समाचार

धनुषामा निषेधाज्ञा जारी

काठमाडौ,१६ साउन। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको कर्फ्युः आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा … Continue reading धनुषामा निषेधाज्ञा जारी

थप पढ्नुहोस् »

मन्त्रालय बाँडफाँटमा जुटे मुख्यमन्त्री आचार्य

दाङ,१५ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारमा सहभागी दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल शुरू गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा भइरहेको छलफलमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारू तथा पूर्वमन्त्री दीपेन्द्र पुन सहभागी छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट कृषि, … Continue reading मन्त्रालय बाँडफाँटमा जुटे मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटन

दाङ,१४ साउन। राप्ती आँखा अस्पतालको नव निर्मित शल्यक्रिया भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदान तथा स्थानीय साझेदारीमा निर्माण गरिएको भवनको बिहीबार उद्घाटन गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का र भारतीय दूतावासकी काउन्सिलर गीतांजली ब्रैंडनको विशेष उपस्थितीमा भवनको उद्घाटन … Continue reading आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटन

थप पढ्नुहोस् »

आयोगको ‘कल सेन्टर’मा ४ हजारभन्दा बढी जिज्ञासा सम्बोधन

काठमाडौ,१४ साउन। निर्वाचन आयोगले चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्न सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा चार हजारभन्दा बढी प्रश्न प्राप्त भई समाधान गरिएको छ। आयोगले गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको उक्त ‘कल सेन्टर’मा बिहीबारसम्म टेलिफोन तथा ‘भ्वाइस मेल’मार्फत कुल ४ हजार ३८ वटा जिज्ञासा प्राप्त भएको जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त जिज्ञासामध्ये … Continue reading आयोगको ‘कल सेन्टर’मा ४ हजारभन्दा बढी जिज्ञासा सम्बोधन

थप पढ्नुहोस् »

सिरहामा झडपः एकको मृत्यु

काठमाडौ,१४ साउन। सिरहाको लहान क्षेत्रमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब २० वर्षीय गणेश यादव रहेका छन्। चेतराज बरालका अनुसार दुई समूहबीचको झडपका क्रममा उनी गम्भीर घाइते भएका थिए। त्यसैगरी, गोलबजारमा बिहीबार मध्याह्न भएको अर्को झडपमा एक जना घाइते भएका छन्। स्थिति तनावग्रस्त बनेपछि प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश … Continue reading सिरहामा झडपः एकको मृत्यु

थप पढ्नुहोस् »

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौ,१४ साउन ।लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। मन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिका सदस्यहरूमा विनोदकुमार भट्टराई (कानुन मन्त्रालय), सुरेश पन्थी (गृह मन्त्रालय) र रामु पौडेल … Continue reading लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

थप पढ्नुहोस् »

सुनसरी तनाव:जनजीवन सामान्यतर्फ उन्मुख

काठमाडौ,१४ साउन । सुनसरीको दक्षिणी क्षेत्रमा दुई समुदायबीचको असमझदारीका कारण उत्पन्न तनाव क्रमशः कम हुँदै जनजीवन सामान्य बन्दै गएको छ। गत आइतबार रातिदेखि सुरु भएको तनाव मंगलबार रातिसम्म झडपको अवस्थासम्म पुगे पनि बुधबारदेखि अवस्था सुधारोन्मुख देखिएको हो। यद्यपि स्थानीय प्रशासनले कफ्र्यू आदेश भने यथावत् राखेको छ। देवानगञ्जको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका … Continue reading सुनसरी तनाव:जनजीवन सामान्यतर्फ उन्मुख

थप पढ्नुहोस् »

कर्णालीका मुख्यमन्त्रीको सपथ आज

सुर्खेत,१३ साउन । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ ग्रहण गर्ने भएका छन्।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो। यज्ञराज जोशीले सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेको समर्थनमा प्रस्तुत दाबीका आधारमा शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि साउन … Continue reading कर्णालीका मुख्यमन्त्रीको सपथ आज

थप पढ्नुहोस् »

६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित

दाङ,१२ साउन। जिल्लामा रक्तसञ्चार सेवा निरन्तर सञ्चालन हुँदै आए पनि सेवालाई प्रभावकारी बनाउन चुनौती थपिँदै गएको छ । आवश्यक पूर्वाधार, उपकरण र स्रोतसाधनको अभावले सेवा प्रभावकारी बन्न नसकेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले बताएको छ । जिल्ला शाखाअन्तर्गत सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले सेवा विस्तारको आवश्यकता औँल्याउँदै संरचना सुधारको माग समेत गरेको छ। मंगलबार ६१औँ … Continue reading ६१औँ रक्तसञ्चार सेवा दिवसः पूर्वाधार अभावले सेवा प्रभावित

थप पढ्नुहोस् »

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो

दाङ,१२ साउन। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष समर्थन फिर्ताको पत्रसहित मन्त्रीहरूको राजीनामा बुझाएकी हुन्। राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, … Continue reading लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो

थप पढ्नुहोस् »