समाचार

किशोरीले जाहेरी दिएको दुई महिनापछी पक्राउ परे वाइसिएल नेता रेशम

रूकुम पश्चिम, १३ असार । किशोरी बलात्कारको आरोपमा वाइसीएलका एक नेता पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का एक नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्री छन्। उनी वाइसिएल कर्णाली प्रदेश कमिटी सदस्य र चौरजहारी नगर … Continue reading किशोरीले जाहेरी दिएको दुई महिनापछी पक्राउ परे वाइसिएल नेता रेशम

थप पढ्नुहोस् »

राजपुरमा बिच्छीको टोकाइबाट ११ वर्षीय बालिकाको मृत्यु

दाङ,१३ असार । दाङमा बिच्छीको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ सुनपत्थरी नाकामा बिच्छीको टोकाइबाट बालिकाको मृत्यु भएको हो। युगबोध आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत अन्दाजी ११ वर्षीया लक्ष्मी गिरी (रितु) बुधबार बिहान विद्यालय जाने तयारी गर्दै थिइन्। बिहान करिब ९ बजेतिर घरमै विद्यालय पोशाक लगाउने क्रममा शरीरको कोखामा लुकेको बिच्छीले टोकेको … Continue reading राजपुरमा बिच्छीको टोकाइबाट ११ वर्षीय बालिकाको मृत्यु

थप पढ्नुहोस् »

विलासिता कर र भ्याटको विरोधमा तुलसीपुरका सुनचाँदी पसल बन्द

दाङ, १३ असार। दाङमा आजदेखि सुनचाँदीका पसलहरू अनिश्चितकालका लागि बन्द भएका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा बहुधातुमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यवसायीहरूले शुक्रबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै पसल बन्द गरेका हुन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा … Continue reading विलासिता कर र भ्याटको विरोधमा तुलसीपुरका सुनचाँदी पसल बन्द

थप पढ्नुहोस् »

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं,१३ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा भिजिट भिसा प्रकरणसँग जोडिएका पछिल्ला घटनाक्रमबारे छलफल हुने छ। उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै रास्वपाले उनको राजीनामा माग गरेको छ। यसै विषयलाई लिएर रास्वपाले संसदमा निरन्तर विरोध … Continue reading रास्वपाले बोलायो संसदीय दलको बैठक

थप पढ्नुहोस् »

मदिराले मातिएर ट्रकको टायरमा च्यापिन पुगेपछि…

दाङ, १३ असार। दाङमा ट्रकले किचेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–३ का ३२ वर्षीय गोपीलाल वली रहेका छन्। प्रहरीका अनुसार उनी मदिराले मातेर ट्रकको टायरनजिकै गएर बसेका थिए। चालकले नदेखी ट्रक अगाडि चलाउन खोज्दा च्यापिँदा गम्भीर घाइते भएका वलीको अस्पतालमै मृत्यु भएको हो। घटनास्थल त्रिवेणी गाउँपालिका–४ निगालपानी … Continue reading मदिराले मातिएर ट्रकको टायरमा च्यापिन पुगेपछि…

थप पढ्नुहोस् »

यस्तो छ आजको मौसम

दाङ,१३ असार । शुक्रबार देशका पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने बाँकी भूभागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको … Continue reading यस्तो छ आजको मौसम

थप पढ्नुहोस् »

रिल बनाउदा बनाउदै १३औं तलाबाट खसिन नन्दनी

एजेन्सी । भारतको बेंगलुरुमा एक युवती १३औँ तलामा रिल बनाउँदै गर्दा छतबाट खसेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनी त्यहाँ आफ्नी साथीको घरमा पार्टीमा सहभागी हुन गएकी थिइन्। उनको नाम नन्दिनी थियो। अधिकारीहरूका अनुसार ती युवती बुधबार राति साथीहरूसँग परप्पाना अग्रहारा प्रहरी चौकीको क्षेत्राधिकारअन्तर्गतको भवनमा गएकी थिइन्। उनी भवनमा … Continue reading रिल बनाउदा बनाउदै १३औं तलाबाट खसिन नन्दनी

थप पढ्नुहोस् »

सर्पले टोक्दा ४६ वर्षीय शान्तिको मृत्यु

बर्दघाट,१२ असार । सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ। नवलपरासीको ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको हो । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको … Continue reading सर्पले टोक्दा ४६ वर्षीय शान्तिको मृत्यु

थप पढ्नुहोस् »

सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

उमा भण्डारी, दाङ । कहिले ढलेका पर्खाल।  कहिले पानी चुहिने छाना । अनि कहिले भत्किएका भित्तासंग डराउँदै पढ्नुपर्ने बाध्यता । दाङका सामुदायिक विद्यालयहरूमा यस्ता चित्र सामान्य जस्तै हुन् । तर, अब ती चित्रहरू विस्तारै बदलिँदैछन्। यतिवेला सामुदायिक विद्यालयहरू चिटिक्क पारिएका छन् ।  रंगिएका भवनहरूले सजिएका छन्। विद्यालयको संरचनाको स्वरुप परिवर्तन भएसंगै विद्यार्थीहरुको मुहारमा पनि खुशी … Continue reading सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत

थप पढ्नुहोस् »

तुलसीपुरको महिला नमुना संसद: अभ्यासले नेतृत्वतर्फ डोराउँदै

उमा भण्डारी,दाङ। सार्वजनिक ठाउँमा खुलेर बोल्न नसक्ने, छेउँमा बसेका अन्य साथीको साहरामा आफ्ना कुरा राख्ने सीता राणा । अहिले उनी आफ्ना वडावासी र महिलाका विषयमा खुलस्त आवाज प्रस्तुत गर्ने सक्ने भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१७ की सीता राणाको यो परिर्वतन सामान्य लाग्न सक्छ । तर यो उनको लागि ठुलो उपलव्धी बनेको छ । आफ्नो आवाजले … Continue reading तुलसीपुरको महिला नमुना संसद: अभ्यासले नेतृत्वतर्फ डोराउँदै

थप पढ्नुहोस् »