समाचार

अस्पताल परिसरमा बेवारिसे अवस्थामा बालिका फेला

दाङ,२५ साउन। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल परिसरमा एक बालिका बेवारिसे अवस्थामा फेला परेकी छन्। सोमबार दिउँसो करिब १२ बजे अस्पताल परिसरमा बालिका भेटिएका भेटिएकी हुन् । बालिका फेला परेपछि अस्पताल प्रशासन र सुरक्षाकर्मीले खोजतलास गरे पनि उनका अभिभावक वा आफन्त फेला पर्न सकेनन्। बालिकाको पहिचान हुन नसकेपछि अस्पतालले सूचना जारी गर्दै उनलाई चिन्ने वा … Continue reading अस्पताल परिसरमा बेवारिसे अवस्थामा बालिका फेला

थप पढ्नुहोस् »

ग्यास लुकाउनेलाई ५० हजार जरिवाना

दाङ, २५ साउन । बजार अनुगमनका क्रममा ग्यास लुकाएर राखेको भेटिएपछि बाँकेमा एक पसल संचालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका-११ स्थित ‘शकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोर’मा १३ वटा ग्यास लुकाएर राखिएको फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्थानीय प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार … Continue reading ग्यास लुकाउनेलाई ५० हजार जरिवाना

थप पढ्नुहोस् »

पेस्तोलसहित तीन युवा पक्राउ

दाङ,२५ साउन। सवारी चेकजाँचका क्रममा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर-८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन्। स्थानीयलाई पेस्तोल देखाएर त्रास फैलाएको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले सवारी … Continue reading पेस्तोलसहित तीन युवा पक्राउ

थप पढ्नुहोस् »

दाङमा स्याउ खेतीको परीक्षण सफल

दाङ,२५ साउन । गर्मी हावापानीमा पनि स्याउ खेती सम्भव देखिएको छ। दाङमा सुरु गरिएको स्याउ खेतीबाट गर्मी हावापानीमा पनि खेती गर्न सकिन्छ भन्ने पुष्टि भएको हो। घोराही उपमहानगरपालिका-११ पलासपुरका मनु बुढामगरले स्याउ खेतीको परीक्षण सफल बनाएका छन्। उनले तीन वर्षअघि हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन जातका स्याउका बिरुवा रोपेर परीक्षण सुरु गरेका थिए। अहिले … Continue reading दाङमा स्याउ खेतीको परीक्षण सफल

थप पढ्नुहोस् »

तीन महिनामा एक खर्ब ऋण उठाउने सरकारको योजना

काठमाडौ,२५ साउन । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक(साउन, भदौ र असोज) पहिलो त्रैमासमा ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ उठाउने तयारी गरेको हो। समग्र आर्थिक वर्षमा भने सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण … Continue reading तीन महिनामा एक खर्ब ऋण उठाउने सरकारको योजना

थप पढ्नुहोस् »

डेंगु रोकथामबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ,२४ साउन। दाङको घोराहीमा डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना र नेपाल रेडक्रस सोसाइटी घोराही उपमहानगरपालिका शाखाको सहआयोजनामा कार्यक्रम गरिएको हो। जुनियर युवा रेडक्रस दाङका संयोजक भिमलाल मरासिनीको सभापतित्व तथा दाङ रेडक्रसका मन्त्री प्रकाश श्रीबन्दको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। जनस्वास्थ्य प्रवर्द्धन … Continue reading डेंगु रोकथामबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

उपमहानगरको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु

दाङ,२४ साउन। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार साँझ करिब ९ बजेतिर तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। उक्त एम्बुलेन्सले बिरामी डेढ महिने शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै थियो। दुर्घटनाका क्रममा शिशु आमाको काखबाट खसेर सिटमुनी पुगेको परिवारले जनाएको छ। … Continue reading उपमहानगरको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु

थप पढ्नुहोस् »

कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

दाङ,२४ साउन। तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टका अनुसार आइतबार मध्याह्न सिंहको शव फेला परेको हो। “उहाँको शव केहीबेरअघि फेला परेको छ, घटनाबारे अनुसन्धान भइरहेको छ,” एसपी भट्टले बताए। ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। बेपत्ता हुनु अघि उनले आफू बाटो … Continue reading कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

थप पढ्नुहोस् »

तीन थान भरुवा बन्दुक फेला

गुल्मी,२४ साउन। प्रहरीले गुल्मीका विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक फेला परेको छ । नियमित गस्ती तथा स्थानीयको सूचनाका आधारमा बेवारिसे अवस्थामा ती हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरी निरीक्षक पर्वत केसीका अनुसार रेसुङ्गा नगरपालिका-२ धागिथुमको सेतो गुराँस क्षेत्रबाट एक थान, मदाने गाउँपालिका-२ बाँझकटेरीबाट एक थान र रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्सारको मुसीडाँडाबाट … Continue reading तीन थान भरुवा बन्दुक फेला

थप पढ्नुहोस् »

कक्षाकोठादेखि घरदैलोसम्मः सगरमाथाको समुदायमैत्री शिक्षा

दाङ,२४ साउन। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले समुदायमैत्री शिक्षालाई अवलम्वन गरेको छ । अभिभावक,शिक्षक र विद्यार्थीबीच त्रिपक्षीय सम्बन्ध बलियो बनाउने , योजनाबद्ध सिकाइ संस्कृतिको विकास गर्दै विद्यालय शिक्षालाई समुदायसंग जोड्ने उदेश्यसहित विद्यालयले उक्त अभियान सुरु गरेको हो। तुलसीपुर–९ स्थित सगरमाथा स्कुलले बालबालिकाको सर्वाङगीण विकासका लागि कम्युनिटी आउटरिच डिपार्टमेन्ट स्थापित गरी शिक्षण सिकाइमा नयाँ अभ्यासको सुरुवात … Continue reading कक्षाकोठादेखि घरदैलोसम्मः सगरमाथाको समुदायमैत्री शिक्षा

थप पढ्नुहोस् »