समाचार

सीटीईभीटी करार कर्मचारी आन्दोलनमा

दाङ,१९ साउन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले देशव्यापी आन्दोलन सुरु गरेका छन्।राप्ती प्राविधिक शिक्षालय गढवा-३ मा कार्यरत कर्मचारीहरू समेत धर्नामा बसेर दबाबमूलक कार्यक्रम थालेका छन्। करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिको आह्वानमा प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखामा आन्दोलन विस्तार … Continue reading सीटीईभीटी करार कर्मचारी आन्दोलनमा

थप पढ्नुहोस् »

ग्यास अभाव र मूल्यवृद्धिप्रति माओवादीको ध्यानाकर्षण

दाङ,१९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङ जिल्ला समितिले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र खाना पकाउने ग्यासको अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। जिल्ला सचिव तिलक सीद्वारा जारी विज्ञप्तिमा बजारमा बढ्दो मूल्यवृद्धिको मार नागरिकले खेपिरहेको उल्लेख गर्दै दाङसहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको जनाइएको छ।विज्ञप्तिअनुसार ग्यास डिलरमा … Continue reading ग्यास अभाव र मूल्यवृद्धिप्रति माओवादीको ध्यानाकर्षण

थप पढ्नुहोस् »

स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौ,१९ साउन। स्कुल बस दुर्घटना हुँदा महोत्तरीमा ६ जना घाइते भएका छन्। महोत्तरीको गौशाला नगरपालिका–९, डुमरवाना स्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् । मङ्गलबार बिहान ७ः३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको … Continue reading स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते

थप पढ्नुहोस् »

जंगली च्याउ खाँदा एकजनाको मृत्यु,एकजना गम्भीर

काठमाडौ,१९ साउन । जंगली च्याउ खाँदा बाजुरामा एकजनाको मृत्यु भएको छ।एकजनाको अवस्था गम्भीर रहेकोे छ । बाजुराको बडिमालिका नगरपालिका–७ धम्कनेमा जंगली च्याउ खाँदा स्थानीय ५१ वर्षीय रामे थापाको मृत्यु भएको हो। थाया र उनकी श्रीमती नाम्सरी थापाले जंगलबाट ल्याएको च्याउ खाँदा अचानक बिरामी परेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार राति उपचारका लागि जिल्ला अस्पताल मार्तडी … Continue reading जंगली च्याउ खाँदा एकजनाको मृत्यु,एकजना गम्भीर

थप पढ्नुहोस् »

अबैध ३२ नाले भरुवा बन्दुक फेला

प्युठान ,१८ साउन । प्रहरीले ३२ नाल अबैध भरुवा बन्दुक फेला पारेको छ। प्युठानको नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान … Continue reading अबैध ३२ नाले भरुवा बन्दुक फेला

थप पढ्नुहोस् »

बस र कारको ठक्करपछी सुनकोसीमा कार खस्यो: चारजना बेपत्ता

काठमाडौ,१८ साउन । सुनकोसीमा कार खस्दा चारजना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बस र कार ठक्कर खाँदा कार सुनकोशी नदी मा खस्दा चारजना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बसले सोमबार बिहान करिब ११:३० बजे कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब १५० मिटर … Continue reading बस र कारको ठक्करपछी सुनकोसीमा कार खस्यो: चारजना बेपत्ता

थप पढ्नुहोस् »

लुम्बिनीमा बजेट कार्यान्वयन कडाइ: ५२ बुँदे मार्गदर्शन जारी

दाङ,१८ साउन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय द्वारा जारी मार्गदर्शनमा चालु खर्चमा कडाइ गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम तथा अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ। बजेट अनुशासन उल्लङ्घन गर्ने तथा समयमै काम सम्पन्न … Continue reading लुम्बिनीमा बजेट कार्यान्वयन कडाइ: ५२ बुँदे मार्गदर्शन जारी

थप पढ्नुहोस् »

ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै

काठमाडौ,१७ साउन। ब्रोड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ। उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जा का व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पा का अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको हो। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याइने बताइएको … Continue reading ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै

थप पढ्नुहोस् »

आज ३७ जिल्लामा बाढीको जोखिम:सतर्क रहन आग्रह

दाङ,१७ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएको छ। मनसुन सक्रिय भएसँगै वर्षा बढ्ने क्रम जारी रहेकाले ३७ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार काठमाडौ उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैगरी संखुवासभा, सोलुखुम्बु, दोलखा, … Continue reading आज ३७ जिल्लामा बाढीको जोखिम:सतर्क रहन आग्रह

थप पढ्नुहोस् »

भूमि प्रशासन कार्यालयका ५ कर्मचारी पक्राउ

काठमाडौ,१६ साउन। सेवाग्राहीसंग घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना कर्मचारीलाई पक्राउ गरेको छ। आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका तीन नासु सहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ । अख्तियारले गएराती ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र … Continue reading भूमि प्रशासन कार्यालयका ५ कर्मचारी पक्राउ

थप पढ्नुहोस् »