समाचार

फर्निचर पसलमा भीषण आगलागी, १२ लाख रुपैयाँ बराबरको क्षति

झापा, १६ असार । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा गएराति आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। मोतीबहादुर खड्काको स्वामित्वमा रहेको टिनको छानो र टिनको घेराबेरा गरिएको एकतले घरमा सञ्चालन भइरहेको फर्निचर पसलमा राति करिब साढे १२ बजेतिर आगलागी भएको हो। आगलागीबाट काठ चिर्ने मेसिनसहित पसलमा रहेका काठका सामग्री पूर्णरूपमा जलेर … Continue reading फर्निचर पसलमा भीषण आगलागी, १२ लाख रुपैयाँ बराबरको क्षति

थप पढ्नुहोस् »

संसद सचीवालयमा ४ समितीको बैठक बस्दै

काठमाडौ,१६ असार । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन्। जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको … Continue reading संसद सचीवालयमा ४ समितीको बैठक बस्दै

थप पढ्नुहोस् »

बालिकामाथि करणीको आरोपमा तुलसीपुर-१४ का चन्द्र पक्राउ

दाङ, १५ असार। दाङको तुलसीपुरमा बालिकामाथि करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले तुलसीपुर उपमहानगरपालिका –१४ का ३८ वर्षीय चन्द्र मगरलाई १५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ गरेको हो। असार १३ गते बिहान पौने १० बजेतिर चन्द्र मगरले बालिकालाई ललाईफकाई धाकधम्की दिई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको … Continue reading बालिकामाथि करणीको आरोपमा तुलसीपुर-१४ का चन्द्र पक्राउ

थप पढ्नुहोस् »

धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

भिम मरासिनी, दाङ । आज असार १५ को हरियाली बिहानी। आकाश हल्का बादलले ढाकेको थियो। खेतमा चिरबिर स्वर र हाँसोको गुञ्जन । हरियो धानको बिरुवा र हिलो मिसिएको पानीबीच हरियो टीसर्ट लगाएका विद्यार्थीहरू मस्त खेलिरहेका थिए।कोही हातमा बिरुवा समाएर रोपिरहेका थिए। कोही हिलोमा चिप्लिँदै रमाइरहेका थिए। सदैव कापी–कलम र झोला बोकेर कक्षामा बस्ने यी विद्यार्थीहरू … Continue reading धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

थप पढ्नुहोस् »

पहिलो कप्तानमै साम्बाको ह्याट्रिक गोल

काठमाडौं,१५ असार ।एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् । उनले कप्तानको रुपमा डेब्यु खेलमै ह्याट्रिक गरेकी हुन् । साम्बाले यसअघि ४४औं र ५५औं मिनेटमा गोल गरेकी थिइन् । उनको ह्याट्रिकसँगै नेपालको अग्रता ६ गोलमा पुगेको छ । नेपालका लागि साम्बासँगै सरु लिम्बु, अनिता बस्नेत र रश्मीकुमार घिसिङले … Continue reading पहिलो कप्तानमै साम्बाको ह्याट्रिक गोल

थप पढ्नुहोस् »

रास्वपा र राप्रपा सांसद प्रतिनिधिसभा बैठकबाट बाहिरिए

काठमाडौँ ,१५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्। निरन्तर प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै आएका उनीहरूले आज पनि बैठकबाट बाहिरिएका हुन्। भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका सांसदहरू आज पनि प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

थप पढ्नुहोस् »

पहिरोमा परी नौ मजदूर बेपत्ता

काठमाडौँ,१५ असार । पहिरोमा परी भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा नौजना मजदूर बेपत्ता भएका छन । यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोको चपेटामा परेको बीबीसीले नाएको छ । प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर थए । तीमध्ये १० जनालाई सकुशल उद्धार गरिएको छ भने नौ जना … Continue reading पहिरोमा परी नौ मजदूर बेपत्ता

थप पढ्नुहोस् »

निजामती सेवा विधयेक पारित गरिने

काठमाडौँ,१५ असार । आज निजामती सेवा विधयेक पारित गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने कार्यसूची रहेको छ । संघीयता कार्यान्वयनमा देखिएको प्रशासनिक जटिलता समाधान गर्न विधेयक महत्वपूर्ण मानिएको छ । यसअघि असार ३ गते पारित गर्ने भनिएको विधेयक अन्तिम समयमा आएर रोकिएको थियो । सङ्घीय मामिला तथा … Continue reading निजामती सेवा विधयेक पारित गरिने

थप पढ्नुहोस् »

बुटवल–नारायणगढ सडक अवरुद्ध

दाङ,१५ असार। बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका( १ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी … Continue reading बुटवल–नारायणगढ सडक अवरुद्ध

थप पढ्नुहोस् »

कार्यबाहक प्रधानमन्त्रीको जिम्मा प्रकाशमानलाई

काठमाडौं,१४ असार । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा निस्किएपछि मन्त्री सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकिएको हो। प्रधानमन्त्री ओली शनिबार बेलुकी स्पेन प्रस्थान गरेका हुन्। उनी स्वदेश फर्किनु अघि सिंहले देशको दैनिक प्रशासनिक कामकाज सम्हाल्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीसहितको टोली … Continue reading कार्यबाहक प्रधानमन्त्रीको जिम्मा प्रकाशमानलाई

थप पढ्नुहोस् »