समाचार

बाढीमा परेर २३ जनाको मृत्युःसयौँ बेपत्ता

काठमाडौ,६ साउन। अफगानिस्तानमा बाडीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटिरहेका छन्। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ले सोमबार … Continue reading बाढीमा परेर २३ जनाको मृत्युःसयौँ बेपत्ता

थप पढ्नुहोस् »

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज

काठमाडौ,५ साउन । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गरेको छ। बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको उक्त कर हालका लागि लागू नगर्ने निर्णय गरिएको जानकारी गराएका छन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँगको परामर्शपछि आमनागरिकमा पर्ने अतिरिक्त आर्थिक भारलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको … Continue reading शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज

थप पढ्नुहोस् »

दाङमा २ अर्बभन्दा बढी विकास बजेट फिर्ता

दाङ,५ साउन । बजेट विनियोजन भए पनि खर्च हुन नसकी फिर्ता हुने प्रवृत्ति दाङमा बितेको आर्थिक वर्षमा पनि दोहोरिएको छ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब ८ करोड २८ लाख ४० हजार २९० रुपैयाँ विकास बजेट खर्च हुन नसकी फिर्ता भएको छ। जुन कुल विकास बजेटको २५.५४ प्रतिशत हो। … Continue reading दाङमा २ अर्बभन्दा बढी विकास बजेट फिर्ता

थप पढ्नुहोस् »

कारभित्र जलेको अवस्थामा एक व्यक्ति फेला

काठमाडौ,५ साउन। कीर्तिपुरको चाँदनीचोक क्षेत्रमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कारसहित जलेको अवस्थामा ती व्यक्तिको शव भेटिएको हो। घटनाबारे विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा पवन भट्टराई को नेतृत्वमा प्रहरी टोली पुगेको छ। प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको … Continue reading कारभित्र जलेको अवस्थामा एक व्यक्ति फेला

थप पढ्नुहोस् »

सल्यानमा ६ नाल अवैध भरुवा बन्दुक फेला

दाङ,५ साउन । जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न स्थानका सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट चार नाल र छत्रेश्वरी गाउँपालिका–१ को जुगेखोला सामुदायिक वनबाट दुई नाल गरी जम्मा छ वटा भरुवा बन्दुक फेला पारिएको हो। सूचना अधिकारी तथा … Continue reading सल्यानमा ६ नाल अवैध भरुवा बन्दुक फेला

थप पढ्नुहोस् »

यातायात कार्यालय बांकेका सबै सेवा हप्ता दिनसम्म ठप्प

दाङ,५ साउन। यातायात व्यवस्था कार्यालय बाँकेको सबै सेवा एकसाता सम्मका लागि सबै सेवा ठप्प भएको छ। कार्यालयले डाटाबेस माइग्रेसन र नयाँ दररेट प्रणाली प्रविष्टि तथा मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो। कार्यालयले आइतबार सूचना जारी गर्दै यातायातसम्बन्धी सेवा प्रणालीलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले डाटाबेस … Continue reading यातायात कार्यालय बांकेका सबै सेवा हप्ता दिनसम्म ठप्प

थप पढ्नुहोस् »

हराएका १४ महिला सकुशल घर फर्किए

काठमाडौ,४ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र आइतबारदेखि सम्पर्कविहीन भएका १४ जना महिला सकुशल घर फर्किएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। तर खोजीका क्रममा ड्रोन प्रयोग गर्ने तयारी भइरहेकै बेला महिलाहरू आज दिउँसो आफैँ सम्पर्कमा आएका हुन्। प्रमुख … Continue reading हराएका १४ महिला सकुशल घर फर्किए

थप पढ्नुहोस् »

महिला आयआर्जनमा जोडिनुपर्छ : पूर्वमुख्यमन्त्री चौधरी

दाङ, ४ साउन। दाङको तुलसीपुरमा महिलासँग आयआर्जन र आर्थिक विकासका विषयमा तुलसीपुर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विभिन्न समुदायका महिला समूह तथा विपन्न लक्षित थारु महिलासँग अन्तरक्रिया कार्यक्रम भएको हो। बेस संस्थाको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्य एवम् डोम च्यारिटी र फेमिली फाउन्डेसनको सहयोगमा कार्यक्रम गरिएको हो। विपन्न महिला तथा महिला समूहलाई … Continue reading महिला आयआर्जनमा जोडिनुपर्छ : पूर्वमुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

बजेट कार्यान्वयनका विषयमा छलफल

काठमाडौ,४ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनका विषयमा सचीवहरुसंग छलफल गरेका छन् । अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय छलफल सुरु गरेका हुन् । बैठकमा बजेट कार्यान्वयनसँग सम्बन्धित प्रमुख मन्त्रालयका सचिवहरू सहभागी छन्। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भइरहेको उक्त बैठकमा राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव … Continue reading बजेट कार्यान्वयनका विषयमा छलफल

थप पढ्नुहोस् »

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन, ३ जनाको सकुशल उद्दार

कञ्चनपुर,४ साउन ।कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको नेतृत्वमा खटिएको टोलीले आज बिहान जंगल क्षेत्रमा बेल्डाडी गाउँपालिका-२ का लक्ष्मी थापामगर, सीता चौधरी … Continue reading च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन, ३ जनाको सकुशल उद्दार

थप पढ्नुहोस् »