समाचार

भोलिदेखि भरि सिलिन्डर ग्यास उपलब्ध हुने

दाङ,३० असार । नेपाल आयल निगम लिमिटेडले भोलि बुधबारदेखि १४.२ केजी भरि सिलिन्डर एलपी ग्यास उपलब्ध गराउने जनाएको छ। निगमले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गरी अर्को निर्णय नभएसम्मका लागि भरि सिलिन्डर ग्यास उपलब्ध गराउने निर्णय गरेको हो। निगमका अनुसार प्रति सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको … Continue reading भोलिदेखि भरि सिलिन्डर ग्यास उपलब्ध हुने

थप पढ्नुहोस् »

किसानको २२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण चिनी मिलका सन्चालक पक्राउ

दाङ,३० असार । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन्। प्रहरीका अनुसार उखु … Continue reading किसानको २२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण चिनी मिलका सन्चालक पक्राउ

थप पढ्नुहोस् »

डम्पिङ साइट आसपासका स्थानीयलाई झुल वितरण

दाङ,३० असार। तुलसीपुर उपमहानगरपालिकाले डम्पिङ साइट आसपासमा बसोबास गर्ने नागरिकलाई निःशुल्क झुल वितरण गरेको छ । विशेषगरी उपमहानगरपालिको सञ्चालन गर्दै आएको फोहोर व्यवस्थापन केन्द्र ( डम्पिङ साइट) क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि झुल वितरण गरेको हो। डम्पिङ साइटका कारण फैलिन सक्ने सरुवा रोग तथा लामखुट्टेको प्रकोपबाट स्थानीयलाई जोगाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१२ मा झुल वितरण गरिएको … Continue reading डम्पिङ साइट आसपासका स्थानीयलाई झुल वितरण

थप पढ्नुहोस् »

विपद जोखिम न्यूनीकरणका लागि सरकारलाई सभामुखको रुलिङ

काठमाडौ,३० असार । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका विषयमाथि ध्यानाकर्षण गराउँदै सभामुख अर्यालले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनिकरणका लागि ठोस कदम चाल्न निर्देशन दिएका हुन्। उनले विपद् पूर्वतयारी सुदृढ बनाउन, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र वर्षायाममा … Continue reading विपद जोखिम न्यूनीकरणका लागि सरकारलाई सभामुखको रुलिङ

थप पढ्नुहोस् »

नियम उल्लंघनको आरोपपछि २० मिनेटमै बाहिरिए प्रधानमन्त्री बालेन

काठमाडौ,३० असार । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आधा घण्टा नबसी बाहिरिएका छन्। दिउँसो १ः३७ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री शाह करिब २० मिनेटमै बाहिरिएका हुन्। उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बैठकबाट बाहिरिएका छन्। बैठक चलिरहेको बेला बीचमै प्रवेश गरेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नियम … Continue reading नियम उल्लंघनको आरोपपछि २० मिनेटमै बाहिरिए प्रधानमन्त्री बालेन

थप पढ्नुहोस् »

११ महिनामा भित्रियो २१ खर्बबढी रेमिट्यान्स

काठमाडौ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड … Continue reading ११ महिनामा भित्रियो २१ खर्बबढी रेमिट्यान्स

थप पढ्नुहोस् »

लोकतन्त्र जोगाउन सबै दल एकजुट बन्नुपर्छ: सांसद सिंह

दाङ,३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा जनताको निराशा बढ्दै गएको उल्लेख गर्दै राज्य नै संकटतर्फ उन्मुख भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए। राज्य, जनता र लोकतन्त्र सुरक्षित रहे मात्र भविष्यमा राजनीतिक अभ्यास सम्भव हुने … Continue reading लोकतन्त्र जोगाउन सबै दल एकजुट बन्नुपर्छ: सांसद सिंह

थप पढ्नुहोस् »

आत्मदाह प्रयास गरेका मण्डलको पनि मृत्यु

काठमाडौ,३० असार । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ । जिल्लाको गोडैता नगरपालिका वडा नं १० सिसौटिया निवासी ३५ बर्षीय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा निधन भएको हो । विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ … Continue reading आत्मदाह प्रयास गरेका मण्डलको पनि मृत्यु

थप पढ्नुहोस् »

गौरवका आयोजनालाई १० मा झार्ने तयारी

दाङ,३० असार । समयमै सम्पन्न हुन नसकेका र लागत अत्यधिक बढ्दै गएका राष्ट्रिय गौरवका आयोजनाप्रति आलोचना बढेपछि सरकारले संख्या पुनरावलोकन गर्ने तयारी गरेको छ। देशको दीर्घकालीन आर्थिक विकास र रणनीतिक पूर्वाधार निर्माणका उद्देश्यले अघि सारिएका यी आयोजना कार्यान्वयनमै कमजोर देखिँदा राज्यको वित्तीय व्यवस्थापनमा दबाब बढ्दै गएको छ। अर्बौं रुपैयाँ खर्च भइसके पनि धेरै आयोजना अझै … Continue reading गौरवका आयोजनालाई १० मा झार्ने तयारी

थप पढ्नुहोस् »

आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

दाङ,३० असार । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यकता देखिएको छ। दरबन्दी र स्रोत साधन व्यवस्थापनसम्बन्धी स्पष्ट तथा फराकिलो नीति अभावका कारण उपलब्ध स्वास्थ्य सेवाको प्रभावकारी विस्तार र सुदृढीकरणमा समस्या देखिएको हो। यसले अस्पतालको उपचार सेवामा प्रत्यक्ष प्रभाव पारेको अस्पतालको प्रशासन शाखाले जनाएको छ। सोमबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका निमित्त … Continue reading आयुर्वेद चिकित्सालयको सेवा सुदृढीकरणका लागि नीतिगत सुधारको आवश्यक

थप पढ्नुहोस् »