समाचार

अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

काठमाडौँ,२४ भदौ । पछिल्ला दिनहरूमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले मुलुकलाई तहसनहस बनाइदिएको छ। सुरुमा माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण नाराबाजी केही घण्टामै उग्र बनेको थियो। युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भएर सडकमा ओर्लिए र प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक रूप लियो। राजधानीका विभिन्न क्षेत्रमा टायर जलाइए, सरकारी सवारी साधन तोडफोड गरिए र प्रहरीसँग भीषण … Continue reading अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

थप पढ्नुहोस् »

प्रर्दशनकारीले पुरातत्व विभागको सरक्षण गर्दै भने: ‘यो हाम्रो इतिहास हो’

काठमाडौँ,२४ भदौ । प्रदर्शनकारीहरूले काठमाडौँको रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् । ‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन् ।

थप पढ्नुहोस् »

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखहरुको अनुरोध

काठमाडौँ,२४ भदौ । देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन् ।

थप पढ्नुहोस् »

देउवा दम्पतिमाथि आक्रमण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ । बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् । देउवाको टाउकोमा चोट लागेको छ । उनको रक्ताम्मे भएको देखिन्छ । देउवा पत्नी आरजु राणामाथि पनि आक्रमण भएको छ ।

थप पढ्नुहोस् »

अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन

काठमाडौँ,२४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको माग गर्दै अबको नेतृत्व जेनजी पुस्ताले लिनुपर्ने बताएका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै उनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह गरे ।‘यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,’ बालेनले भने । उनले जनधनको … Continue reading अबको नेतृत्व जेनजी पुस्ताको हुनुपर्छ:बालेन

थप पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं ,२४ भदौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गर्ने तयारी गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित आसपासका क्षेत्रमा लगातार आगलागी भइरहेका र अन्य प्रतिकूल परिस्थिति बढ्दै गएपछि हवाई सुरक्षालाई ध्यानमा राखी विमानस्थल बन्द गर्ने तयारी भएको हो। हाल आकाशमा रहेका जहाजलाई मात्र अवतरणको अनुमति दिइने र नयाँ उडानहरू रोक्ने … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

थप पढ्नुहोस् »

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायधीश सडकमा

काठमाडौ,२४ भदौ । जेन जीमाथि सरकारको दमनविरूद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा उत्रिएकी छन् । उनीसँगै कलाकारहरूको टोली पनि उपस्थित छ । उनीहरूले राजधानीका अस्पतालमा घाइतेहरूको अवस्था बुझ्ने कलाकार मनोज गजुरेलले जानकारी दिएका छन् ।

थप पढ्नुहोस् »

एमालेको पार्टी कार्यालयमा आगजनी

काठमाडौँ,२४ भदौ । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ। जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका( ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन्। प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन्।

थप पढ्नुहोस् »

प्रचण्ड निवासमा आगजनी

काठमाडौँ ,२४ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जेन्जी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। ललितपुरस्थित खुमलटारमा रहेको निवासमा सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ । 

थप पढ्नुहोस् »

विपक्षीदलद्धारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा सम्पन्न बैठकले जेनजी आन्दोलनमाथि गरिएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै राजीनामा माग गरेको हो । बैठकपछि माओवादी केन्द्रका … Continue reading विपक्षीदलद्धारा प्रधानमन्त्रीको राजीनामा माग

थप पढ्नुहोस् »