समाचार

धक्का लागेर घाइते भएका घर्तीको मृत्यु

रोल्पा, २६ मंसिर । रोल्पाको माडी गाउँपालिका–१ पेदिखोलामा एक व्यक्तिले बाटो हिँडिरहेका ६७ वर्षीय मन बहादुर घर्तीलाई धकेल्दा मृत्यु भएको छ। बिहीबार साँझ करिब ५ बजेतिर ५० वर्षीय गणबहादुर बुढाले घर्तीलाई पछाडिबाट धकेल्दा घर्ती बाटोदेखि करिब १० मिटर तल खसेका थिए। घर्तीलाई नाक, मुख र ढाडमा चोट लागेका कारण उपचारका लागि घर्तिगाउँस्थित स्मृति अस्पताल लगिएको … Continue reading धक्का लागेर घाइते भएका घर्तीको मृत्यु

थप पढ्नुहोस् »

कांग्रेसका सहमहामन्त्री पाण्डे आगामी चुनावमा उम्मेदवार नहुने

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम सिफारिस गरिएको छैन। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए। उनले भने, “सांसद … Continue reading कांग्रेसका सहमहामन्त्री पाण्डे आगामी चुनावमा उम्मेदवार नहुने

थप पढ्नुहोस् »

दाङको राप्ती गाउँपालिकास्थित फोहर व्यवस्थापन केन्द्रमा भिषण आगलागी: करोडौँको क्षति

दाङ, २६ मंसिर । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहानदेखि लागिरहेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगलागीले केन्द्रभित्रको ट्रस्ट भवन, ठूला–साना मेसिन, टायल तथा इन्टरलक पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार करोडौँको क्षति भएको छ। आगो नियन्त्रणका लागि गढवाबाट आएको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर, नेपाल … Continue reading दाङको राप्ती गाउँपालिकास्थित फोहर व्यवस्थापन केन्द्रमा भिषण आगलागी: करोडौँको क्षति

थप पढ्नुहोस् »

एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक

दाङ, २६ मंसिर । नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युएईको दुबईमा जारी एसियन युथ पारा गेम्समा रजत पदक हात पारेका छन्। उनले टेबलटेनिसको यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उपविजेता बन्न सफल भएका हुन्। बिहीबार सम्पन्न फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग कडा प्रतिस्पर्धामा ३–२ सेटको अन्तरले पराजित भए। उनले पहिलो … Continue reading एसियन युथ पारा गेम्समा नेपाललाई रजत पदक

थप पढ्नुहोस् »

पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु

दाङ,२६ मंसिर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज शुक्रबार दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक होमप्रकाश … Continue reading पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु

थप पढ्नुहोस् »

एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु

दाङ ,२६ मंसिर । नेशनल प्याब्सन दाङले आयोजना गरेको बृहत् खेलकुद प्रतियोगिता आजदेखि बेल्झुण्डी रंगशालामा सुरू भएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। तीन दिनसम्म चल्ने यस प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध २७ विद्यालय सहभागी भएका छन्। छात्र–छात्रातर्फ … Continue reading एनप्याब्सन दाङको बृहत खेल प्रतियोगिता सुरु

थप पढ्नुहोस् »

एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाडौं,२५ मंसिर । लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल यात्रा तय गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश सुनिश्चित गर्यो। पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको मध्यम स्कोर बनाएको थियो। कप्तान … Continue reading एनपिएल: विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

थप पढ्नुहोस् »

वडा नं. ७ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

दाङ,२५ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा निर्माण सम्पन्न प्रशासनिक भवन आज एक समारोहका बीच उद्घाटन गरिएको छ। वडा अध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन गरिएको हो । भवन उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले वडाले साँघुरो स्थानबाट सेवा दिनुपर्ने बाध्यता अन्त्य भएको बताए। उनले नयाँ … Continue reading वडा नं. ७ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

थप पढ्नुहोस् »

भिजिट भिसा प्रकरणमा सहसचिवसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रीनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भण्डारी, राम खड्का, कविता पौडेल र जग्गा … Continue reading भिजिट भिसा प्रकरणमा सहसचिवसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

भन्सार छलेर ल्याइएको कपडा बरामद

दाङ, २५ मंसिर । इलाका प्रहरी कार्यालय सिसहनियाको गस्ती टोलीले दाङमा ठूलो मात्रामा सामान बरामद गरेको छ। बुधबार राप्ती गाउँपालिका–५ सिसहनिया बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा एक यात्रुबाहक सवारी साधनबाट लुकाइ छिपाइ ल्याइएका कपडा फेला परेका हुन्। प्रहरीका अनुसार बरामद सामानमा ५ सय पिस सेण्डो र १ हजार पिस अन्डरवेयर रहेका छन्। यी … Continue reading भन्सार छलेर ल्याइएको कपडा बरामद

थप पढ्नुहोस् »