समाचार

लोककल्याणकारी विज्ञापन कटौतीको विषय संसद्मा उठ्यो

काठमाडौ। लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ। सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारको निर्णयप्रति प्रश्न उठाउँदै सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको रकम कटौतीको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्। बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले लोककल्याणकारी विज्ञापनमा कटौती, राष्ट्रिय समाचार समितिले सञ्चारमाध्यमबाट लिने समाचार शुल्कमा वृद्धि तथा सरकारी विज्ञापन वितरणमा निजी … Continue reading लोककल्याणकारी विज्ञापन कटौतीको विषय संसद्मा उठ्यो

थप पढ्नुहोस् »

लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना:सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू-क्षय, गेग्रान बहाव तथा तराई र शहरी … Continue reading लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना:सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

थप पढ्नुहोस् »

सल्यानमा स्क्रबटाइफसको संक्रमणः एकै दिन ६० जनामा पुष्टि

सल्यान । सल्यानमा स्क्रबटाइफसको संक्रमण तिव्र बनेको छ । जिल्लाको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र बनेपछि परीक्षण तथा उपचारका लागि चिकित्सकको टोली परिचालन गरिएको छ। सोमबार एकै दिन १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। साउनयता स्क्रबटाइफस संक्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ। संक्रमण बढेपछि जिल्ला अस्पताल … Continue reading सल्यानमा स्क्रबटाइफसको संक्रमणः एकै दिन ६० जनामा पुष्टि

थप पढ्नुहोस् »

सडक ठेक्का प्रकरणमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध ७३ लाख ६१ हजार ९५३ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिका-६ स्थित हरियापानी, पालङ्ग, माझफाल हुँदै रुकुमसम्म सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद … Continue reading सडक ठेक्का प्रकरणमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

सरकारले यसवर्ष दशैँमा खसीच्याङ्ग्रा नबेच्ने

काठमाडौ। दसैँको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षमा सहुलियत दरमा खसी-बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने बिक्री नगर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण यस वर्ष दसैँमा सहुलियत दरमा खसी-बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो। बजारमा खसी-बोका तथा च्याङ्ग्राको … Continue reading सरकारले यसवर्ष दशैँमा खसीच्याङ्ग्रा नबेच्ने

थप पढ्नुहोस् »

रुख काटेको आरोपमा तत्कालीन डीएसपीमाथि अनुसन्धान

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यान परिसरमा रहेको पिपलको रुख अनुमति नलिई काटेको आरोपमा तत्कालीन प्रहरी प्रमुख डीएसपी डा. हेमबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा डिभिजन वन कार्यालय सल्यानले केसीमाथि अनुसन्धान थालेको हो। अख्तियारले उजुरीमाथि छानबिन गर्दै विषय वनसम्बन्धी भएकाले डिभिजन वन कार्यालयलाई अनुसन्धान गरी वन ऐनअनुसार कारबाही … Continue reading रुख काटेको आरोपमा तत्कालीन डीएसपीमाथि अनुसन्धान

थप पढ्नुहोस् »

यातायात व्यवसायी तथा मजदुर संगठन आन्दोलित

काठमाडौ। त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनालाई लिएर यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्। उनीहरूले घटनाको छानबिनसहित नौबुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका छन्। मंगलबार ६ वटा यातायात महासंघ तथा मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा चालक लामाले ट्राफिक प्रहरीको मानसिक दबाब … Continue reading यातायात व्यवसायी तथा मजदुर संगठन आन्दोलित

थप पढ्नुहोस् »

फरुवा प्रहार गरी श्रीमतीको हत्या

सुर्खेत । फरुवा प्रहारबाट सुर्खेतमा एक महिलाको हत्या भएको छ। जिल्लाको चौकुने गाउँपालिका-५ रेक्चामा श्रीमानले फरुवा प्रहारबाट श्रीमतीको हत्या भएको हो। प्रहरीका अनुसार ३२ वर्षीय गोपीराम जैसीले मंगलबार बिहान करिब सवा १० बजे घरमै ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवाले प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनापछि … Continue reading फरुवा प्रहार गरी श्रीमतीको हत्या

थप पढ्नुहोस् »

राहदानी छपाइ ठेक्का कानुनसम्मत:सर्वोच्च

दाङ। राहदानी छपाइको ठेक्का प्रक्रिया कानुनसम्मत ठहर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आइडिमियाले दायर गरेका तीनवटै रिट खारेज गरेको छ। तर, यही प्रक्रियासँग जोडिएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कायम गरेको १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीको आधार र गणनाको शैलीमाथि भने सर्वोच्चले गम्भीर कानुनी प्रश्न उठाएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त … Continue reading राहदानी छपाइ ठेक्का कानुनसम्मत:सर्वोच्च

थप पढ्नुहोस् »

असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना

दाङ। मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको हो। गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उत्तर … Continue reading असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना

थप पढ्नुहोस् »