समाचार

शुक्रबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा

सुर्खेत,३२ असार । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै सो दिन कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ। प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) … Continue reading शुक्रबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा

थप पढ्नुहोस् »

किशोरीमाथि जबर्जस्ती करणी आरोपमा पूर्वप्रधानाध्यापकसहित दुई पक्राउ

दाङ,३१ असार । दाङमा प्रहरीले किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ। १८ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पूर्वप्रधानाध्यापकसहित दुई जनालाई बिजौरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ स्थित ‘हाम्रो पहुँच विद्यालय’का पूर्वप्रधानाध्यापक डिआर भण्डारी र हाम्रो पहुँच शहकारीका दुर्गा भण्डारी रहेका छन्। प्रहरीका अनुसार २८ असार … Continue reading किशोरीमाथि जबर्जस्ती करणी आरोपमा पूर्वप्रधानाध्यापकसहित दुई पक्राउ

थप पढ्नुहोस् »

ट्याक्टर ब्याक हुँदा एक बालकको मृत्यु,एक घाइते

दाङ,३१ असार । पार्किङ गरेर राखिएको ट्याक्टर ब्याक हुँदा प्युठानमा एक बालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका-५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा ७ वर्षीय बालकको मृत्यु भएको हो। प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो। … Continue reading ट्याक्टर ब्याक हुँदा एक बालकको मृत्यु,एक घाइते

थप पढ्नुहोस् »

सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अवहेलना रिटमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ,३१ असार। सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर अवहेलना मुद्दामा अन्तरिम आदेश जारी गरेको छ।यसअघि अदालतले दिएको अन्तरिम आदेशको अपव्याख्या गर्दै आयोगले न्यायाधीश र नेपाली सेनाबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन जारी रहने भन्दै वक्तव्य जारी गरेपछि अवहेलना रिट दर्ता भएको थियो। अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले … Continue reading सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अवहेलना रिटमा सर्वोच्चको अन्तरिम आदेश

थप पढ्नुहोस् »

सातै प्रदेशमा काँग्रेस-एमालेको सत्ता सहकार्य अन्त्य

दाङ,३१ असार। नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ।एमाले दलको नेताहरुको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सत्ता सहकार्य अन्त्यको निर्णय गरेको हो । निर्णयसंगै काँग्रेसले आफ्ना मन्त्रीहरूलाई प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिसकेको … Continue reading सातै प्रदेशमा काँग्रेस-एमालेको सत्ता सहकार्य अन्त्य

थप पढ्नुहोस् »

संसदको पनि सयदिनको समिक्षा गरौं: सांसद आचार्य

दाङ,३१ असार । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्न प्रस्ताव गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको ‘सय दिने समीक्षा’ जस्तै संसद्को कार्यसम्पादनको पनि मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याए। ‘सामान्यतया सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र समीक्षा गरिन्छ। संसद्को हकमा त्यस्तो अभ्यास … Continue reading संसदको पनि सयदिनको समिक्षा गरौं: सांसद आचार्य

थप पढ्नुहोस् »

कर्णालीमा निर्देशनालय र तालिमकेन्द्र खारेज

सुर्खेत,३१ असार। कर्णाली प्रदेश सरकारले विभिन्न निर्देशनालय र तालिम केन्द्रहरू खारेज गर्दै ती कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए। उनका अनुसार यसअघि जेठ २८ गते बसेको … Continue reading कर्णालीमा निर्देशनालय र तालिमकेन्द्र खारेज

थप पढ्नुहोस् »

भन्सार छलेर ल्याइएका कपडा बरामद

दाङ,३१ असार। जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले राप्ती गाउँपालिका-१ स्थित भालुवाङ चोकमा पूर्व-पश्चिम राजमार्गमा सवारी चेकजाँचका क्रममा उक्त सामान फेला पारेको हो। कृष्णनगरबाट घोराहीतर्फ आउँदै गरेको बसको डिक्कीमा लुकाइछिपाइ राखिएको बिलबिजकविहीन कपडा बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी … Continue reading भन्सार छलेर ल्याइएका कपडा बरामद

थप पढ्नुहोस् »

बढ्यो सुनको मूल्य

दाङ,३१ असार। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। … Continue reading बढ्यो सुनको मूल्य

थप पढ्नुहोस् »

दुई महिनामा १७ सय बचतकर्ताको बचत फिर्ता

काठमाडौ,३१ असार । पछिल्ला दुई महिनामा समस्याग्रस्त सहकारी संस्थाका १ हजार ७ सय ५४ जना बचतकर्ताले करिब साढे २ करोड रुपैयाँ फिर्ता पाएका छन्। संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका २३ सहकारीमध्ये १० वटा संस्थाबाट उक्त रकम फिर्ता गरिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार असार १५ सम्मको अवधिमा बचत फिर्ता र मिलानको प्रक्रिया अघि बढाइएको … Continue reading दुई महिनामा १७ सय बचतकर्ताको बचत फिर्ता

थप पढ्नुहोस् »