समाचार

सुशासन आयोगको बैठक बस्दै

काठमाडौँ ,४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोशनी मेचेले जानकारी दिइन् । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले … Continue reading सुशासन आयोगको बैठक बस्दै

थप पढ्नुहोस् »

कारागारभित्रै एक कैदिको शंकास्पद मृत्यु

कैलाली ,४ असार। कैलालीस्थित जिल्ला कारागारभित्र शंकास्पद रुपमा एक व्यवसायीको मृत्यु भएको छ । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा राखिएको उनको शवमा नीलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष … Continue reading कारागारभित्रै एक कैदिको शंकास्पद मृत्यु

थप पढ्नुहोस् »

उरहरीमा मोटरसाइकल दुर्घटना हुदा घोराही निवासी सिता घाइते

दाङ,३ असार । उरहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका –१२ हरिपौरामा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना भएको हो। अमेलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका–१५ भरतपुरकी ३१ वर्षीया सिता महरा घाइते भएकी हुन्। उनको टाउको र दुबै हात–खुट्टामा चोट … Continue reading उरहरीमा मोटरसाइकल दुर्घटना हुदा घोराही निवासी सिता घाइते

थप पढ्नुहोस् »

तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सुरु

दाङ,३ असार । दाङको तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सुरु भएको छ। तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा महिलाहरूलाई लक्षित गरी १५ दिने अचार बनाउने सीप विकास तालिम आजदेखि सुरु भएको हो। तालिममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडाबाट सहभागी ६० जना महिलाहरूको उपस्थिति रहेको छ। उद्घाटन कार्यक्रम तुलसी … Continue reading तुलसीपुरमा १५ दिने अचार बनाउने तालिम सुरु

थप पढ्नुहोस् »

लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, बयोदा अस्पताल … Continue reading लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

थप पढ्नुहोस् »

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

बर्दिया ३ असार । प्रहरी सहायक निरीक्षकको परिचय दिँदै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं ९ बस्ने वर्ष १९ का अर्जुन रोकायालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय होटल तथा पसलहरूमा’ म प्रहरी सहायक निरीक्षक हुँ’ भन्दै उधारो खाँदै गरेको सूचनाको आधारमा प्रहरीले रोकायलाई नियन्त्रणमा लिएको छ … Continue reading नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

थप पढ्नुहोस् »

श्रीमती भेट्न गएका अमितको मृत्यु

हेटौंडा,३ असार । हेटौडामा श्रीमती भेट्न होटलमा पुगेका एक युवकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवकको मृत्यु भएको हो। हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तानको २ असार सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् … Continue reading श्रीमती भेट्न गएका अमितको मृत्यु

थप पढ्नुहोस् »

अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

दाङ,३ असार। अमेरिकी सपनालाई पछ्याउँदै जीवन बदल्न घर–परिवारको ऋण रक्ष गरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङका युवाहरू अहिले ‘डिपोर्ट’को सूचीमा सबैभन्दा अगाडि छन्। अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका १६३ नेपालीमध्ये दाङका ५१ जना परेका छन्। उनीहरूमध्ये अधिकांश युवा उमेरका छन्, जसले घर फर्कँदा हातमा सफलता होइन, पीडा र लज्जाको भारी बोकेका छन्। वर्षौंसम्म बिचौलियालाई लाखौं … Continue reading अमेरिकाबाट डिपोर्ट गरिएका १६३ मध्य दाङका ५१ जना

थप पढ्नुहोस् »

नक्कली प्रमाणपत्र पेश गर्ने इन्जिनियरविरुद्ध मुद्दा दायर

सप्तरी, ३ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ, वेस्टर्न रिजन कलेज, लामाचौर पोखराबाट डिप्लोमा … Continue reading नक्कली प्रमाणपत्र पेश गर्ने इन्जिनियरविरुद्ध मुद्दा दायर

थप पढ्नुहोस् »

मानव अधिकार र विधायन समितीको बैठक बस्दै

काठमाडौं,३ असार । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् । मङ्गलबार कानून न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल … Continue reading मानव अधिकार र विधायन समितीको बैठक बस्दै

थप पढ्नुहोस् »