समाचार

आज नेपाल सम्वत् ११४६ देशभर मनाइँदै

काठमाडौ,५ कार्तिक। नेपाल सम्वत् ११४६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेवार समुदायका लागि यो सम्वत् नयाँ वर्षको रूपमा मनाइने विशेष पर्व हो। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ( ई।सं। ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए। त्यसै दिवसको सम्झनामा हरेक वर्ष यो सम्वत् उल्लासपूर्वक मनाइन्छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति … Continue reading आज नेपाल सम्वत् ११४६ देशभर मनाइँदै

थप पढ्नुहोस् »

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

हेटौँडा, ५ कार्तिक । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ। ३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ (विजय तामाङ) लाई पक्राउ गरेको हो। २०७४ साउन ११ गते जिल्ला अदालत सिन्धुपाल्चोकले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको सजाय सुनाएपछि तामाङ फरार रहेका … Continue reading जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

थप पढ्नुहोस् »

गुडिरहेको यात्रुबाहक बसमा आगलागी

काठमाडौ,५ कार्तिक । रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान करिब सवा सात बजे बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। काठमाडौँबाट तिहार मनाउन यात्रु लिएर चन्द्रपुरतर्फ आइरहेको बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको … Continue reading गुडिरहेको यात्रुबाहक बसमा आगलागी

थप पढ्नुहोस् »

जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौ,४ कार्तिक ।जापानले इतिहास रचेको छ । देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा चयन गरेको हो। जापानको सबैभन्दा ठूलो दल एलडीपीले जापान इन्नोभेसन पार्टीसँग गठबन्धन गरी नयाँ सरकार गठन गर्न लागेको छ। ६४ वर्षीया टाकाची एक महिनाअघि … Continue reading जापानको पहिलो महिला प्रधानमन्त्री

थप पढ्नुहोस् »

एकै परिवारका चार जनामाथि हतियार प्रहार

सिरहा,३ कार्तिक । सिरहाको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एकै परिवारमाथि सामूहिक आक्रमण हुँदा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन्। गम्भीर घाइते रीता यादवलाई उपचारका लागि … Continue reading एकै परिवारका चार जनामाथि हतियार प्रहार

थप पढ्नुहोस् »

लागूऔषध कारोबारमा संलग्न सात जना पक्राउ

काठमाडौ,३ कार्तिक ।सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाका धरान, इनरुवा र रामधुनी क्षेत्रमा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी योगराज खतिवडाका अनुसार आइतबार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा … Continue reading लागूऔषध कारोबारमा संलग्न सात जना पक्राउ

थप पढ्नुहोस् »

२ वर्ष १३ दिनपछि नेपाल आइपुग्यो विपिनको शव

काठमाडौं,३ कार्तिक । इजरायलमा २ वर्ष १३ दिनअघि हमासले अपहरण गरेका नेपाली युवक विपिन जोशीको शव अन्ततः स्वदेश आइपुगेको छ। फ्लाइ दुबईको विमानमार्फत जोशीको शवको अवशेष सोमबार नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार शव बोकेको विमान केही समयअघि काठमाडौं अवतरण गरेको छ। विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको … Continue reading २ वर्ष १३ दिनपछि नेपाल आइपुग्यो विपिनको शव

थप पढ्नुहोस् »

गंगाले दिइन् सचिवालयबाट राजिनामा

काठमाडौ,३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्। गंगाले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामाको जानकारी गराएकी हुन्। उनले आफू पार्टीकी जिम्मेवार कार्यकर्ता भएर निरन्तर सक्रिय रहने बताएकी छन्। उनका अनुसार पछिल्लो समय आफूलाई देखाएर बुबा प्रचण्ड र माओवादी केन्द्रविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेकाले सचिवालयको … Continue reading गंगाले दिइन् सचिवालयबाट राजिनामा

थप पढ्नुहोस् »

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि १७ निवेदन: ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगको सुझाव

काठमाडौ,३ कार्तिक । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने राजनीतिक समूहहरूको संख्या १७ पुगेको छ। आयोगका अनुसार सबै १७ दल दर्ताको प्रक्रियामा रहेका छन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जेनजी आन्दोलन अघि १० वटा दलले दर्ताका लागि निवेदन दिएका थिए भने आन्दोलनपछि थप सात दलले निवेदन दिएका हुन्। उनका अनुसार ती … Continue reading निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि १७ निवेदन: ‘क्रस खुकुरी’ चिन्ह फेर्न आयोगको सुझाव

थप पढ्नुहोस् »

‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन: ‘क्रस खुकुरी’ चुनाव चिन्ह प्रस्ताव

काठमाडौ,३ कार्तिक । ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ नामको नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। दलको चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। हीराप्रसाद सेती (किरण विक) अध्यक्ष रहेको उक्त दलले प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको उल्लेख गरेको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहने बताइएको छ। दलको नेतृत्वमा … Continue reading ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन: ‘क्रस खुकुरी’ चुनाव चिन्ह प्रस्ताव

थप पढ्नुहोस् »