समाचार

दाङमा श्रमिकका लागि नयाँ दररेट सार्वजनिक

दाङ २ साउन। दाङमा श्रमिकका लागि नयाँ जिल्ला दररेट सार्वजनिक भएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि नयाँ जिल्ला दररेट सार्वजनिक गरिएको हो। जिल्ला दररेट निर्धारण समिति दाङको बैठकले श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा परिमार्जन गर्दै नयाँ दररेट स्वीकृत गरेको हो। समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार असार … Continue reading दाङमा श्रमिकका लागि नयाँ दररेट सार्वजनिक

थप पढ्नुहोस् »

कमैया मुक्ति दिवसमा चौधरीको शुभकामना:फेरि दासताको चक्रमा फर्किन नपरोस्

दाङ साउन २। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३६ हजार मुक्त कमैया परिवारका लाखौँ सदस्यहरूको पूर्ण पुनर्स्थापना र उचित व्यवस्थापन हुन नसकेको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। २६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अहिलेसम्म पनि उस्तै नै रहेको भन्दै यसतर्फ राज्यको ध्यानाकर्षण पनि गरेका छन्। नेपालमा कमैया मुक्ति आन्दोलनका अगुवासमेत रहेका चौधरीले कमैया … Continue reading कमैया मुक्ति दिवसमा चौधरीको शुभकामना:फेरि दासताको चक्रमा फर्किन नपरोस्

थप पढ्नुहोस् »

दाङसहित विभिन्न जिल्लामा एनसेलको थ्रीजी सेवा बन्द

दाङ,२ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेलले सेवा स्तरोन्नति गर्ने योजनाअनुसार दाङसहित विभिन्न जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गरेको छ। कम्पनीले असार २९ गते सोमबारदेखि चरणबद्ध रूपमा थ्रीजी सेवा हटाउँदै फोरजी र ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधि विस्तारमा जोड दिएको जनाएको छ। कम्पनीका अनुसार नयाँ प्रविधि अपनाउँदै फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने … Continue reading दाङसहित विभिन्न जिल्लामा एनसेलको थ्रीजी सेवा बन्द

थप पढ्नुहोस् »

पहिरोमा पुरिएर एकजना बेपत्ता

रोल्पा,२ साउन। रोल्पामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन्। जिल्लाको परिवर्तन गाउँपालिका -४ पाछावाङ सल्लाबोटका अन्दाजी ५७ वर्षीय देउप्रसाद घर्ती पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ। गएराति परेको निरन्तर वर्षापछि वडा नम्बर ४ कै सिरवारी क्षेत्रमा हिँडिरहेको अवस्थामा घर्तीलाई अचानक खसेको पहिरोले पुरेको हो। घटनाको जानकारी शनिबार बिहान इलाका प्रहरी कार्यालय पाछावाङ रोल्पामा प्राप्त … Continue reading पहिरोमा पुरिएर एकजना बेपत्ता

थप पढ्नुहोस् »

जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

दाङ,२साउन। जिप दुर्घटना हुँदा डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् ।जिल्लाको अमरगढी नगरपालिका-०७ खस्रेखानस्थित धनगढी-दार्चुला पक्की सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १८५० नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का २० वर्षीय … Continue reading जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

थप पढ्नुहोस् »

खरानी बाट उठेर ६८ प्रतिशत मुद्दा फर्छ्यौट

दाङ,२ साउन। उच्च अदालत तुलसीपुर दाङले ६८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ। जेनजी आन्दोलनले ध्वस्त बनाएको अदालत खरानीबाट उठेर मुद्दाहरु फर्छ्यौट गर्न सफल भएको उच्च अदालतको भनाइ छ । आगजनीका कारण पूर्णरुपमा ध्वस्त बनेको उच्च अदालत तुलसीपुरले पूर्वाधारविहिन अवस्थामै न्यायीक सेवालाई निरन्तरता दिँदै आएको र लक्ष्य अनुसार कार्यसम्पादन गरेको बताएको छ । गत भदौ … Continue reading खरानी बाट उठेर ६८ प्रतिशत मुद्दा फर्छ्यौट

थप पढ्नुहोस् »

शेरबहादुर देउवा घाइते

काठमाडौ,१ साउन। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा घाइते भएका छन् । उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका उनी बाथरुममा लडेर घाइते भएका हुन्। उनको दायाँ हात भाँचिएको जनाइएको छ। देउवानिकट स्रोतका अनुसार उपचारपछि उनलाई हङकङस्थित स्थानीय अस्पतालबाट डिस्चार्ज गरिएको छ। देउवा केही समयदेखि हङकङमा बस्दै आएका छन्। थप उपचारका लागि उनी २०८२ चैत ७ … Continue reading शेरबहादुर देउवा घाइते

थप पढ्नुहोस् »

सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौ, १ साउन । संघीय संसद् सचिवालयले सांसदहरूलाई आर्थिक वर्ष २०८२/०८३ को अद्यावधिक सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। शुक्रबार जारी सूचनामा सांसदहरूले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरी पेश गर्नुपर्ने उल्लेख छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को … Continue reading सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

थप पढ्नुहोस् »

लुम्बिनीमा कांग्रेसका मन्त्री तत्काल नहट्ने

दाङ ,१ साउन। केन्द्रीय तहमा सत्ता सहकार्य अन्त्य गर्ने निर्णय भए पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले तत्काल सरकारबाट बाहिरिने सम्भावना नरहेको स्पष्ट पार्दै केन्द्रबाट आउने थप राजनीतिक निर्देशन र अन्य प्रदेशको अवस्थालाई हेरेर मात्रै निर्णय लिइने बताए। यसअघि दाङमा कांग्रेस … Continue reading लुम्बिनीमा कांग्रेसका मन्त्री तत्काल नहट्ने

थप पढ्नुहोस् »

लाइसेन्सका लागि अब अनलाइनबाटै राजस्व तिर्न मिल्ने

दाङ,१ साउन। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानी सुविधा थपेको हो। विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार यसअघि सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था थियो। अब भने … Continue reading लाइसेन्सका लागि अब अनलाइनबाटै राजस्व तिर्न मिल्ने

थप पढ्नुहोस् »