समाचार

गोली प्रहार गरी वडाध्यक्षको हत्या

काठमाडौ, २८ कार्तिक। गोली प्रहारबाट धनुषामा वडाध्यक्षको हत्या भएको छ। शुक्रबार मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष ४८ वर्षीय बिन्देश्वर यादवको हत्या भएको हो।   गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेका हुन् । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ ।   अभियुक्त … Continue reading गोली प्रहार गरी वडाध्यक्षको हत्या

थप पढ्नुहोस् »

चारजना चिनियाँ नागरिक अध्यागमनको नियन्त्रणमा

काठमाडौ,२८ कार्तिक । नेपालमा शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुक्रबार नियन्त्रणमा लिएको छ। व्यावसायिक भिसामा नेपाल बसेका एक महिला र तीन पुरुषलाई काठमाडौंको सोह्रखुट्टे, म्हैपीस्थित मिलिजुली चोक (चाइनिज हाउजिङका नामले चिनिने क्षेत्र)बाट पक्राउ गरिएको विभागले बताएको छ। अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनीहरूले व्यावसायिक भिसा लिएको भए पनि आफूहरूको व्यवसाय, … Continue reading चारजना चिनियाँ नागरिक अध्यागमनको नियन्त्रणमा

थप पढ्नुहोस् »

सहयोगको बहानामा विदेशी पर्यटकलाई ठगी गर्ने एकजना पक्राउ

काठमाडौ,२८ कार्तिक । विदेशी पर्यटकलाई ‘यात्रा सहजीकरण’ गर्ने बहानामा अनलाइनमार्फत ठगी गरेको अभियोगमा एक नेपाली नागरिक पक्राउ परेका छन्। साइबर ब्यूरोका अनुसार सुर्खेत बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिञ्जाली, अल्टिट्युड राइडर्स प्रालिका संस्थापक,लाई विदेशमा रहेका पर्यटकसँग ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रोल्पा प्रहरीको … Continue reading सहयोगको बहानामा विदेशी पर्यटकलाई ठगी गर्ने एकजना पक्राउ

थप पढ्नुहोस् »

सर्भरमा देखिएको समस्या तत्काल समाधान गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौ,२८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली सङ्कलनमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनमार्फत मतदाता नाम दर्ता गराउन सकिने व्यवस्था लागू भएलगत्तै बिहीबारदेखि प्रणालीमा अत्यधिक चाप देखिएको थियो । अनलाइन दर्ता प्रक्रियामा एकैपटक धेरै प्रयोगकर्ताबाट रिक्वेस्ट बढेपछि सर्भरमा अवरोध उत्पन्न भएको र सेवा … Continue reading सर्भरमा देखिएको समस्या तत्काल समाधान गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

थप पढ्नुहोस् »

विदेशस्थित नेपालीलाई दूतावासमार्फत मतदान गराउने अध्यादेश तयारी

काठमाडौ,२८ कार्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्न अध्यादेश जारी गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको प्रस्तावित अध्यादेशमा विदेशस्थित नेपाली दूतावासमार्फत नै मतदानको सम्पूर्ण प्रक्रिया सञ्चालन गरिने व्यवस्था गरिएको छ। अध्यादेशका अनुसार दूतावासमा मतदानका लागि आवश्यक सम्पूर्ण कार्य(नामावली संकलन, विवरण जाँच, मतदान र मतगणनासम्म) दूतावासमै हुनेछन्। निर्वाचन आयोगले नेपाल … Continue reading विदेशस्थित नेपालीलाई दूतावासमार्फत मतदान गराउने अध्यादेश तयारी

थप पढ्नुहोस् »

नयाँ भूकम्प प्रतिरोधी भवन संहिता लागू

काठमाडौ,२८ कार्तिक । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ सुरक्षित र प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता ९कोड० परिमार्जन गरी कार्यान्वयनमा ल्याएको छ। पुरानो संहितामा रहेका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मानकसँग नमेल खाने विधि, जटिल गणनापद्धति र अनावश्यक रूपमा निर्माण लागत बढाउने व्यवस्थालाई सुधारेर नयाँ संहिता लागू गरिएको हो। परिमार्जित कोड बिहीबार राजपत्रमा प्रकाशित गरिएसँगै लागू भएको … Continue reading नयाँ भूकम्प प्रतिरोधी भवन संहिता लागू

थप पढ्नुहोस् »

सन्तोष परियारले त्यागे रास्वपाः ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुँदै

काठमाडौ,२८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेको सार्वजनिक गरेका छन्। उनले नयाँ राजनीतिक अभियानमा प्रवेश गर्न लागेको कारण रास्वपा छाडेको बताएका हुन् । रास्वपाका तत्कालीन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुने बताइएको छ। यसअघि नै रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिसकेकी छन्। … Continue reading सन्तोष परियारले त्यागे रास्वपाः ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सहभागी हुँदै

थप पढ्नुहोस् »

प्रदेश सरकारको मुख्यालय अगाडि सात दलको धर्ना

काठमाडौ,२८ कार्तिक । मधेश प्रदेशमा संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको आरोपमा सात दलका नेता तथा कार्यकर्ताले शुक्रबार पनि मधेश भवन अगाडि धर्ना जारी राखेका छन् । संविधानको धारा १६८ (३) विपरीत एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरी बर्दिबासस्थित एक होटलमा शपथ गराएको भन्दै सात दल सडकमा निरन्तर … Continue reading प्रदेश सरकारको मुख्यालय अगाडि सात दलको धर्ना

थप पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४ श्रेणीमा वर्गीकरण

काठमाडौ,२८ कार्तिक । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई चार प्रकारका श्रेणीमा वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गठित प्राविधिक समितिले घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी वर्गीकरण गरेको हो। मन्त्रालयले गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन … Continue reading ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४ श्रेणीमा वर्गीकरण

थप पढ्नुहोस् »

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता खुला

काठमाडौ,२८ कार्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। आयोगले शुक्रबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै दुवै तहका चुनावका लागि दल दर्ता आवेदन लिन सुरु भएको जानकारी दिएको हो। आयोगका अनुसार ,प्रतिनिधि सभाको दल दर्ता मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय … Continue reading प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता खुला

थप पढ्नुहोस् »