समाचार

तुलसीपुरमा भोलिदेखि महोत्सव सुरु: प्रदेश सभामुख घर्तीले उद्घाटन गर्ने

दाङ,३पुस । भोलिदेखि दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव सन्चालन हुन लागेको छ। शुक्रबार देखी सुरु हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गर्ने भएका छन्। नेपाल घरेलु तथा साना उद्योग संघ तुलसीपुरको आयोजनामा सञ्चालन हुन लागेको छ। महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन सो कुराको जानकारी गराइएको हो । महोत्सव उद्घाटनका अवसरमा … Continue reading तुलसीपुरमा भोलिदेखि महोत्सव सुरु: प्रदेश सभामुख घर्तीले उद्घाटन गर्ने

थप पढ्नुहोस् »

झुठा विवरणमार्फत नागरिकता र राहदानी बनाउने दाङका बस्नेतसहित तीन जना पक्राउ

दाङ,३ पुस । झुठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा दाङका यमबहादुर बस्नेतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न व्यक्तिले झुठा विवरण प्रयोग गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएर तेस्रो मुलुक जाने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट … Continue reading झुठा विवरणमार्फत नागरिकता र राहदानी बनाउने दाङका बस्नेतसहित तीन जना पक्राउ

थप पढ्नुहोस् »

एमालेको ११औँ महाधिवेशन: उपाध्यक्षमा ओली पक्षको वर्चस्व

काठमाडौं,३ पुस । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ। उपाध्यक्ष पदतर्फ केपी शर्मा ओली पक्षका चार जना उम्मेदवार विजयी भएका छन्। उपाध्यक्ष पदमा ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त निर्वाचित भएका हुन्। त्यस्तै, उपाध्यक्ष पदमा ईश्वर पोखरेल पक्षबाट गोकर्णराज विष्ट मात्रै … Continue reading एमालेको ११औँ महाधिवेशन: उपाध्यक्षमा ओली पक्षको वर्चस्व

थप पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल र केन्द्र तोकिए

दाङ,३ पुस । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ। आयोगका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद भट्टराईका अनुसार हिजो सातै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको हो। सातै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहने गरी स्थान तय गरिएको र प्रत्येक मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था … Continue reading राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल र केन्द्र तोकिए

थप पढ्नुहोस् »

तुलसीपुरमा QFX हल निर्माण हुँदै: दाङ सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा

दाङ,२ पुस । तुलसीपुरमा आधुनिक क्युएफएक्स (QFX) सिनेमा हल निर्माण हुन लागेको छ। लामो समयपछि आधुनिक चलचित्र घर सञ्चालनको तयारी सुरु भएसँगै तुलसीपुर सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा गरिएको छ। क्युएफएक्सका सञ्चालक बसन्त लम्सालको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा क्युएफएक्स हल निर्माणबारे जानकारी दिइएको हो। … Continue reading तुलसीपुरमा QFX हल निर्माण हुँदै: दाङ सिनेमा नगरीका रूपमा पुनः उदाउने अपेक्षा

थप पढ्नुहोस् »

भिरबाट ढुङ्गा खस्दा चार जना घाइते

काठमाडौं,२ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गा घरमा लाग्दा चार जना घाइते भएका छन्। गएराति स्थानीय दनबहादुर रावतको दुईतले कच्ची घरमा माथिल्लो वन क्षेत्रबाट अचानक ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। ढुङ्गा लाग्दा घरमा क्षति पुगेको र सोही घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरू घाइते भएका हुन्। … Continue reading भिरबाट ढुङ्गा खस्दा चार जना घाइते

थप पढ्नुहोस् »

दाङका प्रतीकराज लोहनीको ‘सुन कागती’ यात्रा

दाङ,२ पुस। घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित व्यावसायिक कागतीखेती गर्दै नमूना किसानको पहिचान बनाएका छन्। सिभिल इन्जिनियर पेसाबाट कृषि उद्यमतर्फ मोडिएका उनले रासायनिक विषादी प्रयोग नगरी कागतीखेतीमा आफूलाई स्थापित गरेका छन्। चार बिघा १० कट्ठा जमिनबाट कागतीखेती सुरु गरेका ४१ वर्षीय लोहनीले हाल खेती क्षेत्र विस्तार गर्दै ६ बिघा पुर्‍याएका छन्। अहिलेसम्म … Continue reading दाङका प्रतीकराज लोहनीको ‘सुन कागती’ यात्रा

थप पढ्नुहोस् »

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ,२ पुस। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्दै आएका ५० वर्षीय लालबहादुर बराइलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि … Continue reading युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

थप पढ्नुहोस् »

प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश

दाङ ,१ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले आदेश दिएको हो। अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना प्रकाशित गरेको थियो। तर प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन … Continue reading प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न आदेश

थप पढ्नुहोस् »

नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरी नियन्त्रणमा

धनगढी,१ पुस। नवजात शिशुलाई झाडिमा फाल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकाकी ३० वर्षीया विवाहित महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो। ती महिलाका श्रीमान रोजगारीका सिलसिलामा विदेशमा रहेका जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। प्रहरीका अनुसार प्रसव पीडाका कारण महिला हाल धेरै बोल्न सक्ने … Continue reading नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरी नियन्त्रणमा

थप पढ्नुहोस् »