समाचार

लुम्बिनीको हिउँदे अधिवेशन मंसिर ८ मा

दाङ,२५ कार्तिक । लुम्बिनी प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आगामी मंसिर ८ गते सोमबार बस्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को निर्णयपछि अधिवेशनका लागि सिफारिस पठाइनेछ। … Continue reading लुम्बिनीको हिउँदे अधिवेशन मंसिर ८ मा

थप पढ्नुहोस् »

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौ,२५ कार्तिक । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको हो । उनीमाथि क्यानडा पठाइदिन्छु भन्दै एक पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप लागेको छ। पीडितको उजुरीका आधारमा … Continue reading क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

थप पढ्नुहोस् »

तीन दिनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौ,२५ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा पुनः सुरु भएको छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन स्थगित गरिएको बैठक आजबाट पुनः बसेको हो। गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको भूमिका र आगामी रणनीति … Continue reading तीन दिनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

थप पढ्नुहोस् »

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा

काठमाडौ,२५ कार्तिक । सरकारले १४ उपसचिव र २४ शाखा अधिकृत गरी कुल ३८ जना कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारका निर्णय अनुसार यो सरुवा गरेको हो। मन्त्रालयका अनुसार सरुवामा परेका मध्ये १७ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यसरी गरिएको सरुवामार्फत प्रशासनिक संरचनामा कार्यक्षमता … Continue reading १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा

थप पढ्नुहोस् »

राष्ट्रपतिद्वारा मधेस प्रदेश प्रमुख पदमुक्त

काठमाडौ,२५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोप लागेपछि सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको … Continue reading राष्ट्रपतिद्वारा मधेस प्रदेश प्रमुख पदमुक्त

थप पढ्नुहोस् »

कारागारबाट छुटेकै दिन श्रीमतीको हत्या

पर्वत,२५ कार्तिक । पर्वतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक पुरुषले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। ५१ वर्षीय जीतबहादुर विकले सोमबार राति ५२ वर्षीया श्रीमती सीता विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। कुटपिटबाट बेहोस भएकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत … Continue reading कारागारबाट छुटेकै दिन श्रीमतीको हत्या

थप पढ्नुहोस् »

प्रहरी महानिरीक्षकमा कार्की नियुक्त

काठमाडौ,२४ कार्तिक । नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। एआईजी दानबहादुर कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि २६ कात्तिक राति १२ बजेबाट … Continue reading प्रहरी महानिरीक्षकमा कार्की नियुक्त

थप पढ्नुहोस् »

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रणमा

दाङ,२४ कार्तिक । दाङले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुई ट्याक्टर नियन्त्रणमा लिएको छ। दाङको गढवा गाउँपालिका–४ पर्सिया स्थित राप्ती खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन गरी ल्याउँदै गरेका दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गढवाले रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका ट्याक्टरहरू नियन्त्रणमा लिएर … Continue reading अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रणमा

थप पढ्नुहोस् »

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

काठमाडौ,२४ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आइतबार हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी रहेका छन् । प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार वन क्षेत्रबाट राजमार्गमा निस्किएको जङ्गली हात्तीले ना ४ ख १८३० नम्बरको ट्रकका चालक चौधरीलाई आक्रमण गरेको थियो । ज्यान … Continue reading हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

थप पढ्नुहोस् »

कांग्रेस निर्वाचनमा सहभागी हुन्छ: सिंह

काठमाडौ,२४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र अहिले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन् । सोमबार शोभाभगवतीमा गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले जनतासामु जान निर्वाचन नै सही बाटो हुने बताए । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, … Continue reading कांग्रेस निर्वाचनमा सहभागी हुन्छ: सिंह

थप पढ्नुहोस् »