समाचार

डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी

काठमाडौ,१ साउन । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन्। शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले आफ्ना तीनबुँदे मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका हुन्। यसअघि … Continue reading डा. केसीले दिए तीनबुँदे माग राख्दै अनसन बस्ने चेतावनी

थप पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो

दाङ,१ साउन। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले घट्दै २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी … Continue reading सुनचाँदीको मूल्य घट्यो

थप पढ्नुहोस् »

तुलसीपुरमा कुलोमा डुबेर बालकको मृत्यु

दाङ,१ साउन। तुलसीपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैँमा कुलोमा डुबेर स्थानीय विश्व रिजालका २ वर्षीय छोरा सौरब रिजालको बिहीबार दिउँसो ज्यान गएको हो। दिउँसो करिब साढे ४ बजेतिर घर नजिकै खेल्ने क्रममा बालक कुलोमा खसेका थिए। उनलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइए पनि … Continue reading तुलसीपुरमा कुलोमा डुबेर बालकको मृत्यु

थप पढ्नुहोस् »

मानव बेचविखन मुद्दामा तुलसीपुरका एक दम्पतीलाई ३० वर्ष कैद सजाय

दाङ,१ साउन । २२ वर्षीय महिलालाई भारत लगेर बेचविखन गरेको अभियोगमा जिल्ला अदालत दाङले तुलसीपुरका एक दम्पतीसहित तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ। अदालतले तुलसीपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजेश नेपाली र उनकी पत्नी ३५ वर्षीया राधा पाण्डेलाई जनही ३० वर्ष कैद सजाय तोकेको हो। जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिहीबार गरेको … Continue reading मानव बेचविखन मुद्दामा तुलसीपुरका एक दम्पतीलाई ३० वर्ष कैद सजाय

थप पढ्नुहोस् »

मधेशमा कांग्रेस नेतृत्वको सरकार यथावत रहने

काठमाडौ,३२ असार । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार यथावत् रहने संकेत देखिएको छ।अन्य प्रदेशमा सत्ता समीकरण फेरबदलको चर्चा चलिरहे पनि मधेसमा भने सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले वर्तमान गठबन्धनलाई निरन्तरता दिनेमा सहमति जनाएको बताएका हुन् । मधेश प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार सञ्चालनमा छ। कांग्रेस, नेकपा एमाले र नेकपाबीचको गठबन्धनमा आधारित यो सरकारलाई … Continue reading मधेशमा कांग्रेस नेतृत्वको सरकार यथावत रहने

थप पढ्नुहोस् »

सांसद स्वकीय सचिव राख्न पाउने

काठमाडौ,३२ असार । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्रिपरिषद् बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गर्दै उक्त व्यवस्था पुनर्बहाली गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पेस गरेको संशोधन प्रस्ताव स्वीकृत भएसँगै अब सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्। … Continue reading सांसद स्वकीय सचिव राख्न पाउने

थप पढ्नुहोस् »

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

दाङ,३२ असार । श्रीमानको कुटपिटबाट कंचनपुरमा श्रीमतीको मृत्यु भएको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो। घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया आफ्नी श्रीमती पारु सुनारमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी पारुलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो। उपचारपछि … Continue reading श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

थप पढ्नुहोस् »

माईक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु,सातजना घाइते

दाङ,३२ असार । रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सातजना घाइते भएका छ। जिल्लाको सिद्धार्थ राजमार्ग अन्तर्गत ओमसतिया गाउँपालिका-२ मा  भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटना हुँदा  सहचालक ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा भिम अस्पताल … Continue reading माईक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु,सातजना घाइते

थप पढ्नुहोस् »

लुम्बिनीमा कांग्रेस-एमाले खटपट: सरकार फेरबदलको तयारी

दाङ,३२ असार । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता गठबन्धनमा दरार देखिएसँगै सरकार फेरबदलको खेल सुरु भएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा जुटेको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बस्ने संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न सक्ने बताएका … Continue reading लुम्बिनीमा कांग्रेस-एमाले खटपट: सरकार फेरबदलको तयारी

थप पढ्नुहोस् »

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौ,३२ असार । आज सुनको भाउ सामान्य वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ दुई लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको भाउ भने आज घटेको छ। चाँदी तोलामा ९० … Continue reading सुनको भाउ बढ्यो, चाँदी घट्यो

थप पढ्नुहोस् »