समाचार

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहित घोषणा गरिने

काठमाडौ,१७ कार्तिक। सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने भएको छ। जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनले थपका बारेमा अध्ययन भइरहेको बताए।

थप पढ्नुहोस् »

हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका छन् भने केही बेपत्ता रहेका छन्। सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट खसेको लेदो पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा … Continue reading हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता

थप पढ्नुहोस् »

मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

काठमाडौ ,१७ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन्। हाल घिसिङले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन … Continue reading मन्त्रीबाट राजिनामा दिने तयारीमा कुलमान

थप पढ्नुहोस् »

प्रहरीका पाँचजना डीआइजीमा बढुवा

काठमाडौँ १७ कार्तिकनेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ। बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई डीआईजीमा पदोन्नति गरिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले डीआईजीमा बढुवा भएका छन्। गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले … Continue reading प्रहरीका पाँचजना डीआइजीमा बढुवा

थप पढ्नुहोस् »

स्रोत नखुलेको २३ लाख र इलेक्ट्रोनिक सामान सहित दुई जना पक्राउ

काठमाडौ,१७ कार्तिक । प्रहरीले स्रोत नखुलेको रकम र इलेक्ट्रोनिक सामानसहित दुईजनालाई पक्राउ गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–कदमाहा सडक खण्डमा प्रहरीले स्रोत नखुलेको नगद, गाडी र विभिन्न इलेक्ट्रोनिक सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आइतबार राति करिब ८ः५० बजे कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ … Continue reading स्रोत नखुलेको २३ लाख र इलेक्ट्रोनिक सामान सहित दुई जना पक्राउ

थप पढ्नुहोस् »

छोराले गरे बाबुको हत्या

काठमाडौ,१७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेको घटना सार्वजनिक भएको छ। हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईलाई उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। आइतबार बिहान करिब १०ः३० बजे घरदेखि करिब ५०० मिटर टाढा रहेको करेसाबारीमा युवराजको शव फेला परेको थियो। शरीरका … Continue reading छोराले गरे बाबुको हत्या

थप पढ्नुहोस् »

स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

सल्यान,१७ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्। दुई स्थानमा आयोजना गरिएको शिविरमा २५७ जना महिला र १५५ जना पुरुष सहभागी भएको दार्मा गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा शनिबार वडा नं. ३ र आइतबार वडा नं. ५ मा स्वास्थ्य शिविर … Continue reading स्वास्थ्य शिविरमा दार्माका ४१२ जनाले लिए सेवा

थप पढ्नुहोस् »

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौ,१७ कार्तिक। राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’मा सहभागी हुन प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्हाल्ने भएका छन्। नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत … Continue reading राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

थप पढ्नुहोस् »

बस र ट्रक ठोकिँदा भारतमा १९ जनाको मृत्यु

काठमाडौ,१७ कार्तिक। भारत तेलंगानाको रंगारेड्डीमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। साइबराबाद कमिश्नरेटका एक प्रहरी अधिकारीले सन्चारमाध्यमलाई मृत्युको पुष्टि गरेका छन्। सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो। समाचार एजेन्सी एएनआईका अनुसार तेलंगाना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस ट्रकसँग ठोक्किएको छ। तेलंगानाका मुख्यमन्त्री कार्यालयले सामाजिक सञ्जाल पोस्टमा … Continue reading बस र ट्रक ठोकिँदा भारतमा १९ जनाको मृत्यु

थप पढ्नुहोस् »

११ राजदुत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौ,१६ कार्तिक। सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो निर्णयको अन्तिम आदेश नआएसम्म राजदूतहरूलाई फिर्ता नगर्न भनेको हो। ‘सरकारले कार्यसम्पादन मूल्याङ्कन नगरी फिर्ता बोलाउने निर्णय गरेको छ, जबकि कानुनअनुसार राजदूतको कार्यसम्पादन मूल्याङ्कन गरिएको … Continue reading ११ राजदुत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

थप पढ्नुहोस् »