समाचार

बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनको राजीनामा

काठमाडौ,८ साउन ।बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । उनले गम्भीर स्वास्थ्य समस्याका कारण पद त्यागेको उनको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि शाहबुद्दिनले राजीनामा दिएको उल्लेख गरिएको छ। शाहबुद्दिन हसिनाका पूर्वसहयोगीसमेत रहेका उनले सन् २०२३ अप्रिलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका हुन् … Continue reading बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनको राजीनामा

थप पढ्नुहोस् »

मध्यपूर्वमा तनाव: मे महिनायता पहिलो पटक कच्चा तेलको मुल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौं, ८ साउन। मध्यपूर्वमा बढेको भूराजनीतिक द्वन्द्व र आपूर्ति शृङ्खलामा देखिएको गम्भीर अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। मे महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ। ​अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीलाई तीव्रता दिएसँगै बिहीबार मात्रै तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको हो। … Continue reading मध्यपूर्वमा तनाव: मे महिनायता पहिलो पटक कच्चा तेलको मुल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

थप पढ्नुहोस् »

सुनको मूल्यमा भारी गिरावट: एकैदिनमा ५ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं, ८ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८०० रुपैयाँले घटेको हो। आजका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ … Continue reading सुनको मूल्यमा भारी गिरावट: एकैदिनमा ५ हजार ८०० रुपैयाँले घट्यो

थप पढ्नुहोस् »

स्थानीय तहमा भूमि बैंक सञ्चालन गरीने

दाङ,७ साउन। सरकारले स्थानीय तहमा भूमि बैँक सञ्चालनमा ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रयोगविहीन तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक बनाउन देशभर भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढाएको छ। भूमि उपयोग ऐन, २०७६ र नियमावली, २०७९ अनुसार स्थानीय तहमार्फत यस्ता जग्गा उपयोगमा ल्याइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। … Continue reading स्थानीय तहमा भूमि बैंक सञ्चालन गरीने

थप पढ्नुहोस् »

जिप्रका सल्यान कार्यसम्पादनमा देशकै उत्कृष्ट

दाङ,७ साउन । जिल्ला प्रहरी कार्यालय सल्यान कार्यसम्पादन मूल्यांकनमा देशभरकै उत्कृष्ट बनेको छ । देशभरका ‘घ’ वर्गका २५ जिल्ला प्रहरी कार्यालयमध्ये मासिक कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा पुगेको हो। केही महिनाअघि १९औँ स्थानमा रहेको कार्यालयले निरन्तर सुधार गर्दै जेठमा दोस्रो र असारमा सर्वाधिक अंकसहित शीर्ष स्थान हासिल गरेको हो। सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार … Continue reading जिप्रका सल्यान कार्यसम्पादनमा देशकै उत्कृष्ट

थप पढ्नुहोस् »

तीन स्वास्थ्य ऐन संशोधनमा सुझाव आह्वान

काठमाडौ,७ साउन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यसम्बन्धी तीन महत्वपूर्ण ऐन संशोधनका मस्यौदा सार्वजनिक गर्दै साउन १२ भित्र सुझाव मागेको छ। प्रस्तावित संशोधनमा स्तनपान प्रवर्द्धनलाई कडाइ गर्ने, आमाको दूधको विकल्पको विज्ञापन नियन्त्रण गर्ने र उल्लङ्घनमा कारबाही कडा बनाउने व्यवस्था समेटिएको छ। यस्तै, स्वास्थ्यकर्मी र अध्ययनरत विद्यार्थीको सुरक्षालाई कानुनी दायरामा ल्याउँदै स्वास्थ्य संस्थामा हुने हिंसा र … Continue reading तीन स्वास्थ्य ऐन संशोधनमा सुझाव आह्वान

थप पढ्नुहोस् »

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

दाङ,७ साउन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का साथै कोशी प्रदेश र बागमती प्रदेश का पहाडी तथा हिमाली भागमा सामान्य बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। दिउँसो पहाडी र तराई … Continue reading पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

थप पढ्नुहोस् »

३० हजार टन युरिया मल कोलकाता आइपुग्यो

काठमाडौ,६ साउन। नेपालका लागि ३० हजार टन युरिया मल बोकेको तेस्रो पानीजहाज भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार निरन्तर वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन प्रभावित हुँदा सोमबार नेपाल आइपुग्नुपर्ने १ हजार २५० टन युरिया मल अब बुधबार आइपुग्ने भएको छ। साथै २ हजार ५०० टन डीएपी मल बोकेको अर्को … Continue reading ३० हजार टन युरिया मल कोलकाता आइपुग्यो

थप पढ्नुहोस् »

बाढीमा फसेका ४ जनाको उद्धार, एकजना बेपत्ता

काठमाडौ,६ साउन। दोलखामा बाढीमा फसेका चारजनाको उद्धार गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका–९ मा आएको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको हो भने एक जना अझै बेपत्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बाढीका कारण जोखिमपूर्ण स्थानमा अड्किएका चार जनालाई आज बिहान स्थानीयको पहलमा उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरू सिप्रिङ खोला जलविद्युत … Continue reading बाढीमा फसेका ४ जनाको उद्धार, एकजना बेपत्ता

थप पढ्नुहोस् »

आज बीपी स्मृति दिवस

दाङ,६ साउन। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेस का संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो। उनले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको विकासमा पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा … Continue reading आज बीपी स्मृति दिवस

थप पढ्नुहोस् »