समाचार

मलामी गएका युवक नदीमा बेपत्ता

काठमाडौ,१८ मंसिर ।महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। उनका अनुसार स्थानीय व्यक्तिको मलामी गएका सनि दमाई चिता बनाउने क्रममा चिप्लिएर नदीमा खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ। अहिले नेपाल … Continue reading मलामी गएका युवक नदीमा बेपत्ता

थप पढ्नुहोस् »

युक्रेनी बालबालिकालाई तत्काल रिहा गर्न आह्वान

काठमाडौ,१८ मंसिर ।संयुक्त राष्ट्रसंघीय महासभाले जबरजस्ती रूसमा लगिएका युक्रेनी बालबालिकालाई तत्काल र बिनासर्त फिर्ता गराउन आह्वान गरेको छ। महासभाले यो मुद्दा किभ र मस्कोबीचको सम्भावित शान्ति सम्झौतामा सबैभन्दा संवेदनशील विषय बनेको पनि जनाएको छ। महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासनमा परेका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिनासर्त फिर्ता आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव पारित गरेको … Continue reading युक्रेनी बालबालिकालाई तत्काल रिहा गर्न आह्वान

थप पढ्नुहोस् »

सल्यानमा छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

सल्यान ,१८ मंसिर । सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक ३८ वर्षीय बाबु पक्राउ परेका छन्। १४ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए। उनले जिल्ला अदालत सल्यानबाट … Continue reading सल्यानमा छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

दाङ,१८ मंसिर । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुरुजजुर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा विभिन्न विद्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम यज्ञबहादुर विकको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा गुरुजजुर मावि, कालाखोला मावि … Continue reading अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा हाजिरी जवाफ प्रतियोगिता

थप पढ्नुहोस् »

दुई थान भरुवा बन्दुक फेला

रुकुम पूर्व,१७ मंसिर । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ द्धारेखोला नजिकको जंगलबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको छ। राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै लुकाइ–छिपाइ राखिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो दुई थान भरुवा बन्दुक र एउटा नाल फेला पारी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचौरबाट खटिएको टोलीले गस्तीका क्रममा शंकास्पद … Continue reading दुई थान भरुवा बन्दुक फेला

थप पढ्नुहोस् »

तीनवटा हरिण मृत फेला

काठमाडौ,१७ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा राखिएका छवटा हरिणमध्ये तीन वटा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्। तारजालीले घेरेर संरक्षण गरिएका हरिणमध्ये तीनको तिघ्राको मासु लुछिएको अवस्थामा अवस्थामा भेटिएपछि पार्कका कर्मचारीले डिभिजन वन कार्यालय र प्रहरीले घटनास्थलमा जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीका अनुसार चितुवा … Continue reading तीनवटा हरिण मृत फेला

थप पढ्नुहोस् »

तरलता बढेपछि राष्ट्र बैंकद्वारा एकैदिन ६० अर्ब निक्षेप संकलन

काठमाडौं,१७ मंसिर । बैंकिङ प्रणालीमा अत्यधिक तरलता जमेपछि नेपाल राष्ट्र बैंकले एकै दिन ६० अर्ब रुपैयाँ खिच्न ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने अवधीको उक्त निक्षेप आगामी २०८२ पुस १६ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिने जनाएको छ। यो निक्षेप संकलन बोलकबोल प्रक्रियामार्फत हुनेछ र ब्याजदर पनि यही माध्यमबाट नै … Continue reading तरलता बढेपछि राष्ट्र बैंकद्वारा एकैदिन ६० अर्ब निक्षेप संकलन

थप पढ्नुहोस् »

मुख्यमन्त्री नआएपछि प्रदेशसभा स्थगित

काठमाडौं ,१७ मंसिर । विश्वासको मत लिने कार्यसूची रहेको मधेस प्रदेशसभा बैठक मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि स्थगित गरिएको छ। बिहान ११ बजे विश्वासको मतको प्रक्रिया अघि बढ्ने तय गरिएको थियो, तर प्रस्तावक स्वयं उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत इसरले बैठक २ बजेसम्मका लागि स्थगित गर्ने घोषणा गरिन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको … Continue reading मुख्यमन्त्री नआएपछि प्रदेशसभा स्थगित

थप पढ्नुहोस् »

बिना स्वीकृत एनजीओलाई बजेट उपलब्ध गराउने ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ ,१६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरसभाबाट बजेट स्वीकृत नगराएपछि सरिता फाउन्डेसन नामक गैरसरकारी संस्थालाई पाँच लाख रुपैयाँको चेक जारी गरी मिलेमतोमा नौ लाख ९८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको आरोपमा मुद्दा दायर गरिएको … Continue reading बिना स्वीकृत एनजीओलाई बजेट उपलब्ध गराउने ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

थप पढ्नुहोस् »

आफू खुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

काठमाडौ,१६ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो पार्टीका नेता र कार्यकर्तालाई आफूखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ। पार्टीको उम्मेदवार छनौट समितिले औपचारिक टुंगो नलागेसम्म कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी दाबी गर्ने, घोषणा गर्ने वा आकांक्षा व्यक्त गर्ने अभिव्यक्ति नदिन चेतावनी दिएको हो। समितिका अनुसार हालसम्म पार्टीले रुपन्देही क्षेत्र … Continue reading आफू खुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

थप पढ्नुहोस् »