समाचार

आन्दोलनका कारण रोकिएको भन्सार जाँचपास पुनः सुरु

काठमाडौं,२४ मंसिर । भन्सार एजेन्टको आन्दोलनका कारण रोकिएको भन्सार जाँचपासको काम फेरि शुरू भएको छ। आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्ता सकारात्मक भएपछि आन्दोलन रोकिएको हो। महासङ्घका अध्यक्ष प्राचिनकुमार थैबले विज्ञप्ति जारी गर्दै, भन्सार विभागले माग सम्बोधनका विषयमा सकारात्मक प्रतिक्रिया दिएकोले ‘पेनडाउन’ कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्। भन्सार विभागले पनि विज्ञप्ति … Continue reading आन्दोलनका कारण रोकिएको भन्सार जाँचपास पुनः सुरु

थप पढ्नुहोस् »

बहुविवाह मुद्दामा डिएसपी नेपाल पक्राउ

दाङ,२४ मंसिर । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी पूर्वमा कार्यरत थिए। प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिलो श्रीमतीको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध प्रक्रिया अघि बढाएको हो। ‘बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ … Continue reading बहुविवाह मुद्दामा डिएसपी नेपाल पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा सडक खाना महोत्सव सुरु

दाङ,२३ मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडकखाना महोत्सव सुरु भएको छ । नेवार समुदायको संस्कार र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त खाना महोत्सव सुरु भएको हो। मङ्गलबार एक औपचारिक कार्यक्रमका बीच खाना महोत्सवको उद्घाटन समेत गरिएको छ। महोत्सवमा नेवारी परिकार, कला तथा सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ … Continue reading तुलसीपुरमा सडक खाना महोत्सव सुरु

थप पढ्नुहोस् »

तुलसीपुरमा क्युएफएक्स हलको शिलान्यास

दाङ,२३ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँस्थित गोरखा बोर्डिङ स्कुलको छेउमा क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ। मंगलबार शिलान्याससँगै निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो। संयुक्त लगानीकर्ता अनिल बुढाथोकी र वसन्त लम्सालको साझेदारीमा झण्डै २२ करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण हुन लागेको जानकारी संचालक बुढाथोकीले दिएका छन्। उनका अनुसार सिनेमा हल आगामी … Continue reading तुलसीपुरमा क्युएफएक्स हलको शिलान्यास

थप पढ्नुहोस् »

पत्रकार रजक सहिद घोषित

काठमाडौं,२३ मंसिर ।सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। चैत १५ गते तीनकुनेमा समाचार संकलन गर्ने क्रममा निधन भएका रजकलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषित गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को यस निर्णयबारे जानकारी दिएका हुन्।

थप पढ्नुहोस् »

राप्रपा इलाम अध्यक्षसहित १५ जना पक्राउ

काठमाडौ,२३ मंसिर । इलाममा भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी तथा राजनीतिक कार्यालयमा तोडफोड र आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्रपाका इलाम जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलाम, झापा र ताप्लेजुङका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अदालतको म्याद थपेर अनुसन्धान जारी … Continue reading राप्रपा इलाम अध्यक्षसहित १५ जना पक्राउ

थप पढ्नुहोस् »

टरिगाउँ विमानस्थलबाट असहाय,अशक्तलाई छुट

दाङ ,२३ मंसिर । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट काठमाडौं यात्राका लागि असहाय, अपाङ्ग, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष भाडा छुट दिने व्यवस्था गरेको छ। एयरलाइन्सका प्रमुख बलबहादुर सुनारका अनुसार दाङ–काठमाडौं उडानको सामान्य भाडा रु ८,७७५ रहेकामा छुट पाउने वर्गका यात्रुले रु ७,६४५ मात्र तिर्नुपर्छ। हाल टरिगाउँबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र … Continue reading टरिगाउँ विमानस्थलबाट असहाय,अशक्तलाई छुट

थप पढ्नुहोस् »

लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल

काठमाडौं,२२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार सुनिश्चिततामा गम्भीर चुनौती उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्। ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक अर्काका परिपूरक भएकाले लोकतन्त्र सुदृढ भए मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए। उनका अनुसार प्रतिनिधिसभा निर्वाचन … Continue reading लोकतन्त्र कमजोर भए मानवअधिकार संकटमा पर्छ: गृहमन्त्री अर्याल

थप पढ्नुहोस् »

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

रसुवा,२२ मंसिर । दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज बिहान जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्। उनीहरूलाई निजी जमिनमा घाँस काटिरहेका बेला लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले आक्रमण गरेको स्थानीयले बताए। स्थानीयस्तरमा … Continue reading भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

थप पढ्नुहोस् »

सल्यानमाबस दुर्घटना हुँदा चालक घाइते

सल्यान,२२ मंसिर । सल्यानमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका–७, कोटबारा क्षेत्रमा एक यात्रुबाहक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्। व्याक गर्ने क्रममा ना ४ ख ६२३२ नम्बरको बस करिब ४५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। दुर्घटना भएको बेला बसमा यात्रु नहुँदा मानवीय क्षति हुन … Continue reading सल्यानमाबस दुर्घटना हुँदा चालक घाइते

थप पढ्नुहोस् »