समाचार

दीपक गिरीको ‘प्रतिज्ञा पत्र’

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसको चुनावी अभियान’ दाङ, १४ फागुन । दाङ क्षेत्र नम्बर ३ मा आगामी आमनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरीले आमजनतामा अपिल गरेका छन्। उनले देशलाई राजनीतिक अस्थिरता र सस्तो लोकप्रियताबाट जोगाउनुपर्ने जिम्मेवारीसहित नव युवा पुस्ता र सम्पूर्ण देशवासीका चाहना र आकांक्षालाई सम्बोधन गर्न निर्वाचनमा सहभागिता … Continue reading दीपक गिरीको ‘प्रतिज्ञा पत्र’

थप पढ्नुहोस् »

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ, १४ फागुन । देशका विभिन्न जिल्लाबाट लागू पदार्थसहित नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी पूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन्। अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधि बरामद भएको प्रहरीले जनाएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा … Continue reading लागू औषधसहित ९ जना पक्राउ

थप पढ्नुहोस् »

देउवा सिंगापुर प्रस्थान

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार देउवा सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।उनीसंन केही अन्य व्यक्ति पनि सिंगापुर गएको बताइएको छ । जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर घाइते भएपछि देउवाले यसअघि पनि सिंगापुरमै उपचार … Continue reading देउवा सिंगापुर प्रस्थान

थप पढ्नुहोस् »

सुनचाँदीको भाउ बढ्यो

दाङ, १४ फागुन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। बुधबार सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको … Continue reading सुनचाँदीको भाउ बढ्यो

थप पढ्नुहोस् »

राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

दाङ १३ फागुन। दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन सञ्चालन हुने भएको छ। शैक्षिक वातावरणलाई अनुसन्धानमुखी बनाउने उद्देश्यले क्याम्पसले आगामी चैत ६ र ७ गते उक्त सम्मेलन सञ्चालन गर्न लागेको हो। दुई दिन सञ्चालन हुने उक्त सम्मेलनको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। पत्रकारहरुसंग कुराकानी गर्दै क्याम्पस प्रमुख गणेश … Continue reading राप्ती बबईमा अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन हुँदै

थप पढ्नुहोस् »

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ, १३ फागुन । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ काका २२ वर्षीय सन्जित स्याङतान र मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमोश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटी का अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प … Continue reading ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

थप पढ्नुहोस् »

निर्वाचन बिथोल्न खोज्ने ४२ जना पक्राउ

काठमाडौँ,१३ फागुन। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई बिथोल्न खोजेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ। तीमध्ये हाल १४ जना मात्रै हिरासतमा रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले केहीलाई सम्झाइ–बुझाइ छाडिएको र केहीलाई अदालतको आदेशपछि रिहा गरिएको जानकारी दिए। अदालतको आदेशपछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बुधबार रिहा … Continue reading निर्वाचन बिथोल्न खोज्ने ४२ जना पक्राउ

थप पढ्नुहोस् »

७५ जिल्लामा पुर्‍याइयो मतपत्र

दाङ,१३ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याइएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुरबाहेक अन्य सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ तथा ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गतका मतपत्र र आवश्यक सामग्री पठाइसकिएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिँदै काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा भने … Continue reading ७५ जिल्लामा पुर्‍याइयो मतपत्र

थप पढ्नुहोस् »

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

दाङ,१३ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षाकर्मीहरुका लागि एक निर्णय गरेको छ । सरकारले निर्वाचनका क्रममा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो। मंगलवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा ओमप्रकाश अर्यालले निर्वाचनमा कर्तव्य निर्वाह गर्दा घाइते … Continue reading निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

थप पढ्नुहोस् »

दाङमा फागुन १८ गतेदेखि सिमानाका बन्द हुने

दाङ,१३ फागुन । छिमेकी राष्ट्र भारतसँग जोडिएका सबै सिमानाका चार दिन बन्द हुने भएका छन्। दाङ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भारतसँग जोडिएका दाङका सबै नाकाहरू सोमबार (फागुन १८) मध्यराति १२ बजेदेखि २१ गतेसम्म बन्द रहने जानकारी गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जारी गरेको उक्त सूचनामा सोमबार मध्यराति १२ बजेदेखि … Continue reading दाङमा फागुन १८ गतेदेखि सिमानाका बन्द हुने

थप पढ्नुहोस् »