समाचार

एनपिएल: काठमाडौं र लुम्बिनी निर्णायक भिडन्तमा

काठमाडौ,९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। दुवै टोलीका लागि आजको खेल प्लेअफमा पुग्ने सम्भावनालाई सुरक्षित गर्ने महत्वपूर्ण अवसर मानिएको छ। काठमाडौं र लुम्बिनी दुवै टोलीले हालसम्म २–२ अंक मात्र जोडेका छन्। अङ्क तालिकामा काठमाडौं तेस्रो … Continue reading एनपिएल: काठमाडौं र लुम्बिनी निर्णायक भिडन्तमा

थप पढ्नुहोस् »

निर्वाचनका लागि राप्रपाको दल दर्ता

काठमाडौ,९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले मुलुकलाई यथास्थितिमै हुने निर्वाचनले निकास दिन नसक्ने ठानिए पनि, एक जिम्मेवार र प्रजातान्त्रिक दलका रूपमा निर्वाचन प्रक्रियाबाट अलग हुनु उचित नहुने भएकाले दल दर्ताको निर्णय गरिएको हो। उनका अनुसार दर्ता केवल निर्वाचन … Continue reading निर्वाचनका लागि राप्रपाको दल दर्ता

थप पढ्नुहोस् »

जेनजी प्रदर्शनमा लुटिएका दुई पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ। जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक–६ का विश्व लिङ्देन, दमक–९ का सरोज पुरी र इलाम चुलाचुली–४ का पवन हाङसुङ्वा छन्। प्रहरीको संयुक्त टोलीले दमक–८ स्थित … Continue reading जेनजी प्रदर्शनमा लुटिएका दुई पेस्तोलसहित तीन जना पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनी बिकास कोषको सदस्य सचिवको नियुक्ति बदर गर्न माग

दाङ,९ मंसिर । आन्तरिक प्रतिस्पर्धाको प्रक्रिया तोडिएको र स्थानीय व्यक्तिहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै लुम्बिनी बचाऊ महाअभियानले लुम्बिनी विकास कोषका सदस्य सचिवको हालसालै गरिएको नियुक्ति बदर गर्न माग गरेको छ। अभियानले आइतबार कोषका उपाध्यक्ष ल्याहारक्याल लामालाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको समृद्धि, गरिमा र स्थानीय सहभागिता सुनिश्चित गर्न नियुक्ति तत्काल खारेज गर्न आग्रह गरेको हो। सरकारले गत … Continue reading लुम्बिनी बिकास कोषको सदस्य सचिवको नियुक्ति बदर गर्न माग

थप पढ्नुहोस् »

आयोग समक्ष जेनजी फ्रन्टको तीन बुँदे माग

काठमाडौ,९ मंसिर ।नेपाल जेनजी फ्रन्टले प्रवासी नेपालीहरूलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गर्दै सोमबार निर्वाचन आयोगमा तीन बुँदे मागपत्र बुझाएको छ। फ्रन्टका प्रतिनिधि बिनिता बोगटी, अमृता बनलगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त मागपत्र हस्तान्तरण गरेका हुन्। फ्रन्टले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका लागि दूरवर्ती मतदान (remote voting) प्रणाली वा अन्य उपयुक्त वैकल्पिक … Continue reading आयोग समक्ष जेनजी फ्रन्टको तीन बुँदे माग

थप पढ्नुहोस् »

तुलसीपुरमा सुतेकै स्थानबाट १५ वर्षीय बालक बेपत्ता

दाङ, ८ मंसिर । दाङको तुलसीपुर–९ बेलुवामा सुतेकै स्थानबाट एक १५ वर्षीय बालक बेपत्ता भएका छन्। गएराती करिब ११ बजेतिर शुभम शर्मा अचानक बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। हिजो साँझ खाना खाएर सुतेका शुभम राति बाहिरबाट ढोका लक गरिएको अवस्थामा हराएको बालककी आमा शारदा शर्माले बताइन्। उनका अनुसार शुभम सम्भवतः गेटबाट हाम फालेर घरबाट … Continue reading तुलसीपुरमा सुतेकै स्थानबाट १५ वर्षीय बालक बेपत्ता

थप पढ्नुहोस् »

किशोर–किशोरी झुन्डिएको अवस्थामा मृत फेला

सुर्खेत,८ मंसिर । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा एक किशोर र एक किशोरी एउटै रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। मृतकहरू जुम्लाका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर–१० की १६ वर्षीया दीपिका चौधरी रहेको प्रहरीले जनाएको छ। दुवैजनाको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको र आफन्तहरूले पहिचान गरिसकेको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी … Continue reading किशोर–किशोरी झुन्डिएको अवस्थामा मृत फेला

थप पढ्नुहोस् »

कानुनमै रहेर कर्मचारी नियुक्त गरिएको छ: प्रधानमन्त्रीको सचिवालय

काठमाडौ,८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्ति विषयमा प्रकाशित–प्रसारित समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टिकरण जारी गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री र सचिवालयले पारदर्शिता, मितव्ययिता र जवाफदेहिताका मानकलाई कडाईका साथ पालना गर्दै आएको उल्लेख गरिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार जेनजी आन्दोलनको बलमा बनेको यो … Continue reading कानुनमै रहेर कर्मचारी नियुक्त गरिएको छ: प्रधानमन्त्रीको सचिवालय

थप पढ्नुहोस् »

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौ ,८ मंसिर । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकार गठन भएयता मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै राजीनामा माग गरिएको हो । जेनजी मुभमेन्ट नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको आरोप … Continue reading जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

थप पढ्नुहोस् »

गरिमा बिकास बैंकद्वारा क्याम्पसमा सहयोग प्रदान

दाङ, ८ मंसिर । गरिमा बिकास बैंक घोराही शाखाले क्षेत्रीय कार्यालय कोहलपुर सँगको समन्वयमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्यानीटरी प्याड, भेन्डिङ मेसिन र डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । आइतबार गरिमा बिकास बैंक घोराही शाखाका प्रबन्धक बलदेव धिताल, अपरेशन इञ्चार्ज इश्वरी प्रकाश वली, कर्जा प्रमुख आरती बस्नेत तथा कर्मचारी दिपेश चौधरीले क्याम्पस प्रमुख डा नारायण … Continue reading गरिमा बिकास बैंकद्वारा क्याम्पसमा सहयोग प्रदान

थप पढ्नुहोस् »