समाचार

बिद्युत मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु

जाजरकोट,३० असार । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका–४, गुवारा क्षेत्रमा बिद्युत मर्मतका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो। रुकुम पश्चिम ११ घर भइ हाल जाजरकोट नलगाड–७ मा बसोबास गर्दै आएका १९ वर्षीय शिशिर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । … Continue reading बिद्युत मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु

थप पढ्नुहोस् »

बबईमा डुबेर दुई किशोरको मृत्यु : बिधानलाई बचाउन नदीमा पसेका थिए कुशल

दाङ, ३० असार। पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगरको सोमबार दिउँसो डुबेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए। … Continue reading बबईमा डुबेर दुई किशोरको मृत्यु : बिधानलाई बचाउन नदीमा पसेका थिए कुशल

थप पढ्नुहोस् »

बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु ,एकजना बेपत्ता

दाङ,३० असार । पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय बिधान केसीको शव फेला परेको छ भने १६ वर्षीय कुशल … Continue reading बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु ,एकजना बेपत्ता

थप पढ्नुहोस् »

टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जाजरकोट, ३० असार। जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१० फेराबजारदेखि छेडाचौर जाँदै गरेको खाली टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। सहचालक वीरेन्द्र परियार गम्भीर घाइते भएको छन् । दुर्घटना सोमवार बिहान भएको हो । कर्णाली प्रदेश ०१००२ त ०६०७ नम्बरको टयाक्टर भेरी नगरपालिका – १० आलीगाँउ नजिक … Continue reading टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

राष्ट्रपतिद्धारा अर्थसम्बन्धी तीन विधयेक प्रमाणीकरण

काठमाडौं, ३० असार। राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधयेक प्रमाणीकरण गरेका छन् । सोमबार अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए । उनका अनुसार राष्ट्रपतिले आर्थिक वर्ष २०८२/८३ … Continue reading राष्ट्रपतिद्धारा अर्थसम्बन्धी तीन विधयेक प्रमाणीकरण

थप पढ्नुहोस् »

हावाहुरीका कारण विद्युत अवरुद्ध

गुल्मी, ३० असार। आइतबार रातिदेखिको हावाहुरीका कारण गुल्मी जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। कपिलवस्तुको मोतिपुर नजिक रहेको १३२ केभी प्रसारण लाइनको टावरमा क्षति पुग्दा गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा प्रभावित भएको हो। नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा पूर्ण रूपमा बन्द भएको हो। विद्युत … Continue reading हावाहुरीका कारण विद्युत अवरुद्ध

थप पढ्नुहोस् »

एमाले सांसद साहले मागे संघीय मामिला मन्त्री गुप्ताको बर्खास्ती

काठमाडौँ,३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरिएको छ । नेकपा एमाले सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक … Continue reading एमाले सांसद साहले मागे संघीय मामिला मन्त्री गुप्ताको बर्खास्ती

थप पढ्नुहोस् »

प्रधानमन्त्रीको स्पेन भ्रमणमा गैरसरकारी सहभागीको छानबिन आदेश

काठमाडौं,३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यसबारे तत्काल छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको उनका सचिवालयले जनाएको छ। “प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को–को गए, कुन विधि, … Continue reading प्रधानमन्त्रीको स्पेन भ्रमणमा गैरसरकारी सहभागीको छानबिन आदेश

थप पढ्नुहोस् »

भिनाजुले गरे गोली प्रहार गरी सालिको हत्या

विराटनगर, ३० असार। सुनसरीको हरिनगर गाउँपालिका–६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ। आइतबार राति करिब १ बजे हरिनगर–६ घुस्कीमा १८ वर्षीया अर्सी खातुनलाई गोली हानी हत्या गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। प्रारम्भिक अनुसन्धानअनुसार भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय अजात मिया जटले ती किशोरीको टाउकोमा गोली प्रहार … Continue reading भिनाजुले गरे गोली प्रहार गरी सालिको हत्या

थप पढ्नुहोस् »

शाही मृत्यु प्रकरण: प्रेस चौतारी जिल्ला अध्यक्ष खत्रीविरुद्ध जाहेरी दर्ता

रुकुम पश्चिम,३० असार । रुकुम पूर्व सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकारमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको छ। प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा किटानी जाहेरी दर्ता भएको हो। मृतक शाहीका परिवारले खत्रीले पटक–पटक फोनमार्फत मानसिक तनाव दिएको दाबी गरेका छन्। … Continue reading शाही मृत्यु प्रकरण: प्रेस चौतारी जिल्ला अध्यक्ष खत्रीविरुद्ध जाहेरी दर्ता

थप पढ्नुहोस् »