समाचार

तोकिएको मितिमा चुनाव नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

काठमाडौं,१ पुस। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट सरकारलाई दिइएको भन्दै तोकिएको मितिमा चुनाव हुनैपर्ने बताए। निर्वाचन मिति सार्न सकिन्छ भन्ने तर्कको कुनै आधार नरहेको उनको भनाइ छ। उनले भने, … Continue reading तोकिएको मितिमा चुनाव नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

थप पढ्नुहोस् »

रुखबाट लडेर एकजनाको मृत्यु

काठमाडौं,१ पुस । रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो। मंगलबार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा ८ टोक्चेराङ घर भइ हाल मनहरी ७ लामाटोलस्थित काका डिसा लामाको घरमा बस्दै आएका सुरेश लामाको मङ्गलबार उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय … Continue reading रुखबाट लडेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,१ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा तोकिएको छ। आजका लागि युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर … Continue reading डलर हालसम्मकै उच्च बिन्दुमा

थप पढ्नुहोस् »

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। गौतमले पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट नेकपा एमाले तथा पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले भने, “नेकपा एमालेमाथि … Continue reading राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

थप पढ्नुहोस् »

राष्ट्रिय बाघ गणना आजदेखि सुरु

काठमाडौँ,१ पुस । आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु भएको छ। गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर क्षेत्रमा बाघको तथ्यांक संकलन गरिँदैछ। वैज्ञानिक विधिबाट तीनवटा ब्लक बनाएर बाघको गणना गरिनेछ। यसका लागि २ हजार ३ सय स्वचालित क्यामरा जडान गरिँदैछ। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा बाघको … Continue reading राष्ट्रिय बाघ गणना आजदेखि सुरु

थप पढ्नुहोस् »

अध्यक्ष पदका लागि ओलीको उम्मेदवारी दर्ता

काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा हाल उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। तेस्रो पटक पार्टी नेतृत्व सम्हाल्ने लक्ष्यसहित ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। एमाले … Continue reading अध्यक्ष पदका लागि ओलीको उम्मेदवारी दर्ता

थप पढ्नुहोस् »

भरुवा बन्दुकसहित तीनजना पक्राउ

रुकुमपूर्व,२९ मंसिर । रुकुमपूर्वमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पुथा उत्तरगंगा गाउँपालिका–८ बाट प्रहरीले भरुवा बन्दुक दुई थान र ती बन्दुकमा प्रयोग हुने बारुदसहित तीन जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही गाउँपालिका–८ खराङ निवासी ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन्। प्रहरीका … Continue reading भरुवा बन्दुकसहित तीनजना पक्राउ

थप पढ्नुहोस् »

युथ्स अफ तुलसीपुरले गर्‍यो रक्तदान

दाङ,२९ मंसिर । युथ्स अफ तुलसीपुरले पश्चिम दाङमा देखिन सक्ने रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरको प्राविधिक सहयोग तथा ज्ञानज्योती कलेजको व्यवस्थापनमा आज उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ज्ञानज्योती कलेजमा अध्ययनरत करिब ३० जना छात्रछात्राले रक्तदान गरेका थिए । क्लबका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ ले … Continue reading युथ्स अफ तुलसीपुरले गर्‍यो रक्तदान

थप पढ्नुहोस् »

गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’

दाङ,२८ मंसिर। तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका १० जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्। करिब १४ वर्षदेखि विद्यालयमा सेवा दिँदै आएका अनुभवी शिक्षकसमेत राजीनामा दिन बाध्य भएको घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। राजीनामा दिने शिक्षकहरूका अनुसार विद्यालय प्रशासनले कुनै आधिकारिक छानबिन नगरी बाह्य हल्लाका आधारमा … Continue reading गोरखा माविका शिक्षकहरुको सामुहिक राजीनामाः प्रशासन भन्छ– ‘यस विषयमा कुरै गर्नु छैन’

थप पढ्नुहोस् »

समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो:प्रधानमन्त्री कार्की

काठमाडौं,२८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले संविधानले सुनिश्चित गरेको समावेशीकरण, सामाजिक न्याय तथा सांस्कृतिक,भाषिक विविधताको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताएकी छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले आदिवासी जनजातिहरूको पहिचान, अधिकार, संस्कृति र समग्र विकासका लागि प्रतिष्ठानले गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन्। उनले … Continue reading समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो:प्रधानमन्त्री कार्की

थप पढ्नुहोस् »