समाचार

बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१० फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई यथार्थपरक र व्यवस्थित आकारमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले टुक्रे योजना कटौती गरी योजना तर्जुमा निर्देशिका निर्माण गर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए। वार्षिक … Continue reading बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

थप पढ्नुहोस् »

तीनदिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौँ,१० फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार २०, २१ र २२ गते बिदा दिन आइतबार सरकारलाई पत्राचार गरिएको हो। यसबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुँदैछ। आयोगको सिफारिसअनुसार निर्णय भए … Continue reading तीनदिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

काठमाडौँ,१० फागुन । सरकारले नवयुवा ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण फागुन १५ गतेभित्र उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको उपचार र राहत वितरणलाई प्रभावकारी बनाउन उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई विवरण पठाउन भनिएको हो। प्राप्त निवेदनमाथि छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिने उनले … Continue reading जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

थप पढ्नुहोस् »

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी

काठमाडौं,१० फागुन । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘पेट्रोलमा इथानोल मिसाउने आदेश–२०८२’ स्वीकृत भइसकेको र छिट्टै राजपत्रमा प्रकाशित हुने जानकारी दिए। उनका अनुसार १० प्रतिशत इथानोल मिश्रणबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम … Continue reading पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी

थप पढ्नुहोस् »

समय आएपछि संविधान संशोधन हुन्छ : केपी ओली

काठमाडौं,१० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्। आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमकमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अहिले संविधान संशोधनको विषय उठाउँदा सुन्ने वातावरण नरहेको टिप्पणी गरे। उनले नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन भएका बेला … Continue reading समय आएपछि संविधान संशोधन हुन्छ : केपी ओली

थप पढ्नुहोस् »

सुन तोलामा ५ हजार ७ सयले वृद्धि

काठमाडौँ, १० फागुन । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।आज सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो। शुक्रबार तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। … Continue reading सुन तोलामा ५ हजार ७ सयले वृद्धि

थप पढ्नुहोस् »

पोलमा बस ठोक्किँदा २२ यात्रु घाइते

मकवानपुर, १० फागुन । यात्रुवाहक बस विद्युत पोलमा ठोक्किँदा दुर्घटना भएको छ । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय … Continue reading पोलमा बस ठोक्किँदा २२ यात्रु घाइते

थप पढ्नुहोस् »

सगरमाथाको १९औँ वार्षिकोत्सव

दाङ,९ फागुन । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित सगरमाथा इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षतामा र नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले शिक्षाले मानिसको ज्ञानको आँखा खोल्ने बताउँदै केवल किताबी ज्ञान पर्याप्त नभएको र बालबालिकाको रुचि र … Continue reading सगरमाथाको १९औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव

दाङ,९ फागुन । डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित डिभाइन मन्टेश्वरीले आफ्नो १०औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा उक्ति कार्यक्रम सम्पन्न भएको हो। एनप्याब्सन अध्यक्ष न्यौपानेले मन्टेश्वरी शिक्षाले बालबालिकाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । जिल्ला सचिव हरिप्रसाद भण्डारीले निजी क्षेत्रबाट … Continue reading डिभाइन मन्टेश्वरीको १०औँ वार्षिकोत्सव

थप पढ्नुहोस् »

तुलसीपुर १३ का स्थानीय: भन्छन् – ‘कांग्रेसप्रति विश्वास बढेको छ’

दाङ, ९ फागुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीप्रति जनताको उत्साहजनक समर्थन देखिएको छ। नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा फुलवारीमा सम्पन्न भव्य चुनावी सभामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यसपटक जनतामा काँग्रेसप्रति विश्वास बढेको दाबी गरे। वडा इकाई सभापति चेतकान्त योगीको अध्यक्षता तथा काँग्रेसका केन्द्रीय सदस्य … Continue reading तुलसीपुर १३ का स्थानीय: भन्छन् – ‘कांग्रेसप्रति विश्वास बढेको छ’

थप पढ्नुहोस् »