समाचार

कारागारबाट फरार कैदीको नवलपरासीमा हत्या

चितवन,८ कार्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ। गैंडाकोट नगरपालिका–१ इँटाभट्टा नजिक कात्तिक ६ गते राति कालिका नगरपालिका–४ पदमपुर निवासी २८ वर्षीय नारायण कुमाललाई स्थानीय युवाहरूको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका … Continue reading कारागारबाट फरार कैदीको नवलपरासीमा हत्या

थप पढ्नुहोस् »

शारदा नदी किनारमा महिलाको शव फेला

सल्यान,८ कार्तिक । सल्यानको शारदा नदी किनारमा एक महिलाको शव फेला परेको छ । सल्यानको शारदा नगरपालिका–१२ गाईनेट नजिक शारदा नदीको किनारमा एक अज्ञात महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० डा। हेमबहादुर केसीका अनुसार महिलाको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो। शवको शरीरको आधा भागमा कपडा … Continue reading शारदा नदी किनारमा महिलाको शव फेला

थप पढ्नुहोस् »

बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

बाँके,८ कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको शुक्रबार दिउँसो स्थानीय रिम्ना सामुदायिक वनमा बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीले जानकारी दिए। शुक्रबार बेलुकीसम्म घर नफर्किएपछि शनिबार बिहान स्थानीयवासी र प्रहरी टोलीले खोजी … Continue reading बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

थप पढ्नुहोस् »

लेक लागेर एकजनाको मृत्यु

मनाङ,८ कार्तिक । पर्यटकको सामग्री बोकेर फर्कने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ ।मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा शनिबार उनको मृत्यु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार मृत्यु हुनेमा लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । काङला फेदी (करिब ४,५००) बाट पर्यटकको सामान बोकेर फर्कने … Continue reading लेक लागेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

सामान्य विवादपछि चक्कु प्रहार, एक जनाको मृत्यु

कास्की,८ कार्तिक । पोखरामा सामान्य विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। पोखरा–५ प्रस्याङस्थित एक रेस्टुरेन्टमा रक्सी पिउँदै गरेका बेला विवाद भएपछि भएको चक्कु प्रहारबाट स्थानीय ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको हो। उनलाई चक्कु प्रहार गर्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले … Continue reading सामान्य विवादपछि चक्कु प्रहार, एक जनाको मृत्यु

थप पढ्नुहोस् »

जीप दुर्घटना हुँदा ९ जना घाइते

अर्घाखाँची ,८ कार्तिक । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। छत्रदेव गाउँपालिका–७ ढिकुराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको जीप छत्रदेव गाउँपालिका–५ दोहोरो चौपारीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार घाइते ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको … Continue reading जीप दुर्घटना हुँदा ९ जना घाइते

थप पढ्नुहोस् »

माइतीघरबाट ५० प्रदर्शनकारी पक्राउ

काठमाडौ,८ कार्तिक । स्थानीय प्रशासनको अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रदर्शनकारीलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले जेनजी युनाइटेडका सदस्यलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित झडपको जोखिम देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये … Continue reading माइतीघरबाट ५० प्रदर्शनकारी पक्राउ

थप पढ्नुहोस् »

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन

दाङ,७ कार्तिक । अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन भएको छ।भोलि पुनः छलफल गर्ने सहमतिपछि झण्डै दुई घण्टा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार, मृतकका आफन्त र प्रशासनबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । बस चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र … Continue reading अवरुद्ध पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालन

थप पढ्नुहोस् »

रुकुम पश्चिममा जीप दुर्घटना : ७ जनाको मृत्यु (नामावली सहित)

दाङ,७ कार्तिक ।रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जीप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । मृत्यु … Continue reading रुकुम पश्चिममा जीप दुर्घटना : ७ जनाको मृत्यु (नामावली सहित)

थप पढ्नुहोस् »

नेपाली महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौ,५ कार्तिक । भारतमा आयोजना हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ। भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एक मैत्रीपूर्ण खेल पनि खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। त्रिदेशीय … Continue reading नेपाली महिला फुटबल टोली भारत प्रस्थान

थप पढ्नुहोस् »