समाचार

सरकारी गाडी फिर्ता बोलाउन निर्देशन

काठमाडौं ,६ साउन । सरकारको सचिवस्तरीय बैठकले मापदण्ड विपरीत प्रयोगमा आएका सरकारी सवारी साधनहरू तत्काल फिर्ता गराउने निर्णय गरेको छ। सोमबार मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले सरकारी गाडीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको हो। बैठकमा यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सरकारी सवारी प्रयोग गरेको पाइएमा तत्काल फिर्ता गरिने व्यवस्था मिलाउने … Continue reading सरकारी गाडी फिर्ता बोलाउन निर्देशन

थप पढ्नुहोस् »

आफ्नै छोरीमाथि करणी आरोपमा बुबा पक्राउ

दाङ, ५ साउन । दाङमा आफ्नै छोरीमाथि करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका–५ निवासी ३६ वर्षीय एक पुरुषलाई आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पीडित बालिकाको संवेदनशीलतालाई ध्यानमा राख्दै आरोपीको नाम गोप्य राखेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार आरोपीले १८ … Continue reading आफ्नै छोरीमाथि करणी आरोपमा बुबा पक्राउ

थप पढ्नुहोस् »

बाढी पहिरोले छवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं,५ साउन । देशभर परेको लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न छवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, तमोर–कोरिडोर सडक खण्ड, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन्। यस्तै, काठमाडौंको टोखाबाट नुवाकोट जाने … Continue reading बाढी पहिरोले छवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

थप पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध: अफलाइनबाट विवरण दर्ता गर्न सकिने

काठमाडौँ ,५ साउन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै मर्मत सम्पन्न नहुञ्जेलसम्म केही सेवा सञ्चालनमा नआउने स्पष्ट पारेको छ। विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार कार्य भइरहेकाले अनलाइनमार्फत उपलब्ध … Continue reading राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध: अफलाइनबाट विवरण दर्ता गर्न सकिने

थप पढ्नुहोस् »

साथी भेट्न निस्किएका केसी सितलपुरघाट नजिकै मृत फेला

दाङ,५ साउन। दाङको तुलसीपुरमा एक युवक मृत्त फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका २१ वर्षीय किरण खत्री (केसी) आइतबार साँझ सितलपुरघाट नजिकै मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार बेलुकी साढे ६ बजेतिर केसी सितलपुरघाट नजिकै मृत भेटिएको जानकारी दिएका हुन्। प्रारम्भिक जाँचमा मृतकको शरीरमा देखिने गरी … Continue reading साथी भेट्न निस्किएका केसी सितलपुरघाट नजिकै मृत फेला

थप पढ्नुहोस् »

कारागारभित्रै कैदीबन्दीबीच कुटाकुट, १३ जना घाइते

काठमाडौं,४ साउन । कारागारभित्र कैदिबन्दीहरुबिच आपसमा कुटाकुट भएको छ। सिरहा नगरपालिका स्थित जिल्ला कारागारभित्र आइतबार दिउँसो कैदीबन्दीहरूबीच आपसमा कुटाकुट हुँदा १३ जना घाइते भएका छन्। साँझ करिब ४ बजेतिर कारागारभित्र दुई पक्षबीच कुटाकुट हुँदा दुबै पक्षका गरी १३ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको र … Continue reading कारागारभित्रै कैदीबन्दीबीच कुटाकुट, १३ जना घाइते

थप पढ्नुहोस् »

पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर १७ वर्षीय सिर्जना घाइते

दाङ, ४ साउन । दाङमा पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर एक किशोरी घाइते भएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित ममता पाउरोटी उद्योगमा कार्यरत एक किशोरी तातो तेलले जली घाइते भएकी हुन् । ममता पाउरोटी उद्योगमा काम गर्ने तुलसीपुर–१८ निवासी १७ वर्षीया सिर्जना सुनार आइतबार साँझ करिब ५ बजे काम गर्ने क्रममा गम्भीर … Continue reading पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर १७ वर्षीय सिर्जना घाइते

थप पढ्नुहोस् »

गतेखोलामा ट्याक्टर र अटो ठोकिँदा चारजना घाइते

दाङ,४ साउन । ट्याक्टर र अटो एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–८, गतेखोला पुल नजिक आइतबार दिउँसो ट्याक्टर र अटो आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् । दिउँसो करिब पौने ४ बजेतिर पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.प्र.०२–००१ त ००९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। सो क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा … Continue reading गतेखोलामा ट्याक्टर र अटो ठोकिँदा चारजना घाइते

थप पढ्नुहोस् »

भान्सा घरमा बसिरहेका थिए गोठे, पहिरोमा पुरिएर ज्यान गयो

रोल्पा,४ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको ज्यान गएको छ। लगातारको वर्षापछि आइतबार बिहान थबाङ गाउँपालिका–४, उवा थापाखर्कमा आएको पहिरोले स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घर पुरिँदा उनी भान्सामा बसिरहेको अवस्थामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार भान्साघरमै रहेका घर्तीमगरलाई पहिरोले पुरेको थियो। उनको घटनास्थलमै मृत्यु … Continue reading भान्सा घरमा बसिरहेका थिए गोठे, पहिरोमा पुरिएर ज्यान गयो

थप पढ्नुहोस् »