैध सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न जंगल गएका थिए । सोही क्रममा प्रचण्डदेव सिंहलाई भरुवा … Continue reading भरुवा बन्दुकसहित पाँचजना पक्राउ

थप पढ्नुहोस् »